३ फागुन, कञ्चन
रुपन्देहीको कञ्चन गाउपालिका वडा नं. ३ स्थित धमिनाताल खेल मैदानमा आजदेखि रुपन्देही जिल्ला स्तरिय १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ। प्रतियोगिताको उद्घाटन लुम्बिनी खेलकुद परिषदको सदस्य सचिव जय प्रकाश भट्टराइले गर्नु भएको हो।
सदस्य सचिव भट्टराईले प्रतियोगिताको उद्घाटन गर्दै बिद्यालय तहका १८ बर्ष भन्दा मुनिका बिधार्थीहरुका लागि संचालन हुने राष्ट्पति रनिङ्ग शिल्ड प्रतियोगितालाई मिनि ओलम्पिक प्रतियोगिता सरह भएको बताउनु भएको छ। राष््टरका लागि खेल्ने खेलाडीहरुलाई राज्यले यथेष्ट रुपमा सम्बोधन गर्न नसकेको स्विकार गर्दै सदस्य सचिव भट्टराईले कम्तिमा राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिताहरुमा सहभागी हुने खेलाडीहरुका न्युनतम आधारभुत आवस्यकता राज्यले पुरा गर्नु पर्नेमा जोड दिनु भयो। सदस्य सचिव भट्टराईले बिद्यालय तहबाट छनौट भएका खेलाडीहरु जिल्लास्तरिय छनौट खेलमा सहभागिता जनाउने खेलाडीहरुले प्रदेश र राष्ट्रिय प्रतियोगितामा छनौट हुन सक्नेगरी अनुशासित, धैर्य, संयमता, आत्मबलका साथ खेल्न आग्रह गर्नु भयो।
यस्तै बिशिष्ट अतिथिको रुपमा रहनु भएका कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले जिल्ला स्तरिय रनिङ्ग शिल्ड प्रतियोगिता संचालन गर्न कञ्चन गाउँपालिकालाई प्राथमिकतामा राखेर जिल्लाभरका खेलाडी, प्रशिक्षक र ब्यबस्थापकहरुलाई कञ्चमा एक ठाउँ भेला गराई स्थानीय तह र त्यहाका बिधार्थीहरु बिच आपसी भेटघाट र सहसम्बन्ध स्थापित गर्ने अवसर प्रदान गरेकोमा खेलकुद बिकास समिति रुपन्देहीलाई धन्यबाट ब्यक्त गर्नु भयो। खेलकुदको माध्यमबाट खेलाडीहरुले देशको नामलाई रोशन बनाई देशमा भएका पर्यटन प्रबद्र्धन गर्नमा महत्वपुर्ण भुमिका रहने अध्यक्ष ढकालले बताउनु भयो। अध्यक्ष ढकालले सकेसम्म खेल अवधीभर पालिकाले आफ्नो श्रोत साधनको अधिक्तम उपयोग गरेर प्रतियोगितालाई सफल बनाई कञ्चनको पर्यटन प्रबद्धन गरेमा मात्र आन्तरिक तथा बाह्य प्रयटकहरुमा महत्पुर्ण सहयोग हुने बताउनु भयो।
जिल्ला खेलकुद बिकास समितिका कार्यबाहक अध्यक्ष जग बहादुर सुनारको अध्यक्षता तथा सदस्य अर्जुन क्षेत्रीको स्वागतमा शुरु भएको उद्घाटन कार्यक्रमको सञ्चालन सदस्य राधिका चौधरीले गर्नु भएको थियो।
कबड्डी, भलिवल, एथलेटिक्स, मार्शल आर्टस गरी ३७५ पदकका लागि १ हजार ४ सय भन्दा बढी बिधार्थीहरुले प्रतिस्पर्धा सहभागिता जनाएको प्रतियोगिता फागुन ५ गते सम्म सञ्चालन हुने छ। प्रतियोगितामा रुपन्देहीका १२ स्थानीय तहबाट बिधार्थीहरुले ुहभागिता जनाएका छन।