१ फागुन, कञ्चन
नेकपा माओवादी केन्द्र कञ्चनद्वारा २९ औं जनयुद्ध दिवसको अवसरमा आज अन्तरकृया तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ। अन्तर पार्टीका प्रतिनीधिहरु बिच आयोजना गरिएको कार्यक्रममा नेकपा माओवादी केन्द्र पनि अन्य पुँजीवादी दलहरुको चरित्र भन्दा कुनै फरक नभएको धारणा ब्यक्त गरेका छन।
कार्यक्रममा शुभकामना दिदै नेकपा एमाले कञ्चनका अध्यक्ष दिनानाथ आचार्यले नेकपा माओवादी केन्द्रले आफु बामपन्थी शक्ती भएपनि सत्ता र पदका लागि नेपाली कांग्रेससंगको गठजोडमा सरकारको नेतृत्व गर्नु जनमत विपरित भएको धारणा ब्यक्त गर्नु भएको छ। यसैगरी राष्ट्रिय जनमुक्ती पार्टीका रुम बहादुर फौजाले आफुलाई सर्बहारा जनताको पार्टी भन्ने नेकपा माओवादी केन्द्रको चरित्र नेपाली कांग्रेस, नेकपा एमाले र अन्य पुँजीवादी शासक दलहरुको चरित्रभन्दा एक इन्च पनि तल माथी नभएको बताउदै समयमै सच्चिनु पर्ने सुझाव दिनु भएको थियो।
अन्तरकृया कार्यक्रममा उठेका सवालहरुको पार्टीको धारणा ब्यक्त गर्दै नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य हिरा बहादुर रोका(अमर)ले २०५२ साल फागुन १ गते जुन नारा र मुद्धासहित बन्दुक बोकेर सशस्त्र युद्धको शुरुवात गर्यो, शान्ती पुनः स्थापना पछि केन्द्र देखि स्थानीय तहसम्मका नेता कार्यकर्ताहरुमा देखिएको महत्वकांक्षी चरित्र र जिवनशैलीले समाजवादको यात्रा तय नहुने बिचार ब्यक्त गर्नु भएको थियो।
यस्तै नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य भोला बस्यालले जनताले स्थापन गरेको जनयुद्ध दिवशलाई राज्यसत्ताले स्वीकार नगरेपनि दलित, उत्पिडित, सर्बहारा जनताले मन मुटुमा राखेको र एक दिन जनयुद्ध दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउने बिचार ब्यक्त गर्नु भएको थियो।
यसैगरी नेकपा माओवादी केन्द्रका क्षत्रिय सदस्य तथा कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले अहिले प्राप्त अधिकार र अवसर कसैले दान दिएर नआएको बताउनु भयो। राज्यसत्ताबाट प्रताडित उत्पिडित, दलित, जनजाती, दुखीहरुको बलिदानीपुर्ण सशस्त्र संघर्षबाट प्राप्त भएको अधिकारलाई कतिपयले सामान्य रुपमा बुझ्नु अवसरवादी चरित्र भएको उल्लेख गर्दै नेतृ थापा मगरले जनयुद्ध दिवस न्यायप्रेमी जनताहरुको महान पर्व भएको बताउनु भयो।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा मशालका प्रतिनीधि तथा नेकपा माओवादी केन्द्रका हस्त बहादुर साँवर लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो। नेकपा माओवादी केन्द्र कञ्चनका अध्यक्ष पुष्पराज शर्माको अध्यक्षता, उपाध्यक्ष कुमारी घर्ति मगरको स्वागत तथा सचिव सिताराम थारुको संचालनमा सम्पन्न कार्यक्रम कञ्चन ४को दियो सभाहलमा भएको थियो।