२७ माघ, कञ्चन
रुपन्देहीको कञ्चन गाउँपालिकामा छैठौं राष्ट्रिपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगिता शुुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलुकद भन्ने नाराका साथ कञ्चन गाउँपालिकाको आयोजनामा शुक्रवारदेखि शुुरु भएको खेलकुद प्रतियोगितमा सामुदायिक तथा संस्थागत गरी ३० विद्यालयका बिधार्थीहरुले सहभागिता जनाएका छन ।
खेलकुद प्रतियोगिताको उदघाटन गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले कञ्चन गाउँपालिकामा आफूहरु अझै शुुरुवाती चरणमै रहेकोले आफूहरुले धेरै कुराहरुलाई व्यवस्थित गर्ने काम गरिरहेको बताउँदै सवैकुरा योजनाबद्ध रुपमा गर्दै जाने बताउनु भयो । पालिकाको प्रथम पञ्चबर्षीय योजना निर्माण गरेर यही हिउँदे अधिवेशनबाट पारित गरेको अध्यक्ष ढकालले उल्लेख गर्नुभयो ।
कार्यक्रममा बोल्दै कञ्चन गाउँपालिकाका निवर्तमान अध्यक्ष गोकर्ण वहादुर क्षेत्रीले कञ्चन गाउँपालिकामा आयोजना गरिएको राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगिताले विद्यार्थीहरुमा रहेको अन्तरनिहीत प्रतिभा प्रष्फुटन गर्ने बताउनु भयो । आगामी दिनमा खेलकुद प्रतियोगितालाई विस्तारित गर्दै निवर्तमान अध्यक्ष क्षेत्रीले यस प्रकारका प्रतियोगिताले विद्यार्थीहरुको शारिरीक र मानसिक विकासमा सहयोग पुग्ने धारणा राख्नुभयो ।
त्यसैगरी कार्यक्रममा कञ्चन गाउँपालिकाकी उपाध्यक्ष मौसमी थापा मगरले पालिकाको आयोजनामा शुुरु भएको खेलकुद महोत्सव भब्यरुपमा सम्पन्न हुने कुरामा विश्वस्त रहेको बताउँदै सवै खेलाडीलाई अनुशासित भई खेल प्रदर्शन गरेर कञ्चनको नाम राख्न आग्रह गर्नुभयो । कञ्चन गाउँपालिकामा फागुनमा हुने जिल्लास्तरीय खेलकुद प्रतियोगितामा कञ्चनका खेलाडीहरुले उत्साहपूर्ण सहभागिता जनाउनेमा आफू विश्वस्त रहेको उपाध्यक्ष थापा मगरले बताउनु भयो ।
उदघाटन समारोहमा कञ्चन गाउँपालिकाका प्रवक्ता चित्रलाल तुलाचन, कञ्चन गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष केशरवहादुर खत्री, कार्यक्रमको औचित्यका बिषयमा शिक्षा शाखा प्रमुख रमेश भुसाल, नेकपा एमालेका कञ्चन अध्यक्ष दिनानाथ आचार्य, कांग्रेसका देवीराम रेग्मी, माओबादीका पुष्पराज शर्मा, राप्रपाका मुक्ति नारायण आचार्य, रास्वपाका प्रेमचन्द्र पोखरेल, विद्यालय ब्यवस्थापन समितिको तर्फबाट चिरञ्जीवी खनाल, शिक्षकहरुको तर्फबाट लेखनाथ पौडेल लगायतले बोल्दै राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको सफलताको शुभकामना दिनुभएको थियो ।
युवा, खेलकुद तथा शिक्षा शाखा प्रमुख रमेश भुसालले स्वागत गर्नु भएको थियो। चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १६२ पदकका लागि कञ्चनका सामुदायिक र संस्थागत गरी करिव ३० विद्यालयका १ हजार २ सय बढी विद्यार्थीले प्रतिष्पर्धा गर्दैछन । रुद्रपुर माध्यमिक बिद्यालयको खेलमैदान अस्नैयामा संचालन भएको प्रतियोगिताको उद्घाटन कार्यक्रमको औपचारिक कार्यक्रम रुद्रपुर माध्यमिक बिद्यालयका प्रधानाध्यापक डोलाराम पौडेलले सञ्चालन गर्नु भएको थियो।
युवा, खेलकुद तथा शिक्षा शाखा प्रमुख रमेश भुसालले स्वागत गर्नु भएको थियो। प्रतियोगितामा बिधार्थीहरुले बिभिन्न शैक्षिक सामग्रीहरु समेत प्रदर्शन गरेका थिए। यसैगरी कञ्चन साथी सञ्जालद्वारा कञ्चनका छात्रबृत्ति बितरणका लागि आर्थिक संकलन गर्ने उद्धेश्यका साथ साथीको मिठो खाजा स्थलको रुपका खाजा नास्ता पसल सञ्चालन गर्दै आएका छन।