२५ माघ, कञ्चन
रुपन्देहीको कञ्चन गाउँपालिकामा निरोगी बन्नका लागि साप्ताहिक बृहत योग शिविर शुरु भएको छ। कञ्चन गाउँपालिका, आयुर्वेद शाखाको आयोजनामा शुरु भएको योग शिविरमा टोल बिकास संस्था, आमा समूह र क्लवका प्रतिनीधिहरुलाई योगाभ्यास गराईएको छ।
शिविरको शुभारम्भ गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले योग शारीरिक अभ्यास मात्र नभई मनासिक, सामाजिक र सन्तुलित जिवन यापन गर्नका लागि अचुक औषधी भएको उल्लेख गर्नु भएको छ। दैनिक ब्यबहारमा स्वच्छतालाई ध्यान दिन सकियो, दैनिक बानी ब्यबहारमा परिवर्तन ल्याई पुर्ण रुपमा स्वस्थकर बानी ब्यबहारको पालना गर्न सकियो भने जटिल रोगहरुको निराकरण हुने अध्यक्ष ढकालले बताउनु भयो। शिविरलाई शारीरिक अभ्यासको रुपमा मात्र नभई योगको आवस्यकता र महत्ववारे सैद्धान्तिक रुपमा ज्ञान दिन सकिएको अवस्थामा योग हाम्रो संस्कृतिको रुपमा बिकास हुने अध्यक्ष ढकालले बिश्वास ब्यक्त गर्नु भयो।
यस्तै योग प्रशिक्षक नविन अर्यालले योगलाई कुनै पनि अर्थमा धर्मसंग जोड्न नहुने बताउनु भएको छ। योग शारीरिक, मानसिक अनि सामाजिक रुपमा निरोगी, स्वस्थ, दीर्घ जिवनका लागि साझा अस्पतालको रुपमा योगलाई ग्रहण गर्नु पर्नेमा योग प्रशिक्षक अर्यालले बताउनु भयो।
यसैगरी रुद्रपुर आयुर्वेद औषधालय, कञ्चन ३ का ब्यबस्थापन समितिका अध्यक्ष तथा वडा नृं ३ का वडा अध्यक्ष टीकाराम सापकोटाले योग र आयुर्वेदलाई जडिबुटीमा आधारित अस्पतालको रुपमा हेर्न संस्कारको बिकास गर्न जरुरी रहेको बताउनु भयो। औषधीले नियन्त्रण गर्छ, दबाईले रोगलाई दबाउछ तर जडीबुटीले रोगको जरैदेखि उखेलेर फालिदिन्छ भन्दै हाम्रो मानविय जिवनमा देखा पर्ने अनेक रागहरुको नियन्त्रण र दवाउनेमात्र होइन जरैदेखि उखेलेर फाल्न का लागि योग, ध्यान र आयुर्वेदिक जडीबुटीको प्रयोगलाई प्राथमिकता दिन आवस्यक रहेको वडा अध्यक्ष सापकोटाले जोडल दिनु भयो। सबै पक्षमा जनप्रतिनीधिहरुको ध्यान जान नसक्ने र त्यस क्षेत्र प्रतिको ज्ञान कम हुने भएकोले सम्बन्धित क्षेत्रका प्रमुख तथा विज्ञहरुले अवधारणा पत्र सहित आफ्नो बिभागकोबारेमा जानकारी दिनु पर्ने समेत वडा अध्यक्ष सापकोटाले उल्लेख गर्नु भयो।
वडा नं. ३ को कार्यलय परिसरमा भएको पहिलो चरणको योग शिविर यही माघ २७ गते सम्म संचालन हुने छ। शिविरमा योग प्रशिक्षकहरु नविन अर्याल, अनिल त्यागी मारुत, आनन्द प्रकाशले योग साधना र जिवनमा योगको महत्व तथा आवस्यकता बारे प्रवचन सहित योगका चरणबद्ध अभ्यासहरुबारे प्रशिक्षण दिनु हुने रुद्रपुर आयुर्वेद औषधालयका प्रमुख तथा बरिष्ठ कविराज निरीक्षक खिमानन्द खनालले जानकारी दिनु भएको छ।