१९ माघ, कञ्चन
श्री शान्तीभुमी आधारभुत बिद्यालय, कञ्चन ५, गौरी बजार रुपन्देहीको १४ औं बार्षिक उत्सव तथा अभिभावक दिवस बिबिध कार्यक्रम सहित सम्पन्न भएको छ। बिद्यालयको बार्षिक उत्सवको मुख्य समारोहमा बोल्ने वक्ताहरुले बिद्यालयको शैक्षिक स्तरबृद्धि गर्न बिद्यालयको भौतिक पुर्वाधारको बिकासले मात्र नहुने बिचार ब्यक्त गरेका छन।
कार्यक्रमको शुभारम्भ गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालले बिद्यालयमा बिधार्थीको संख्यालाई भन्दा पनि शैक्षिक स्तरबारे बहस संचालन गर्नु पर्ने बताउनु भएको छ। बिद्यालयमा शैक्षिक सिकाईलाई प्रभावकारी रुपमा शिक्षण गरेमा बिधार्थीहरुको कुनै अभाव नहुने र श्रोतको बिकास गर्न पनि कुनै समस्या नहुने अध्यक्ष ढकालले बताउनु भयो।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष ढकालले कञ्चन गाउपालिकाले न्युनतम श्रोतबाट पालिकाको अधिकतम आवस्यकता पुरा गर्नु पर्ने बाध्यता रहेकोले हरेक क्षेत्रले मागलाई भन्दा आफुसंग भएको श्रोतहरुको सही ढंगले उपयोग गर्नु पर्नेमा जोड दिनु भयो । अध्यक्ष ढकालले कुनै पनि कार्यहरु गर्दा प्रणालीबद्ध सञ्चालन र सम्पादन गर्न सके मात्र हरेक क्षेत्रको समुचित बिकास हुने उल्लेख गर्दै स्वास्थ्य, शिक्षा क्षेत्रमा गरेको लगानी तत्काल प्रतिफल आशा गर्नु भन्दा पनि त्यसले कस्तो प्रभाव पार्छ भन्ने कुरालाई मुल्यांकनको आधार बनाउनु पर्ने बताउनु भयो।
कञ्चनको शिक्षालाई अव्वल र अभिभावकहरुको बिश्वनियतामा बृद्धि गर्न शिक्षकहरुलाई बिषयगत तालिम, श्रृजननात्मक अभिबृद्धि गर्न तहगत तालिम संचालन गर्दै आइरहेको उक्त सिकाईलाई बिधार्थीहरु समक्ष कसरी हस्तान्तरण गर्न सकियो र त्यसबाट बिधार्थीहरुले के कति ज्ञान सिप हासलि गर्ने सके भन्ने कुराको स्वःमुल्यांकन हुन आवस्यक रहेको अध्यक्ष ढकालले बताउनु भयो।संबिधानले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भनेपनि भएपनि सरकारले आवस्यक दरबन्दीको ब्यबस्था गर्न नसक्दा अभिभावकहरुसंग कुनै न कुनै बाहनामा बिद्यालयहरुले शुल्क लिनु पर्ने बाध्यता रहेको अध्यक्ष ढकालले बताउनु भयो।
यसैगरी कार्यक्रमका बिशष्टि अतिथि तथा वडा नं. ५ का वडा अध्यक्ष कुल प्रसाद पौडेलले हरेक बिद्यालयहरुको शिक्षण विधिलाई बिधार्थीहरुको मस्तिष्कलाई चलायमान र श्रृजनात्मक बनाउने हुनु पर्नेमा जोड दिनु भएको छ। हिजोको एकोहोरो कितावी ज्ञान र घोकन्ते शिक्षणलाई बिधार्थीहरुको अन्तरनिहित क्षमता प्रस्फुटन गराउन सक्ने गरी उत्प्रेरणात्मक बिधिलेमात्र शैक्षिकस्तरमा केही परिवर्तन गर्न सकिने बिश्वास ब्यक्त गर्दै वडा अध्यक्ष पौडेलले बिधार्थीको संख्यामा भन्दा पनि शिक्षण कृयाकलापलाई ब्यबहारिक बनाए बिधार्थी र अभिभावक बिद्यालयप्रति आकर्षित हुने बताउनु भयो।
यसैगरी कार्यक्रममा वडा नं. ५ का निर्वतमान वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले तत्कालिन अवस्थामा अभिभावक र स साना बिधार्थीहरुको शिक्षाको पहुँचलाई मुख्य केन्द्र बनाएर बिद्यालयको स्थापन गरिएको भएपनि वर्तमान अवस्थामा आर्थिक श्रोतको अभावले बिद्यालयको भविष्य नै धरापमा परेको बताउनु भयो। बिद्यालयमा राम्रो पढाई गर्न सकेमा बिधार्थीको कुनै समस्या नपर्ने भएकोले बिद्यालयमा भएको श्रोतलाई नै अधिक्तम उपयोग गरेर शिक्षण सिकाईलाई अगाडी बढाउन सके सबैको ध्यान शान्तीभुमीमा पर्ने निवर्तमान वडा अध्यक्ष अधिकारीले बताउनु भयो।
बिद्यालयका प्रधानाध्यापक विश्वास पौडेलले बिधालयको शैक्षिक बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको कार्यक्रममा अमर रोका क्षेत्री, दिननाथ आचार्य, प्रेम चन्द्र पोखरेल, देवीराम रेग्मी, लुम्बिनी ज्ञान निकेतन माध्यमिक बिधालयका प्र.अ कृष्ण प्रसाद शर्मा, रुद्रपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष नाम बहादुर के.सी, बिधालयका पुर्व प्र.अ गोपाल बहादुर घर्ती, कञ्चन शिक्षा समन्वन समिती सदस्य बासुदेवद्धिन पौडेल लगायतले शुभकमना ब्यक्त गर्दै बिद्यालयको शैक्षिक कृयाकलापलाई सबैको दृष्टिमा पार्नका लागि अभिभावक, शिक्षक, कर्मचारी, सरोकारवाला, समुदायका अगुवा तथा समुदायको नियमित चासो, अनुगमन, आपसी समन्वय र सहकार्य अनिवार्य आवस्यक रहेको बताएका थिए।
यसैगरी कार्यक्रममा बिद्यालयको आन्तरिक तथा बाह्य कार्यक्रमहरुमा संचालित बिभिन्न प्रतियोगिता तथा कार्यक्रममा सहभागी भई उत्कृष्ट हुने बिधार्थीहरुलाई सम्मान तथा पुरस्कार दिइएको थियो भने अक्षयकोषदाता श्यामलाल सापकोटाले बिद्यालयका जेहेन्दार तथा विपन्न २० जना बिधार्थीहरुलाई नगद छात्रबृत्ति प्रदान गर्नु भएको कार्यक्रममा स्वेच्छिक अवकास हुनुभएका बिद्यालयका निवर्तमान प्रधानाध्यापक गोपाल बहादुर घर्तीलाई सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान तथा बिदाई गरिएको थियो ।
कार्यक्रमलाई सफल पार्न प्रेम चन्द्र पोखरेलद्धारा पुरस्कार सौजन्य, बिष्णु प्रसाद पराजुलीद्धारा टेण्ट र कुर्ची, अनुपा उपचार किल्नीकद्धारा नेपालको झण्डा र अतिथी ब्याज, बिधालय व्यवस्थापन समिती सदस्य दिल कुमारी थारुद्धारा मायाको चिनोको रुपमा थारुहरुको पहिचान झल्काउने ढकिया, ज्ञानेश्वर न्यौपानेले ब्यानर र बिधालयका शिक्षकहरुद्धारा चिया नास्तामा हुने खर्चको सौजन्य गर्नु भएको थियो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नारायण गैरेको अध्यक्षता, शिक्षिका भुवानी रेग्मीको स्वागत र शिक्षिका कमला न्यौपाने बन्जाडेको सञ्चालनमा कार्यक्रम सम्पन्न कार्यक्रममा विद्यालयका शिक्षिकाहरु र छात्र छात्राहरुद्धारा नृत्य प्रस्तुत गरिएको थियो ।