१६ माघ, कञ्चन
रुपन्देही कञ्चनमा पछिल्लो समय फरक पहिचान सहित फरक स्टाटस निर्माण गर्दै आइरहेको जनज्योती माध्यमिक बिद्यालय, कञ्चन १ दानापुर रुपन्देहीको ३६ औं स्थापना दिवस मंगलवार भव्य रुपमा सम्पन्न भएको छ।
बिद्यालयले श्रृजनात्मक तथा ब्यबहारिक शिक्षालाई प्राथमिकता दिदै शैक्षिक कृयाकलाप सञ्चालन गर्दै आइरहेको जनज्योती माध्यमिक बिद्यालयको ३६ औं बार्षिक उत्सव तथा अभिभावक दिवसको मुख्य समारोह उद्घाटन कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले गर्नु भएको हो।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै अध्यक्ष ढकालले समाजको चेतनास्तर बृद्धि गर्ने मुख्य माध्यम नै शिक्षा भएको बताउनु भएको छ। शिक्षा बिना समाज रुपान्तरणको कुनै कल्पना गर्न नसकिने भएकोले पालिकाका हरेक शैक्षिक संस्थाहरुले बिधार्थीहरुलाई कितावी ज्ञानसंगै अनुशासन, सभ्य र लगनशिलता अनि नैतिक शिक्षा प्रदान गर्नु पर्नेमा अध्यक्ष ढकालले जोड दिनु भयो।
यसैगरी कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले हरेकको पहुँचमा शिक्षा पुग्नुपर्ने र शैक्षणिक कृयाकलाप सञ्चालन गर्दा परिवार, समाज, देशको निम्ति असल र अनुशासित नागरिक उत्पादनमा जोड दिनु पर्ने बताउनु भयो। यसैगरी वडा नं. १ का वडा अध्यक्ष हरिनारायण थारुले समुदायको बास्तविक ऐना भनेको शिक्षा भएकोले स्थानीय, प्रदेश र संघिय सरकारले शिक्षामा बढी लगानी गरेको बताउनु भयो।
यस्तै कञ्चन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले शिक्षा मानिसको तेश्रो आँखा भएको र उक्त आँखाको दृष्टि स्पष्ट बनाउन हरेक पक्षकको आपसी समन्वय, सहकार्य र सुझाव अनि परस्पर सहयोग आवस्यक हुने बताउनु भयो।
कार्यक्रममा सल्लाहकार लोक बहादुर भुजेल, भुतपुर्व शिक्षक अभिभावक संघका अध्यक्ष तथा चन्दादाताा ओम बहादुर पुन, इन्द्रकमल आमा समूहका अध्यक्ष दिलसरा पुन लगायतले बिद्यालयको शैक्षिक तथा भौतिक वातावरणलाई स्वच्छ, स्वस्थ, गुणस्तरिय र सबैको बिश्वासको साझा घरको रुपमा जनज्योती माध्यमिक बिद्यालयलाई बनाउनु पर्नेमा जोड दिनु भयो। यस बिद्यालयमा अध्ययनरत बिधार्थीहरुको बोली ब्यबहार अनुशासित, सभ्य हुनुको साथै शैक्षणिक कृयाकलापहरुमा अब्बल बनाउन सबै पक्षको हातेमालो हुनु पर्नेमा वक्ताहरुले जोड दिनु भएको थियो।
बिद्यालयका प्रधानाध्यापक तिलकराम लोधले बिद्यालयको बार्षिक शैक्षिक प्रतिवेदन प्रस्तुत गर्दै बिद्यालयलाई बिद्यालयको शैक्षिक, आथिैक, भौतिक तथा सामाजिक रुपमा सवल र अव्वल बनाउदै यस क्षेत्रको उदाहरणिय बनाउन शिक्षक, कर्मचरी, बिधार्थी, अभिभावक, समाजका अगुवा, बुद्धिजीवि र सरोकारवालाहरुको भुमिकालाई बलियो बनाउन प्रतिवद्ध रहेको बताउनु भयो। शिक्षा कितावी ज्ञानमात्र नभई समुदायलाई बुद्धिजीवीकरण गराउन र भविष्यमा यस बिद्यालयमा अध्यनरत बिधार्थीहरुले नै यो समाजको कुनै न कुनै क्षेत्रबाट अगुवाई र नेतृत्व गर्न सक्ने असल नागरिक उत्पदान गर्न गराउन सरोकारवालाहरुसंगको सहकार्य र समन्वयलाई बिशेष प्राथमिकता दिइने योजनालाई अगाडी सारिदै आइरहेको प्रधानाध्यापक लोधले बताउनु भयो।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नर बहादुर थापाको अध्यक्षता तथा सहायक प्रधानाध्यापक थमन बहादुर थापाको स्वागतमा सम्पन्न कार्यक्रममा बिधार्थीहरुद्वारा बिभिन्न सांस्कृति नृत्य, कला तथा प्रस्तुतीहरु प्रस्तुत गरेका थिए । अभिभावक, बिधार्थी र शिक्षक समिक्षा संयोजक ओम बहादुर तरामुले संचालन गर्नु भएको थियो।
यसैगरी आज नै प्रदेश सरकारबाट प्राप्त ४ कोठे र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत प्राप्त २ कोठे शैक्षिक भवन र कञ्चन गाउपालिकाबाट प्राप्त सभाहलको समेत कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकाल र उपाध्यक्ष मौसमी थापा मगरले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो। बिद्यालयका पुर्व सहायक प्रधानाध्यापक स्वर्गिय रोमनाथ कोइरालाको स्मृतिमा ५५ हजार रुपैयाको अक्षय कोष समेत स्थापन गरिएको छ। पुर्व सहायक प्रधानाध्यापक स्वर्गिय कोइरालाका धर्मपत्नी सिता कोइरालाले उक्त अक्षय कोष स्थापना गर्नुभएको थियो । सो अक्षयकोषबाट हरेक बर्ष विपन्न, जेहेन्दार तथा उत्कृष्ट बिधार्थीलाई छात्रवृत्ति प्रदान गरिने बिद्यालयका अभिभावक, बिधार्थी र शिक्षक समिक्षा संयोजक ओम बहादुर तरामुले जानकारी दिनु भएको छ।
शैक्षिक भआधारभुत तहसम्म अध्यापन हुदै आएकोले सो बिद्यालयले शैक्षिक सत्र २०७९ देखि माध्यमिक तह (कक्षा ९ र १०) संचालन गर्दै आइरहेको छ। कार्यक्रममा बिद्यालयको आन्तरिक तथा बाह्य अतिरिक्त कृयाकलापका प्रतिस्पर्धामा सफलता प्राप्त गर्ने बिधार्थीहरुलाई सम्मान तथा पुरस्कार समेत प्रदान गरिएको थियो।