१३ माघ, कञ्चन
राष्ट्रिय स्वतन्त्र पार्टी कञ्चन ३ रुपन्देहीको प्रथम अधिबेशन सम्पन्न भएको छ। अधिबेशनले प्रेम नारायण न्यापानेको अध्यक्षतामा ११ सदस्यिय वडा समिति र न्यौपानेकै संयोजकत्वमा १३ सदस्यिय वडा परिषद समेत गठन गरेको छ।
यस्तै अधिबेशनबाट वडा समितिको उपसभापतिमा प्रेम बहादुर कुवँर, सचिवमा हेमराज शर्माबाट निर्वाचित भएका छन। यसैगरी सदस्यहरुमा अशोक गौतम, दुर्गादेवी पौडेल, देवी शर्मा, तारा नेपाली, सावित्रा सुनार, शेर बहादुर थापा, चेतन सापकोटा र कल्पना भण्डारी निर्वाचित भएका छन।
अधिबेशनबाट निवार्चित पदाधिकारीहरुलाई शुभकामना तथा बधाई दिदै रुपन्देही क्षेत्र नं. ५ का सभापति दुर्गा प्रसाद खनालले पुराना राजनैतिक दलहरुबाट जनता आजित भएकोले नयाँ शक्तीको रुपमा आएको राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनताको लहर बढिरहेको बताउनु भयो।
यस्तै रुपन्देही निर्वाचन क्षेत्र ५ का सदस्य बसन्ती भट्टराईले देशमा भएको भ्रष्टचार, अनियमित्ता, बेथितिका बिरुद्ध रास्वपाको उदय भएको र पार्टीले भ्रष्टचार बिरोधी अभियानलाई तिव्रता दिइरहेको बताउदै अवको मिसन भनेको ८४ मा एकल बहुमत सहित पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा रास्वपाको एकमनाको सरकार निर्माण गर्ने अभियानका साथ संगठन बिस्तारलाई तिव्रता दिइरहेको बताउनु भयो।
कार्यक्रमका प्रमुख अतिथि तथा रास्वपा रुपन्देहीका संयोजक डा. बुद्धि प्रसाद शर्माले भ्रष्ट सोंच र मनमा लोभ भएकाहरुका लागि रास्वपामा कुनै स्थान नभएको बताउनु भयो। लुम्बिनी प्रदेश समितिका सदस्य समेत रहनु भएका संयोजक शर्माले रास्वपा प्रति जनताको बढ्दो आकर्षणबाट अत्तालिएकाहरुले साम, दाम, दण्डभेद प्रयोगको नीति अवलम्बन गरेर रास्वपालाई परास्त गर्न खेजिरहेको र यसबाट पार्टीका शुभेच्छुक तथा कार्यकर्ताहरुले कुनै निरासा गर्नु नपर्ने तर भ्रष्टहरुका बिरुद्ध खुलेर पर्दाफास गर्न पछि पर्न नहुने बताउनु भएको थिाये।
वडा संयोजक इमानन्द आचार्यको सभापतित्वमा सम्पन्न अधिबेशनमा रास्वपा कञ्चनका शिक्षा विभाग संयोजक भरत शर्मा, युवराज पौडेल लगायतले नवनिर्वाचित वडा समितिलाई शुभकामना तथा बधाई ज्ञापन ब्यक्त गर्नु भएको थियो। हरैया बहुमुखी क्याम्पसको सभाहलमा भएको अधिबेशनमा मोती थापाको संचालन तथा रास्वपा कञ्चनका सभापति प्रेमचन्द्र पोख्रेलले स्वागत गर्नु भएको थियो।
अधिबेशनले प्रेम नारायण न्यौपानेको संयोपजकत्वमा १३ सदस्यिय वडा परिषद समेत गठन गरेको रास्वपा कञ्चन ३ का वडा समितिका संयोजक इमानन्द आचार्यले जानकारी दिनु भएको छ।