पार्टीका ठुला लेखक
स्तालिनले तिफलिसमा गुप्त छापाखानाको बन्दोबस्त गर्नुभएको थियो र त्यसबाट पत्रपत्रिकाहरू निकाल्नुहुन्थ्यो । लेनिनका रचनाहरू ‘प्रोलेतारिटिज ब्रडजोला’ (सर्वहारा सङ्घर्ष) र प्रोलेतारिटिज ब्रडजोलिस पुर्तसेलि’ (सर्वहारा सङ्घर्षका अग्रदूत) भन्ने समाचारपत्रमा छापिन्थ्यो । रुसी, जर्जियाली र अर्मेनियाली भाषामा किताब, पुस्तिका, खबर कागत र पर्चाहरू हजारौँ प्रति छापिन्थ्यो । ककेशियाको पार्टीको मुखपत्र ‘प्रोलेतारिटिज ब्रडजोला’ स्तालिनकै सम्पादनमा निस्कन्थ्यो । ‘प्रोलेतारिटिज ब्रडजोला’ मा उहाँले बोल्शेविकविरोधी सैद्धान्तिक फट्याइँविरोधी सङ्घर्ष र माक्र्सवादी दृष्टिकोणलाई तारिफ गर्नुहुन्थ्यो । त्यसमा लेनिनकै लेख पनि छापिन्थ्यो । उहाँले मेन्सेविकहरूको विरोधमा लेनिनको सम्झौताहीन अडानलाई समर्थन गरेर सैद्धान्तिक लेखहरू लेख्नुहुन्थ्यो । ‘पार्टी बेमेलको सारांश’, ‘कुटाइसको चिठी’ र ‘समाजवादी प्रजातन्त्रवादी’ लाई उत्तर भन्ने आफ्नो लेखहरूमा स्तालिनले प्लेखानोभको ‘इस्क्रा’ को लेखको आलोचना र लेनिनको ‘के गर्ने’ लाई समर्थन गर्नुभयो । ती लेखहरू माक्र्सवादी पार्टी निर्माणको निम्ति महŒवपूर्ण सैद्धान्तिक जगहरू थिए । लेखहरूको मुख्य भनाइ थियो, “सर्वहारावर्गको चेतनालाई साँचो वर्गीय हित अर्थात् समाजवादी आदर्शको चेतनासम्म उठाई दिनुपर्छ ।” मजदुर आन्दोलनमा समाजवादी चेतना अत्यावश्यक छ । मजदुर आन्दोलनलाई समाजवादसँग अलग्याउनुको अर्थ आन्दोलनलाई दिशाहीन बनाउनु हो । मजदुर आन्दोलनबिनाको समाजवाद आदर्शवादी हो । आखिर आर्थिक विकास भएपछि मजदुरवर्गले समाजवादी क्रान्ति गर्ने नै छन् । हाम्रो मुख्य काम मजदुर आन्दोलनलाई समाजवादी चेतनासँग एक गर्नु र मजदुरवर्गलाई एक केन्द्रित पार्टी शक्तिमा परिणत गर्नु हो । ती लेखहरूले गर्दा स्तालिन पार्टीका एक विद्वान, पार्टीको ठूला लेखक, सर्वहारा सिद्धान्तका नेता र लेनिनको सच्चा समर्थकको रूपमा जानिनुभयो ।”
१ सेप्टेम्बर १९०४ को ‘प्रोलेतारिटिज ब्रडजोला’ को सातौँ अङ्कमा स्तालिनले राष्ट्रिय प्रश्नबारे एक माक्र्सवादी व्याख्या दिनुभयो । त्यसमा उहाँले सर्वहारावर्गलाई फुटाउने जातीय सङ्कीर्णता र अवसरवादीलाई खण्डन गर्नुभयो र सर्वहारा अन्तर्राष्ट्रवादीको सिद्धान्त अगाडि सार्नुभयो ।
१९०४ डिसेम्बर महिनामा स्तालिनले साथीहरूसँग मिलेर बाकूमा तेल खानीका मजदुरहरूको ठुलो हडताल गराउनुभयो । हडताल १३ देखि ३१ डिसेम्बरसम्म चल्यो । अन्तमा तेल खानीका मालिकहरूले मजदुरहरूको माग मानेर सम्झौता गर्नैपर्यो । त्यो मजदुरहरूको जित थियो । त्यस प्रकारको जित रुसको मजदुर आन्दोलनमा पहिलो थियो । त्यसले सारा रुसी मजदुरलाई बिउँझाइदियो । बाकूको त्यो हडताल रुसी आकाशमा वसन्तको मेघ गर्जन साबित भयो । त्यसले रुसमा गौरवपूर्ण मजदुर क्रान्तिको सङ्केत दियो ।
८ जनवरी १९०५ को ‘प्रोलेतारिटिज ब्रडजोला’ को आठौँ अङ्कमा स्तालिनले ‘सर्वहारा र सर्वहारा पार्टी’ भन्ने लेख लेख्नुभयो । लेनिनको ‘एक पाइला अगाडि, दुई पाइला पछाडि’ भन्ने किताबको आधारमा पार्टी नियम र पार्टी सिद्धान्तलाई अगाडि बढाउनुभयो, “पार्टी एक केन्द्रित सङ्गठन भएको हुनाले जसलाई पायो उसलाई पार्टीभित्र ल्याइँदैन, बरु सतर्क भएर जाने बुझेकाहरूलाई मात्रै लिइने छ ।” मजदुर सङ्घर्षवाद, जातिवाद र कर्मचारीवादजस्ता फुर्सती र सर्वहारावर्गका वास्तविक हितलाई छोड्ने फितलो र खुकुलो दृष्टिकोणलाई हान्नुभयो ।
१९५० को ९ जनवरी आइतबारको दिन थियो । ग्यापोन नाम गरेको एक धार्मिक पण्डितको नेतृत्वमा मजदुरहरू राजदरबारतिर नारा लगाउँदै गए । ग्यापोन वास्तवमा सरकारी मजदुर सङ्गठनको नेता र सरकारी जासुस थियो । ऊ मजदुरहरूलाई दबाउन जाल रच्दै थियो । यो कुरा मजदुरहरूलाई थाहा थिएन । बोल्शेविकहरू जुलुस गराउने पक्षमा थिएनन् । तर, मजदुरहरू ग्यापोनलाई विश्वास गर्थे र राजा जारलाई नभेटी नजाने अठोट गरे । राजा जारको हुकुमबाट घोडचढी र सशस्त्र सेनाले मजदुरहरूमाथि नाङ्गो तरवार चलाउन थाल्यो । हुलमाथि गोली चलाइयो र थुप्रै मानिस मारिए । यो ‘आइतबारे हत्याकाण्ड’ को नामले कुख्यात छ ।
यस हत्याकाण्डबारे स्तालिनले जारसँग क्रान्ति नगरी सम्झौता चाहनेहरूलाई भन्नुभयो, “लौ, भलादमीहरू, तपाईँहरूको कोसिस बेकार भयो ¤ रुसी क्रान्ति नभई छाड्दैन । यो सूर्य उदाउन जत्तिकै अनिवार्य छ । के तपाईँहरू सूर्य उदाउने कुरोलाई रोक्न सक्नुहुन्छ ? यस क्रान्तिको मुख्य शक्ति सहर र गाउँको सर्वहारावर्ग हो, यसको झन्डा बोक्ने समाजवादी प्रजातान्त्रिक मजदुर पार्टी हो, तपाईँ उदारवादी फितलाहरू होइनन् ।” यो लेनिनकै क्रान्तिमा ‘सर्वहारावर्गको प्रभुत्व’ भन्ने सिद्धान्तको सार थियो । उहाँले त्रान्सककेशियाको सङ्गठनलाई निर्देशन दिइरहनुभयो । साथै लेनिनको ‘अस्थायी क्रान्तिकारी सरकार बनाउने’ सिद्धान्तलाई पनि व्याख्या र विकास गर्नुभयो ।
‘आइतबारे हत्याकाण्ड’ को बदला लिन मजदुरहरू बन्दुक लिएर उठे । मजदुरहरूले गाउँ–गाउँमा गएर सरकारी भवन र दरबारहरूमा आगो लगाउन थाले । किसानहरूले राजा–रजौटा र जमिनदारहरू मार्न थाले । बोल्शेविकहरूले जनतालाई आह्वान गरे, “जार र जमिनदारहरूको विरोधमा हतियार लिएर उठ !” बोल्शेविकहरूले सशस्त्र विद्रोहको निम्ति तयारी गरे । सिपाहीँ, जहाजी र माझीहरूलाई सङ्गठित गरे । सरकारी सेना र पल्टनभित्र पार्टी सङ्गठन कायम गरे । सहर र गाउँहरूमा लडाकू दलहरू तयार पारेर हतियार चलाउने तालिम दिए । पार्टीका मुख्य मुख्य सदस्यहरूले किने र त्यसलाई देशभित्र पठाउने बन्दोबस्त गर्न थाले ।
अप्रिल १९०५ मा लण्डनमा पार्टीको तेस्रो महाधिवेशन भयो । त्यसमा मेन्सेविकहरूले भाग लिएनन् र तिनीहरूले जेनेभामा अगग्गै सम्मेलन गरे । लेनिनको भनाइमा— ‘दुई महाधिवेशन दुई पार्टी’ बन्यो । बोल्शेविक पार्टीले निर्णय लियो— अहिले रुसी क्रान्तिको रूप पुँजीवादी–प्रजातान्त्रिक क्रान्ति भए पनि सर्वहारावर्ग राजनैतिकरूपले तयार भएर त्यसलाई समाजवादी क्रान्तितर्फ अगाडि लैजान सक्नेछ । उदार पुँजीपतिवर्ग क्रान्तिमा अगाडि बढ्दैनन् बरु मजदुर किसानलाई दबाउन राजासँग सम्झौता गर्छन् । किसानहरू सर्वहारावर्गसँग मिलेर विद्रोह र क्रान्ति गर्नसक्छन् र सर्वहारावर्गको नेतृत्वमा स्थायी क्रान्तिकारी सरकार बनाउन सकिनेछ ।”
मेन्सेविकहरूको सम्मेलनले निर्णय ग¥यो– क्रान्ति पुँजीवादी क्रान्ति हुनेछ र त्यसको नेता उदार पुँजीपतिवर्गको हुनेछ । किसानसँग सम्बन्ध सर्वहाराको होइन, उदार पुँजीपतिवर्गको हुनेछ । क्रान्तिकारी जोश देखाएर उदार पुँजीपतिवर्गलाई क्रान्तिदेखि तर्साउनुहुन्न । तिनीहरू तर्सेर क्रान्तिबाट भागेमा क्रान्ति निर्बलियो हुनेछ ।
स्तालिन त्रान्सककेशियामा क्रान्तिकारी काममा लागिरहनुभएको थियो । मेन्सेविकहरूलाई स्तालिनले क्रान्ति र सशस्त्र विद्रोहको शत्रु हुन् भनेर नङ्गयाइदिनुभयो । जारको मनपरीतन्त्रको विरोधमा छिनोफानो हुने सङ्घर्ष मच्चाउँदै जानुभयो । विद्रोहबाट राजा जार डरायो । जार सरकारले १७ अक्टोबर १९०५ को दिन ड्युमा (संसद््) लाई संविधान बनाउने अधिकार र नागरिक स्वतन्त्रता दिने घोषणा ग¥यो । स्तालिनले यो खबर तिफलिसमा पाउनुभयो । विद्रोहलाई दबाउने र सैनिक शक्ति जम्मा गर्ने यो जारको एक छल थियो । १८ अक्टोबरको दिन मजदुरहरूको एक सभामा स्तालिनले भन्नुभयो, “साँच्चै विजय पाउन हामीलाई के कुरा चाहिन्छ ? हामीलाई तीन चिज चाहिन्छ ः पहिलो–हतियार, दोस्रो–हतियार, तेस्रो–हतियार र फेरि हतियार ।”
डिसेम्बर १९०५ मा फिनलायन्डको टामरफोर्स भन्ने ठाउँमा पहिलो राष्ट्रिय रुसी बोल्शेविकहरूको सम्मेलन भयो । त्यहीँ पहिलोचोटि स्तालिन र लेनिनको भेट भयो । सम्मेलनको राजनैतिक खेस्रा समितिमा लेनिन र स्तालिन दुवै मिलेर पार्टी नीति तयार गर्नुभयो ।
१९६० अप्रिल महिनामा स्वीडेनको स्टकहोममा पार्टीको चौथो महाधिवेशन भयो । त्यसमा स्तालिनले सक्रियरूपले भाग लिनुभयो । लेनिनसँग मिलेर उहाँले मेन्सेविकहरूलाई जवाफ दिनुभयो, “हाम्रो पार्टीमा मुख्य प्रश्न सर्वहारावर्गको प्रभुत्व वा प्रजातान्त्रिक पुँजीपतिवर्गको प्रभुत्वबारे हो । यहीँ हामी मतभेद राख्छौँ ।”
महाधिवेशनबाट फर्केर स्तालिनले त्रान्सककेशियामा ‘अखाली त्स्कोभ्रेवा’ (नयाँ जीवन), ‘अखाली ड्रोयवा’ (नयाँ समय), ‘चभेनित्स्खोभ्रेवा’ (हाम्रो जीवन) र ‘ड्रो’ (समय) भन्ने बोल्शेविक पत्रिकाहरू तिफलिसमा जर्जियाली भाषामा कानुनीरूपले निकाल्न निर्देशन दिनुभयो । त्यसबेला त्यहाँ प्रिन्स क्रोपाट्किनको अराजकतावादी विचार फैलिरहेको थियो । त्यस खोटो विचारको खण्डन गर्न स्तालिनले ‘अराजकतावाद वा समाजवाद’ भन्ने लेखहरू लेख्नुभयो । माक्र्सवाद र समाजवाद बुझ्न ती लेखहरू सा¥है उपयोगी र महŒवपूर्ण छन् ।
जेल, निर्वासन र फेरि सङ्घर्षको मैदानमा
लण्डनको सम्मेलनबाट फर्कनु भएपछि स्तालिन बाकूमा फर्कनुभयो । बाकू र त्यसको चारैतिरका जिल्लाहरूमा उहाँ बडो सक्रिय भएर काम गर्न थाल्नुभयो । तेस्रो ड्युमा (संसद्) को चुनाव र तेलखानीका मजदुरहरूको सङ्घर्षलाई निर्देशन दिनुभयो । मजदुर र मालिकहरूको बिचको सङ्घर्षलाई बडो चलाकीले मिलाउनुभयो । बाकू मजदुर आन्दोलनले स्तालिनलाई झन् व्यवहारिक र व्यापक कामदार जनताको नेताको रूपमा खारिदियो । बाकू बोल्शेविकवादको गढ बन्यो ।
२५ मई १९०८ मा स्तालिन पक्रिनुभयो र ८ महिनासम्म जेलमा थुनिनुभयो । त्यसपछि भोलोग्दा प्रान्तको सोल्चिचेगोडक्क भन्ने ठाउँमा २ वर्षको निम्ति निकालिनुभयो । तर, २४ जून १९०९ मा निर्वासनबाट भाग्नुभयो र बाकूमा लुकेर काम गर्दै जानुभयो । पार्टीलाई बिलाउन र भङ्ग गर्न खोज्नेहरूको विरोधमा उहाँले ‘ककेशशको चिठी’, ‘पार्टीको सङ्कट र हाम्रो कर्तव्य’, ‘पार्टीबाट’ जस्ता थुप्रै लेखहरू लेख्नुभयो । उहाँका लेखहरू तिफलिसको कानुनी र गैरकानुनी सङ्गठनलाई सँगसँगै अगाडि बढाउनुभयो ।
२३ मार्च १९१० मा स्तालिन फेरि बाकूमा पक्रिनुभयो र ६ महिनासम्म जेलमा थुनिनुभयो । जेलमा पनि स्तालिन चुप लागेर बस्नुभएन । कार्ल माक्र्सको ‘पुँजी’ र अरु साहित्यको गहिरो अध्ययन गर्नुहुन्थ्यो । जेलमा अरु अपराधीसँग पनि सम्पर्क राख्नुहुन्थ्यो । अरु राजनैतिक बन्दीहरूसँग पनि छलफल गर्नुहुन्थ्यो । ६ महिनापछि उहाँ फेरि पुरानै ठाउँमा ५ वर्षको निम्ति निर्वासनमा पठाइनुभयो । उता पार्टीभित्र गञ्जागोल थियो । त्यसबारे लेनिनले स्तालिनलाई चिठी लेख्नुभयो । स्तालिनले लेनिनलाई पूर्ण समर्थन जनाउनुभयो । ६ सेप्टेम्बर १९११ मा उहाँ निर्वासनबाट भागेर सेन्ट पिटसवर्गमा पुग्नुभयो । तर, ९ सेप्टेम्बरमा उहाँ फेरि पक्रिनुभयो र त्यहीँ निकालिनुभयो ।
१९१२ जनवरीमा चेकोस्लाभाकियाको राजधानी बोल्शेविक पार्टीको छैटौँ सम्मेलन भयो । सम्मेलनले पार्टीलाई प्रतिक्रान्तिको दमनबाट बचाउन कानुनी र गैरकानुनी सङ्घर्षलाई मिलाउने निर्णय ग¥यो । त्यो एक नयाँ पार्टी थियो, मेन्सेविकसँग अलग्ग नयाँ केन्द्रीय समिति चुनियो, जसमा लेनिन, स्तालिन, ओर्जोनिकित्सो, स्वेर्दलोव, स्पान्दरीयान आदि थिए । स्तालिन र स्वेर्दलोव बैठकमा उपस्थित हुनुहुन्थ्यो । व्यवहारिक काम गर्न देशभित्र स्तालिनको नेतृत्वमा एक केन्द्रीय समिति बनाइयो । मेन्सेविकहरू पार्टीबाट निकालिए । पार्टीको नाम ‘रुसी समाजवादी प्रजातान्त्रिक मजदुर पार्टी (बोल्शेविक)’ राखियो ।
२९ फेब्रुअरी १९१२ मा स्तालिन फेरि निर्वासनबाट भाग्न सफल हुनुभयो र पिटसवर्गमा पार्टी कन्द्रीय समितिको काम सम्हाल्नुभयो । जिल्ला–जिल्लामा भ्रमण गरेर मई दिवसको जुलुसको निम्ति तयार गर्नुभयो । पुलिसको आँखा छल्न उहाँ लुकीछिपी काम गर्नुहुन्थ्यो ।
साइबेरियामा लीना भन्ने ठाउँमा एक सुन खानी थियो । त्यहाँ ६ हजार मजदुरहरू काम गर्थे । ४ अप्रिल १९१२ को दिन मजदुरहरूले आफ्नो कष्टपूर्ण जीवनमा सुधारको माग गरेर एक शान्तिपूर्ण जुलुस गरे । त्यस जुलुसमा गोली हानेर पुलिसले ५ सयभन्दा बढी मजदुरहरू मारिए । हत्याकाण्डको विरोधमा रुसमा विभिन्न ठाउँका ८ लाख ५० हजार मजदुरहरूले हडताल गरे । रुसमा मजदुुर आन्दोलनले फेरि टाउको उठाउन थाल्यो । पिटसवर्गको बोल्शेविक अखबार ‘ज्वेज्दा’ (नक्षत्र) मा स्तालिनले लेख्नुभयो, “लीनाको हत्याकाण्डले मौनताको हिउँ पग्ल्यो र फेरि जन आन्दोलनको धार वहन लाग्यो । हिउँको टुक्रो टुक्रिएको छ । अहिलेको शासनमा जे जति खराबी र नीचता थियो सताइएको रुसको जो सारा दुःख कष्ट थियो, ती सबै एउटा घटनामा झल्कियो– त्यो हो गोलीकाण्ड । यो काण्ड हडताल र प्रदर्शनहरूको निमित एक सङ्केत बन्यो ।”
लीनाको सुनखानी बेलायती पुँजीपति र रुसी पुँजीपतिहरूको साझा थियो । गोलीकाण्ड बेलायती पुँजीपतिहरूलाई खुसी पार्न गरिएको थियो ।
अखबारले जनतालाई शिक्षा दिन्छ, सङ्गठनलाई बलियो बनाउँछ । कुनै पनि राजनैतिक पार्टीको निम्ति अखबार एउटा ठुलो हतियार हुन्छ । लेनिनको निर्देशनअनुसार स्तालिनले आफ्नो अगुवाइमा पिटसवर्गबाट ‘प्राब्दा’ (सत्य) भन्ने एक दैनिक खबर कागत २२ अप्रिल १९१२ मा निकाल्नुभयो । प्राब्दामा मजदुरहरूको कष्टपूर्ण परिस्थिति, पुँजीपति, मेनेजर र ज्यामी नाइकेको नराम्रो व्यवहार, शोषण र अन्याय अत्याचारको बयान र विरोध हुन्थ्यो । त्यसले देशका मजदुरहरूको परिस्थितिबारे विचार गर्न कर लगाउँथ्यो । ‘प्राब्दा’ साँचोमा क्रान्तिको निम्ति एक चुकुल बन्यो । २२ अप्रिल १९१२ मा स्तालिन सेन्टपिटसवर्गमा पक्रिनुभयो । धेरै महिना जेलमा हालेपछि ३ वर्षको निम्ति निर्वासनमा पठाउनुभयो । यसपालिको निर्वासन नार्यम भन्ने टाढा र विकट इलाकामा थियो । उहाँको एकजना साथी भाग्ने कोसिसमा पक्रिए तर क्रान्तिकारीहरू किन डराउँथे ¤ शेरलाई जीउँदो समात्न गा¥है हुन्छ । १ सेप्टेम्बर १९१२ मा स्तालिन फेरि भाग्नुभयो र सेन्टपिटसवर्गमा पुगेर काम गर्न थाल्नुभयो ।
चौथो ड्युमाको चुनाव आइपुगेको थियो । स्तालिनको प्राब्दाको माध्यमबाट चुनाव प्रचारलाई अगाडि बढाउनुभयो । कारखानाहरूमा गई उहाँले थुप्रै मजदुरहरूको सभामा बोल्नुभयो । पुलिसहरूको खतराबाट बचाउन मजदुर र सङ्गठनले राम्रो पालो–पहरा राखेर उहाँको सुरक्षा गर्थे । ‘सेन्टपिटसवर्गका मजदुर प्रतिनिधिहरूलाई मजदुरहरूको आदेश’ जस्ता महŒवपूर्ण लेखहरू लेख्नुभयो । आवश्यक लेख, समाचार र चिठी कसरी र कति मोटो अक्षरले लेख्ने सबै निर्देशन उहाँ प्राब्दा समितिलाई दिनुहुन्थ्यो ।
ड्युमाको चुनावमा १५ जना मजदुर प्रतिनिधिहरू चुनिए । त्यसमा ६ बोल्शेविकहरूले १० लाख र ७ मेन्सेविकले २ लाखभन्दा कम मजदुरहरूको प्रतिनिधित्व गरेका थिए । केन्द्रीय समितिले स्तालिनलाई बोल्शेविक प्रतिनिधिहरूको निर्देशक नियुक्ति ग¥यो ।
स्तालिनको निर्देशनमा बोल्शेविक प्रतिनिधिहरूले ड्युमामा सरकारको शोषण र मनपरीतन्त्रको विरोध गर्थे, सामन्ती जमिनदारहरूको जग्गा जफत गरेर किसानहरूलाई बाँड्ने र कारखानामा ८ घण्टाको कामजस्ता प्रस्तावहरू राख्थे । तर, बोल्शेविक प्रतिनिधिहरूमध्ये मैलिनोवस्की भन्ने उत्तेजना फैलाउने एक सरकारी दलाल पनि घुसेको थियो । त्यसले एकातिर पार्टीलाई कानुनी अखबार निकाल्न र कानुनी गतिविधिमा केही मद्दत गर्दथ्यो, तर भित्रभित्रै उसले थुप्रै क्रान्तिकारी बोल्शेविकहरूलाई पक्राउँथ्यो । जेल र साइबेरियाको कालापानीको सजाय गराउँथ्यो र मार्न लगाउँथ्यो । क्रान्तिपछि मजदुरहरूले त्यसमाथि मुद्दा चलाए र सोभियत अदालतले गोली हानेर मार्ने सजाय ग¥यो ।
#हरिबहादुर श्रेष्ठ