स्कुल बाहिर पानी परिरहेको थियो, भित्र सातौं घंटीको कक्षा चलिरहेको थियो । पानी नरोकिए सम्म कक्षा कोठा बाट निस्कन संभव थिएन, त्यसैले टाईम पास गर्न शिक्षकले बच्चाहरूलाई सोधे- यदि मैले तिमीहरु सबै लाई १००-१०० रुपैयाँ दिएँ भने तिमी हरुले के गर्छौ ? के किन्छौ ?
एउटाले भन्यो- म भिडियो गेम किन्छु..
अर्कोले भन्यो- म मिठाईको बट्टा किन्छु..
कसैले भने- म बहिनीको लागी गुडिया किन्छु..
कसैले भने - म धेरै चकलेट किन्छु….आदी
तर एउटा बच्चा सोचमा मग्न थियो
शिक्षकले सोधे– तिमी के सोच्दै छौ ?, के किन्ने बिचार गर्दै छौ ?
त्यो बच्चाले भन्यो- सर !, मेरी आमाले आँखा कम देख्नुहुन्छ, त्यसैले म आमाको लागि चस्मा किन्छु!
शिक्षकले सोधे- तिम्रो बुवाले आमाको लागि चस्मा किन्न सक्नुहुन्छ, किन तिमीले किन्नु पर्ने ?
बच्चाले भन्यो- मेरो बाबा अब यो संसारमा हुनुहुन्न, मलाई मेरी आमाले अर्काको लुगा सिएर हुर्काउनु भयो, पढाउनु भयो, अहिले दृष्टि कमजोर भएकाले राम्रोसँग लुगा सिलाउन सक्नुहुन्न । आमाको हात नचले हामी दुई जनाको चुल्हो जल्दैन, त्यसैले म आमालाई चस्मा दिन चाहन्छु, ताकि आमाको काम सहज होस, चार पैसा आम्दानी भई रहोस अनि म राम्रोसँग पढ्न सकूँ, म ठूलो मान्छे बन्न सकूँ र आमालाई मैले खुशी दिन सकूँ ।
( बच्चाको जवाफले शिक्षकको घाँटी भरियो )
शिक्षकले भने - बाबु तिम्रो सोच नै तिम्रो कमाई हो लौ यो सय हैन २०० रुपैया । यो २०० रुपैया ऋण स्वरुप दिन्छु। जहिले तिमी कमाउने हुन्छौ, तब फिर्ता दिनु,म चाहन्छु, तिम्री आमाको स्वास्थ्य र तिम्रो हौसला अटुट रहोस, यति ठूलो मान्छे बन्नु कि तिम्रो नाम सुनेर म गर्वले फुल्न सकूँ ।
20 वर्ष पछि ............
एक दिन विद्यालयमा उनै शिक्षकको शिक्षासेवा बाट निवृत्त हुने स्वागत समारोह थियो । एक्कासी शिक्षा अधिकारीको सरकारी गाडी आएर बिद्यालय अगाडी रोकियो, विद्यालयका शिक्षक कर्मचारी भेला भएर हतार हतारमा नमन स्वागत गरे ।
शिक्षा अधिकारीले गह भरी आँशु लिएर एक बृद्ध शिक्षकको खुट्टा छुन पुगे, आफ्नो खुट्टा छोएको देखेर ति बृद्ध शिक्षक अलमल्ल परे । अरु शिक्षक हरु पनि दंग परेर सोधे - के गर्नु भएको सर ?
ति शिक्षा अधिकारी बृद्ध शिक्षक तिर फर्केर भन्छन्- सर, मैले बीस बर्ष अगाडी आमाको चश्माका लागी तपाइ संग लिएको २०० रुपैयाँ फिर्ता गर्न आएको हुँ !
विद्यालयका सम्पूर्ण कर्मचारी चकित ! एक क्षण सन्नाटा छायो ।
बूढा शिक्षकले बल्ल चिने र अंगालोमा हाले र रोए ! …………….. अनि आफ्ना जबान शिक्षक हरुलाइ भने:-
साथीहरु --
*प्रसिद्ध हुनुहोस् तर घमण्ड नगर्नुहोस्।*
*सरल हुनुहोस्, कमजोर नबन्नुहोस्।*
बाबु बस्नेतको फेसबुकवालबाट