१६ मंसिर, कञ्चन
रुद्रपुर धमिनाताल सामुदायिक बन उपभोक्ता समूह, कञ्चन ३ र ४ रुपन्देहीको २२ औं साधारण सभा सम्पन्न भएको छ।
साधारण सभाको उद्घाटन गर्दै कञ्चन गाउापलिकाका अध्यक्ष नवराज ढकालले कञ्चनका सामुदायिक बनहरुलाई कञ्चनको समृद्धिसंग जोड्दै बन पर्यटनको प्रबर्द्धन गर्ने योजनाका साथ पालिका लागिरहेको बताउनु भयो। कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष ढकालले सामुदायिक बनहरुलाई उपभोक्तामैत्री बनाउन बनभित्रै आयमुलक कार्यक्रम संचालन गरि बनप्रतिको उत्तरदायित्व र संरक्षणको जिम्मेवारीबोध गराउनु पर्नेमा जोड दिनु भयो।
यसैगरी लुम्बिनी सब डिभिजन बन कार्यालय, ठाकुरापोष्टका बन अधिकृत रविना खडकाले सामुदायिक बनको अवधारणाको बिकास भएपछि जंगलबाट मंगलमा परिणत हुने अबैध कार्यलाई निरुत्साहित गर्दै बनको संरक्षणमा बृद्धि हुदै आएको बताउनु भयो। कार्यक्रमका बिशिष्ट अतिति समेत रहनु भएका अधिकृत खडकाले स्थानीयहरुको सहयोग बिना कुनै पनि बनको संरक्षण गर्न नसकिने भन्दै बन हाम्रो हो हामीले नै संरक्षण गर्नु पर्छ भन्ने कुराको अपनत्व बढाउन बिभिन्न आयमुलक कार्यक्रमहरु संचालन गर्न आवस्यक भएको उल्लेख गर्नु भयो।
यसैगरी सामुदायिक बन उपभोक्ता महासंघ नेपालका केन्द्रिय सदस्य दिनानाथ आचार्यले सामुदायिक बनबाट प्राप्त हुने आम्दानीको ५० प्रतिशत बजेट बिपन्न र राज्यको पहुँजबाट टाढा रहेका उपभोक्ताहरुको जिवनस्तर बृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड दिनु भयो। रुद्रपुर धमिनाताल सामुदायिक बन उपभोक्ता समूहका पुर्व अध्यक्ष तथा कञ्चन गाउँपालिका वडा नं. ३ का निवर्तमान वडा अध्यक्ष नगेन्द्र बहादुर लामिछानेले बनको संरक्षण बिरुद्ध गतिबिधी सञ्चालन गर्ने कतिपय ब्यक्तीहरु समाजमा रहेकै कारण राम्रो काम गर्दागर्दै पनि बिभिन्न दोषहरु लगाउने प्रवृत्ति बढ्दै गइरहेको बताउनु भयो।
समूहका अध्यक्ष पार्वती घर्ति मगरले प्रस्तुत गर्नु भएको समूहको बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष जानुका भट्टराईको तर्फबाट समूहका कार्यालय सचिव पदम बहादुर चिडी मगरले प्रस्तुत गर्नु भएको समूहको आर्थिक प्रतिवेदन माथी राष्ट्रिय स्वतन्त्र पार्टीका मन बहादुर थापा, रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष नाम बहादुर के.सी., सल्लाहकार यम बहाददुर क्षेत्री, लगायतले आवस्यक सुझाव सहित शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो।
समूहका अध्यक्ष पार्वत घर्ति मगरको अध्यक्षता, उपाध्यक्ष ठाकुर गौतमको स्वागत तथा सचिव नारायण न्यौपानेको संचालनमा सम्पन्न साधारण सभाले समूहका अध्यक्ष पार्वती घर्ति मगरले प्रस्तुत गर्नु भएको समूहको बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष जानुका भट्टराईको तर्फबाट समूहका कार्यालय सचिव पदम बहादुर चिडी मगरले प्रस्तुत गर्नु भएको समूहको आर्थिक प्रतिवेदन सर्बसम्मत अनुमोदन गरेको छ।
साधारणसभामा बिपन्न घर परिवारका ४ जना बिधार्थीहरुलाई जनही ५ हजार रुपैयाका दर छात्रबृत्ति समेत समूहले वितरण गरेको थियो।