११ कार्ति, गुल्मी
ल्हुम्पेक कला तथा साहित्य यात्राको बिषयगत शृङ्खला ६ तथा दशैँ शुभकामना आदानप्रदान कार्यक्रम गुल्मीको ठूलो लुम्पेकमा शुक्रवार सम्पन्न भएको छ ।

ल्हुम्पेक कला तथा साहित्य यात्रा र ३ नं. वडा कार्यालयको संयुक्त आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बिषयगत शृङ्खला अन्तर्गत ुसमाज, राजनीति र दर्शनु बिषयमा खोमा तरामु मगर र सहिदी मूल्य र सांस्कृतिक सौन्दर्यु बिषयमा पारस राहादी मगरले अवधारणापत्र प्रस्तुत गर्नु भएको थियो।

प्रस्तोता खोमा तरामु मगरले अवधारणा प्रस्तुत गर्दै समाज, राजनीति र दर्शन आपसमा अन्तरसम्बन्धित बिषय भएको उल्लेख गर्नु भयो। आफुले प्रस्तुत गरेको अवधारणाले बहसको सुरुवात मात्रै गरेको र यसमाथि व्यापक छलफल हुन आवश्यक रहेको प्रस्तोता तरामुले बताउनु भयो । त्यस्तै अर्का प्रस्तोता पारस राहादी मगरले अवधारणा पत्र प्रस्तुत गर्दै आजको समयमा सहिदी मूल्य र यसको सांस्कृतिक सौन्दर्यको तेजोबध गर्ने प्रवृत्ति हावि हुन खोजेको उल्ले्ख गर्नु भयो। नयाँ पुस्ता तथा आमसमुदायमा यसबारे छलफल गर्नुपर्ने बताउदै विभिन्न विषयहरुमा बिषयगत शृङ्खला गत बर्ष देखि साहित्य यात्राले निरन्तर गर्दै आइरहेको समेत स्मरण गर्नु भयो ।

कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य माननीय यमु गैरेले यस प्रकारको साहित्य यात्राले ठूलो लुम्पेकको कला, साहित्यको विकासमा निकै योगदान गरेको भन्दै आफुले भरपुर सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । यसैगरी जिल्ला समन्वय समिति सदस्य नरमाया थापाले साहित्य यात्राको आफु पनि बिद्यार्थी रहेको बताउँदै बिषयगत शृङ्खलामा प्रस्तुत अवधारणापत्रले विगतमा भएका राजनीतिक स्कुलिङ र प्रशिक्षणको समेत आफुलाई पुनर्ताजकी भएको बताउनु भयो ।

क्रान्तीकारी कम्युनिष्ट पार्टी नेपाल, गुल्मी ईञ्चार्ज टीका राना मगरले मुक्तक प्रस्तुत गर्दै अवधारणा पत्रमाथि समेत टिप्पणी गर्नु भएको थियो । अवधारणा माथि टिप्पणी गर्दै बिषयगत शृङ्खला अन्तर्गतको प्रस्तुतिले निकै गहन बिषयहरु उठान हुने भएकोले, यसको गम्भीर बहस छलफल र चिन्तनको विकासमा सहयोग पुगेको बताउदै यसको जटिल र गहन प्रस्तुतिले नयाँ यात्रीहरुको लागि बुझ्न गाह्रो हुने समस्या बनेको उल्लेख गर्नु भयोे। साहित्य यात्रालाई प्रभावकारी बनाउन बिषयगत शृङ्खलाको प्रस्तुतिमा जटिलबाट सरलिकरण तर्फ उन्मुख हुनपर्ने समेत रानाले सुझाव दिनु भएको थियो।

मन्टेश्वरी अभियन्ता पासाङ सिंजालीले साहित्य यात्राको यस कार्यक्रमबाट निकै प्रभावित भएको बताउनु भयो। समाज र राजनीतिबारे चिन्तन र छलफलमा पुस्ताको कडी टुटेकोमा चिन्ता व्यक्त गर्दै आफू मन्टेश्वरी ट्रेनर भएकोले समाजप्रतिको दायित्व मन्टेश्वरी अभियानबाट पूरा गर्ने बताउनु भयो ।

कार्यक्रमको अध्यक्षता गर्दै सत्यवती गाउँपालिका वडा नं.३का अध्यक्ष जीतु तरामु मगरले सहिद मनोज तरामुप्रति समर्पित कविता वाचन गर्नु भएको थियो । साहित्य यात्राले ठूलो लुम्पेकको कला, साहित्य र संस्कृतिको प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुगिरहेको बताउदै विषयगत शृङ्खलालाई उप शृङ्खला मार्फत अझ व्यापक छलफल र बहसको बिषय बनाउनुपर्नेमा जोड दिनु भएको थियो। साहित्यक यात्राले ठूलो लुम्पेकमा अध्ययन संस्कृतिको विकासमा समेत सहयोग पुगेको बताउँदै बिषयगत शृङ्खलामा प्रस्तुत अवधारणा पत्रहरुको संकलन गरेर अर्को बर्ष पुस्तक प्रकाशन गर्ने योजना रहेको वडा अध्यक्ष तरामुले बताउनु भयो।

खिमकुमारी तरामु, प्रदिपा राना, प्रदिप राहादी लगायत स्रष्टाले कविता, मुक्तक, गजल वाचन गर्नु भएको कार्यक्रममा ल्हुम्पेक कला तथा साहित्य यात्राका संयोजक गुणदेव सिंजाली र प्रदिप राहादी मगरले कार्यक्रमको सहजिकरण गर्नु भएको थियो भने वडाका जनप्रतिनिधिहरू अर्जुन तरामु, ओम सिंजापति, पुर्व वडाध्यक्ष रुकबहादुर राना, धर्मपुर माविका प्रअ बलबहादुर राहादी, भानु आविका प्रधानाध्यापक खिमलाल राहादी, याम तरामु, फटिक तरामु, महेन्द्र राहादी लगायतको उपस्थिति रहेको थियो ।

सत्यवती गाउँपालिका वडा नं. ३ को सभाहलमा सम्पन्न भएको थियो ।