२८ असोज, कञ्चन
रुपन्देही जिल्लालाई कार्यक्षेत्र बनाई बिभिन्न सामाजिक उत्तरदायी कार्यक्रमहरु संचालन गर्दै आइरहेको सुनगाभा सामुदायिक बिकास केन्द्र, कञ्चन ४ रुपन्देहीको २९ औं बार्षिक सभा तथा सामाजिक परीक्षण २०८० सम्पन्न भएको छ।

सुनगाभाको बार्षिक सभालाई सम्बोधन गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालले कञ्चनको समाजिक, आर्थिक, मानसिक तथा शैक्षिक रुपान्तरणमा सुनगाभा सामुदायिक बिकास केन्द्रको भुमिका अतुलनिय रहेको बताउनु भयो। बिभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरुसंगको साझेदारीमा महिला, बालबालिका, किशोर किशोरीहरुको शसक्तीकरण, घरेलु तथा महिला हिंसा जस्ता सामाजिक बिकृति बिसंगतीका बिरुद्ध कञ्चन, गैडहवा, लुम्बिनी सांस्कृतिक नगरपालिका, शुद्धोधन लगायत स्थानीय तहहरुमा सम्बाद समूह संचालन गरी जनचेतना मुलक प्रभावकारी कृयाकलापहरु संचालन गरिनु सुनगाभाको सवल पक्ष भएको अध्यक्ष ढकालले बताउनु भयो।

कार्यक्रममा कञ्चन गाउपालिका वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्री, प्रवक्ता चित्र तुलाचन, गैडहवा गाउपालिका वडा नं. ९ का वडा अध्यक्ष मिना थापा क्षेत्री, दिनानाथ आचार्य, सूर्यपुरा मा.वि.का प्रधानाध्यापक रामजी आचार्य लगायत वक्ताहरुले सुनगाभा सामुदायिक बिकास केन्द्रले किशोर किशोरीहरुको शसक्तीकरण, महिला तथा घरेलु हिंसा, बालविबाह, दाइजो प्रथा जस्ता सामाजिक बिकृति बिसंगतीका बिरुद्ध संचालन गरिएका मानविय तथा सामाजिक कृयाकलापहरुले समाजमा सकरात्मक सन्देश प्रवाह गरिरहेको बताएका थिए।


संस्थाका अध्यक्ष अमृता थापाले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको कार्यक्रममा संस्थाले बिभिन्न समयमा संचालन गरेको विभिन्न कार्यक्रमहरुमा सहयोग गरेका सुनगाभा महिला समूह, रेडियो कञ्चन, रुद्रपुर पिसल्याण्ड भुपु सैनिक स्कुल र शैक्षिक सत्र २०७९ को एस ई ई परीक्षामा उत्कृष्ट अंक प्राप्त गरी उत्तिर्ण हुने हरैया माविका समुन्द्र ढुंगानालाई सम्मान गरिएको थियो।


संस्थाका अध्यक्ष अमृता थापाको अध्यक्षता, उपाध्यक्ष किरन के.सी.को स्वागत तथा सचिव हिमा बेलवासेको संचालनमा कार्यक्रम सम्पन्न भएको हो।

