२२ असोज, कञ्चन
रुपन्देहीको कञ्चन गाउपालिका वडा नं. २ को गौतमबुद्ध क्रिकेट रंगशालामा कञ्चनका फुटवल टिमहरु बिच भिडन्त हुदैछ। छनौट गरिएका १६ टिमहरु बिचको भिडन्तमा कसले बाजी मार्ला भन्ने कुरा यही असोज २६ गतेबाट शुरु हुने प्रतिस्पर्धाका नतिजाहरुले नजरअन्दाज गर्न सकिने छ।
नव अभियान युवा क्लव कञ्चन २ सुगैयाताल, मटेरिया गौरीडाडाँको आयोजनामा सञ्चालन हुन गइरहेको वडास्तरिय फुटवल टिमहरु बिचहरु हुने प्रतियोगितामा कञ्चन गाउपालिका भित्रका १६ फुटवल टिमहरुले सहभागिता जनाएका छन।
प्रतियोगितामा चाँदनी एफ.सी., नमुना एफ.सी., हिमालयन एफ.सी., सुनौलो संगम एफ.सी., सुनगाभा एफ.सी., नव अभियान (निलो), सगरमाथा एफ.सी., बगिया एफ.सी., मनकामना एफ.सी., हिमालयन ब्राइड, अस्नैया एफ.सी.,मुनलाइट एफ.सी., बसन्तफुलवारी एफ.सी., भैरव एफ.सी., गौतमबुद्ध एफ.सी. र नव अभियान (सेतो) ले सहभागित जनाएका छन। टिम दर्ता गर्ने समय २३ गते सम्म अन्तिम समय राखिएको भए पनि फस्ट कम, फस्ट इन्ट्री को आधारमा १६ टिमको सिमा पुरा भएपछि प्रतिस्पर्धी टिमहरुको अन्तिम टुङ्गो लगाइएको नव अभियान युवा क्लवका खेल संयोजक बिकास कार्कीले जानकारी दिनु भएको छ।
प्रतियोगितामा वडा कप कस्ले हात पार्छ भन्ने अन्तिम नतिजा त कार्तिक ५ गतेको अन्तिम प्रतिस्पर्धाबाट छिनोफानो हुने छ। तर प्रतियोगितामा विजेता टिमले नगद ३० हजार रुपैया सहित कप र मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद २० हजार सहित कप र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ।
यस्तै प्रतियोगिता अवधीभर सर्वाधिक गोलकर्ता ट्रफी र आकर्षक पुरस्कार प्राप्त गर्ने छन भने उत्कृष्ट गोल रक्षक र उत्कृष्ट डिफेण्डरले समेत बिधागत रुपमा ट्रफी प्राप्त गर्ने नव अभियान युवा क्लवका खेल संयोजक कार्की जानकारी दिनु भएको छ। रुपन्देहीको कञ्चन २ मा रहेको गौतमबुद्ध क्रिकेट रंगशालामा संचालन हुने प्रतियोगिता अवधिभर हरेक प्रतियोगितामा म्यान अफ द म्याचको छनौट गरी आकर्षक ट्रफी प्राप्त गर्ने छन। प्रतियोगिताको उद्घाटन यही असोज २६ गते दिउस २ बजे देखि शुरु हुने आयोजकले जनाएको छ।