३२ साउन, कञ्चन
राष्ट्रिय युवासंघ नेपाल कन्चनले करिब ३०० बिरुवाहरुको बृक्षारोपण गरेको छ। कन्चन ५ को शान्तिभुमि आधारभुत विद्यालय परिसरमा बृक्षरोपण गरिएको हो।
बृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्दै नेकपा एमाले प्रदेश कमिटि सदस्य गोकर्ण बहादुर क्षेत्रीले भन्नुभयो युवा नै त्यो शक्ति हो जसले अस्वम्भवलाई सम्भव बनाउन सक्ने तागत राख्दछ। नेता क्षेत्रीले अवका युवाहरु अनुशाशीत भएर समाज र देशका लागि काम गर्नुपर्ने कुरामा जोड दिनुभयो । बृक्षरोपण गरेर वातावरणलाई स्वच्छ र हराभरा बनाउने अभियानमा जोडिएका युवाहरु देशमा भएको अनेकन बिसंगतीहरुका बिरुद्ध प्रगतिशिल युवाहरुलाई युवासंघमा आवद्ध गर्दै जानु पर्ने आवस्यकता रहेको बताउनु भयो।
यस्तै युवासंघ जिल्ला अध्यक्ष विकास बस्नेतले अब युवा भाषणमा भन्दा पार्टीको नीति कार्यक्रम र बिचारलाई समयानुकुल देश र जनताको पक्षमा लागु गर्दै जानसकेमात्र नेकपा एमाले प्रतिको मोह अझै बढ्दै जाने बताउनु भयो। अवका युवाहरुले समाजमा बिकसित बिकृति र बिसंगतीका बिरुद्ध एकजुट भएर समाजलाई सभ्य र सचेत बनाउन तर्फ लाग्नुपर्नेमा जोड दिदै कन्चनका योजनागत रुपमा संगठनको कार्यक्रमहरुलाई अगाडि बढाउनुपर्ने नेता बस्नेतले बताउनु भयो । नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा अनेमसंघ रुपन्देही क्षेत्र नं. ५ का इन्चार्ज हिमा बेलवासेले वृक्षरोपण मात्र होइन रोपिएका बिरुवा संरक्षण र सम्बर्द्धनमा पनि योजनागत रुपमा लाग्नुपर्ने सल्लाह दिदै समाज रुपान्तरणको मुख्य जिम्मेवारी युवाहरुको काँधमा आएको समेत नेतृ बेलवासे उल्लेख गर्नु भयो।
आँप, लिची तथा फुलका बिरुवा लगायत अन्य प्रजताीका बिरुवाहरुको बृक्षरोपण कार्यक्रममा पार्टी प्रदेश कमिटी सदस्य गोकर्ण बहादुर क्षेत्री, राष्ट्रिय युवासंघ रुपन्देही अध्यक्ष विकास बस्नेत, पार्टी जिल्ला सदस्य तथा अनेम संघ क्षेत्र न ५ इन्चार्ज हिमा वेलवासे, युवा संघ जिल्ला सचिवालय सदस्य तथा कन्चन इन्चार्ज कमल परियार, जिल्ला सदस्यहरु देवेन्द्र गौतम, सन्जय माली, गाउकमिटीका अध्यक्ष दिनानाथ आचार्य, अनेमसघ जिल्ला कोषाध्यक्ष उमा ढकाल, युवा संघ कन्चनका पुर्व अध्यक्ष सुभाष क्षेत्री लगायत नेता तथा युवा, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।
राष्ट्रिय युवा संघ नेपालको देशव्यापी १ महिने अभियान अन्तरगत वडान ५ मा वृक्षरोपण गरि शुरु गरिएको र यस अभियानलाई अन्य वडाहरुमा समेत निरन्तरता दिइदै जाने राष्ट्रिय युवा संघ, कञ्चनका इन्चार्ज कमल परियाले जानकारी दिनु भएको छ। राष्ट्रिय युवासंघ कन्चनका अध्यक्ष जीवन क्षेत्रीको अध्यक्ष तथा सचीव नवराज न्यौपानेको सहजिकरणमा कार्यक्रम भएको थियोे ।