१४ साउन, कञ्चन
रुपन्देहीको कञ्चन गाउपालिकामा रहेको सन मोडल ईङ्गलिस बोर्डिङ्ग स्कुलको सविना गिरीले एस ई ई परीक्षा २०७९ मा ३.८५ जिपिए प्राप्त गरी साधारण तर्फ कञ्चन गाउपालिकामा उत्कृष्ट बिधार्थी बन्न सफल भएका छन। सविनाको उत्कृष्ट जिपिए सहितको उत्तिर्ण पछि सनमोडल ईङ्गलिस बोर्डिङ्ग स्कुल साधारण तर्फ कञ्चनकै उत्कृष्ट बिधालय बन्न सफल भएको छ।

एस ई ई परीक्षा २०७९ मा उत्तिर्ण बिधार्थीहरुलाई सम्मान तथा बधाई कार्यक्रममा ए प्लस बिधार्थीको घोषणा गर्दै बिद्यालयकका संस्थापक प्रधानाध्यापक ज्ञानुराम भारतीले कञ्चनको शिक्षा क्षेत्रमा बिद्यालयको भुमिकालाई अझ बलियो बनाउदै गइरहेको बताउनु भयो। सम्भवत साधारण शिक्षा तर्फ कञ्चनमा उत्कृष्ट जिपिए प्राप्त गरी उत्तिर्ण हुने बिधार्थी सविना गिरीको उज्जवल भविष्यको कामना समेत संस्थापक प्रधानाध्यापक भारती गर्नु भयो।

कार्यक्रमका प्रमुख अतिथि तथा वडा नं. ५ का वडा अध्यक्ष कुल प्रसाद पौडेलले यस बिद्यालयले हरेक बर्ष राम्रो नतिजा प्राप्त गर्दै गइरहेको र कञ्चन गाउपालिकाको शैक्षिक क्षेत्रमा आफुलाई अझ बढी अव्वलता कायम गर्दै गइरहेको बताउनु भयो।

यसैगरी कार्यक्रमका बिशिष्ट अतिथि तथा वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले संस्थागत बिद्यालयहरु मध्ये कञ्चनको एकमात्र पुरानो बिद्यालय सनमोडल ईङ्गलिस बोर्डिङ्ग स्कुलले तल्लो कक्षा देखि नै बिधार्थीहरुको शैक्षिक स्तरमा अव्वलता कायम गर्नमा सदैब सचेत रहेको महसुस गर्दै आइरहेको बताउनु भयो।

कञ्चन गाउपालिकाका प्रवक्ता चित्र तुलाचनले कञ्चनका हरेक बिद्यालयहरुबाट उत्पादित बिधार्थीहरु अनुशासित, सभ्य र सामाजिक र शैक्ष्ँिक रुपमा अव्वल बनाउदै लैजान सकेमा हरेक बिद्यालयहरुको फरक पहिचान बन्न सक्ने कुरा जोड दिनु भयो। बिद्यालयहरुले आफ्नो बिधार्थीहरुलाई ब्यबहारिक र ब्यबसायिक बनाउन बिद्यालयमै पढ्दै कमाउदै कार्यत्रक्रम संचालन गर्नु पर्नेमा प्रवक्ता तुलाचनले जोड दिनु भयो।
बिद्यालयको भुतपुर्व शिक्षक नाम बहादुर के.सी.ले यस बिद्यालयले कञ्चनको सामाजिक र शैक्षिक बिकासमा महत्वपुर्ण भुमिका खेल्दै आइरहेको र बिधार्थीहरुको शैक्षिक स्तर बृद्धि गर्नमा सदैव सचेत हुदै आइरहेको बताउनु भयो।

यस्तै वडा नं. ३ का निवर्तमान वडा अध्यक्ष नगेन्द्र बहादुर लामिछानेले अवको शिक्षालाई ब्यबसायिक र ब्यबहारिक बनाउनु पर्नेमा जोड दिनु भयो। अभिभावक गेम बहादुर थापाले यस बिद्यालय प्रति अभिावकहरुको बिश्वासलाई अझ बलियो बनाउदै गएको बताउनु भयो।

बिद्यालयलयका संस्थापक प्रधानाध्यापक ज्ञानुराम भारतीले एस ई ई परीक्षामा उत्कृष्ट जिपिए ल्याउने सविना गिरीलाई नगद १५ हजार रुपैया सहित सम्मान पत्रले सम्मान गर्नु भएको थियो ।
यसैगरी ए जिपिए ल्याउने ४ जना बिधार्थीहरुलाई जनही ३ हजार रुपैया सहित सम्मान पत्र प्रदान गरिएको कार्यक्रममा अभिभाव देविराम रेग्मी, प्रेम पोख्रेल, शिक्षक किरन थापा, बिद्यालयका पुर्व बिधार्थी तथा प्राइम बैंक, ४ नं. जितपुरका शाखा प्रमुख अरुण सापकोटा, बिधार्थी सविना गिरी लगायतले बिधार्थीहरुको उज्जवल भविष्यको कामना ब्यक्त गर्नु भएको थियो।

शिक्षक के.वि. धुवाँलेको संचालन गर्नु भएको कार्यक्रममा शिक्षक मनोज गिरीले स्वागत गर्नु भएको थियो
