१२ साउन, कञ्चन
रुद्रपुर खानेपानी तथा सरसफाई संस्था, कञ्चन ४, गरगरे रुपन्देहीद्वारा कार्यालय परिसरमा बिभिन्न प्रजातीका करिब एक सयवटा बिरुवाहरुको बृक्षरोपढा गरिएको छ। कार्यक्रममा संस्थाका संचालक समिति, कर्मचारी पुर्व संचालक समिति लगायतको सहभागिता रहेको थियो।

बृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्दै संस्थाका संस्थापक तथा पुर्व अध्यक्ष दिनानाथ आचार्यले बृक्षरोपणबाट बन वातावरणको संरक्षण र संम्बद्र्धनमा सहयोग पुग्ने बताउनु भयो। हरेक बर्ष सरकार, स्थानीय उपभोक्ता तथा बिभिन्न संघसंस्थाहरुद्वारा संचालन गरिने बृक्षरोपण कार्यक्रमकाट नेपालको बन क्षेत्रमा बृद्धि भएको बताउदै सन २०१५ को तथ्यांक अनुसार नेपालको बन क्षेत्र ३९ प्रतिशतबाट ४६ प्रतिशत भन्दा बढी बृद्धि भएको जानकारी दनु भयो।

कार्यक्रमका प्रमुख अतिथि तथा सामुदायिक बन उपभोक्ता महासंघका केन्द्रिय सदस्य समेत रहनु भएका आचार्यले हरेक बर्ष गरिने बृक्षरोपणले हरेकलाई आफ्नो घर वरीपरी बृक्षरोपण गर्नु पर्छ भन्ने बानीको बिकास भएको बताउदै सन २०२३ को तथ्यांकलाई बिश्लेषण गर्ने हो नेपालको बनक्षेत्रमा अझ बढी बृद्धि भएको हुनसक्ने बताउनु भयो।

कार्यक्रमका बिशिष्ट अतिथि तथा संस्थाका निवर्तमान अध्यक्ष गेम बहादुर थापाले हरियाली प्रबद्र्धन तथा स्वस्थ वातावरण निर्माण गर्न बृक्षरोपण अपरिहार्य रहेको बताउनु भयो। रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई अध्ययन र अवलोकन गर्ने संस्थाको रुपमा बिकास गर्ने लक्षका साथ बृक्षरोपण गरिएको थापाले बताउनु भयो।

यसैगरी संस्थाका अध्यक्ष नाम बहादुर के.सी.ले रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्ययन अवलोकन गर्न आउने बिभिन्न संघसंस्थाहरुलाई अनुभवको आदान प्रदानसंगै बन संरक्षण तथा सम्बद्र्धनमा संस्थाहरुको भुमिकालाई उदाहरणिय बनाउन बृक्षरोपण गरिएको बताउनु भयो।
बृक्षरोपण गर्नुमात्र ठूलो कुरा नभएको बताउदै अध्यक्ष के.सी.ले रोपण गरिएका बिरुवाहरुको स्याहार सुसारगरी सकेसम्म शतप्रतिशत बिरुवाहरु हुर्काएर संस्थाको उद्धेश्यलाई पुरा गर्ने प्रतिबद्धता समेत बताउनु भयो। हरेक उपभोक्ताहरुको घर घरमा पनि बिभिन्न प्रजातीका फलफुलका बिरुवाहरु समेत उपलब्ध गराएर उपभोक्ताहरुलाई समेत वातावरण संरक्षणको भुमिकामा जोड्न उपभोक्ताहरुको न्युनतम लागत सहभागितामा बिरुवाहरु वितरण गरिने अधयक्ष के.सी.ले बताउनु भयो।

करिब ३ हजार भन्दा बढी उपभोक्ता भएको संस्थाको दोश्रो परियोजना अन्तर्गत कञ्चन ४ को ढावामा साढे ४ लाख लिटर क्षमताकोे ओभरहेड टंकी निर्माण कार्य सम्पन्न भएको छ । उक्त योजनाबाट पनि पिउने पानीको वितरण गर्न तयारी भइरहेको अध्यक्ष के.सी.ले जानकारी दिनु भएको छ।

