३१ असार, कञ्चन
रुपन्देहीका कलाकार दीपक थापा माइथाने मगरले आफ्नो जन्म दिनको अवसरमा आफुले अक्षराम्भ गरेको बिद्यालयका २० जना गरिव, जेहेन्दार तथा बिपन्न परिवारका बिधार्थीहरुलाई शैक्षिक सामाग्री (झोला,पोशाक,कपि,कलम) प्रदान गर्नु भएको छ। युकेलाई कर्मथलो बनाउदै आउनु भएका रुपन्देही कञ्चन ४ दियो बजार निवासी माइथाने मगरले आफ्नो जन्म दिनको अवसर पारेर बुवा आमाको सम्मानमा १ लाख ११ हजार १११ रुपैया बराबरको बुवा स्वर्गिय रत्न बहादुर थापा र आमा चमेली थापाको सम्मानमा रत्न चमेली थापा अक्षयकोष स्थापना समेत गर्नु भएकोछ।


हरेक बर्ष आउने आफ्नो जन्म दिनमा कुनै न कुनै सृजनात्मक कार्य गरेर समाजका लागि उदाहरणिय कार्य गर्दै आउनु भएका बिगत १५ बर्ष देखि युकेमा कार्यरत कलाकार माइथाने मगरले यस पटकको जन्म दिनमा हिमालय आधारभुत बिद्यालय, कञ्चन ४ दियोमा बिभिन्न कक्षामा अध्ययनरत २० जना बिधार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गर्दै गरिव, जेहेन्दार तथा बिपन्न परिवारका बिधार्थीहरुको शिक्षालाई निरन्तरता दिन सहयोग पुर्याउने उद्धेश्यका साथ अक्षयकोष स्थापना गर्नु भएको हो। माइथाने मगरले यस भन्दा अघि हिमालय आधारभुत बिद्यालयलाई डिजिटल मैत्री बनाउन सहयोग पुर्याउने उद्धेश्यका साथ कम्प्युटर समेत प्रदान गर्नु भएको थियो ।

गत बर्षको जन्म दिनमा आमाको सम्मानमा मेरी आमा नामक अडियो भिडियो बजारमा ल्याउनु भएका कलाकार माइथाने थापा मगरले युकेमै रहेर नेपाली गित संगित, कला र संस्कृतिलाई बचाई राख्नु पर्दछ भन्ने उद्धेश्यका साथ विभिन्न संघ संस्थामा आबद्ध रहदै आउदै भएको छ। केन्द्रिय मगर संघ यु,के युथको उपाध्यक्ष, मिफुरुङ युथ वेम्ब्लीको उपाध्यक्ष, नेपाली फिल्म संस्था यु,के शाखाको महासचिव, यति नेपाली संस्था युकेका सांस्कृतिक सचिब लगायत विभिन्न संस्थामा आजिवन सदस्य भई सामाजिक रुपान्तरणको सशक्त अभियान्तको रुपमा स्थापित हुनु भएका माइथाने थापा मगरले देशका बिभिन्न क्षेत्रहरुमा आर्थिक, भौतिक तथा नैतिक सहयोग समेत गर्दै आउउनु भएको छ।

अक्षयकोष स्थापना घोषणा तथा शैक्षिक सामग्री वितरण कार्यक्रमका प्रमुख अतिथि तथा बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष मोनिक रानाले कलाकार दीपक थापा माइथाने मगर जस्ता निस्वार्थ सेवाभाव राखी सहयोगदाताहरुको समाजमा अझ धेरै आवस्यक रहेको बताउनु भयो। बिशिष्ट अतिथि तथा बिद्यालयका प्रधानाध्यापक रविन्द्र सुवेदीले आफु जहाँ जुनसुकै स्थानमा पुगेपनि दीपक थापा माइथाने मगरले जस्तै आफ्नो जन्मथलो, अभिभावक र अक्षराम्भ गरेको बिद्यालयको माया र सदभाव ब्यक्त गर्ने मनकारी ब्यक्तिहरुको पहिचान गर्न आवस्यक रहेको बताउनु भयो।

माइथाने परिवारका सम्पुर्ण सदस्यहरुको समेत सहभागिता रहेको कार्यक्रममा कलाकार दिपक थापा माइथाने मगरकी आमा चमेली थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिद्यालयका सहायक प्रधानाध्यापक गंगालाल पौडेलले दीपक थापा माइथाने मगरलाई जन्म दिनको शुभकामना ब्यक्त गर्नु हुदै स्वागत गर्नु भएको थियो भने कलाकार दिपु मगरले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा बिद्यालयको आर्थिक ब्यबस्थापन उपसमितिका संयोजक गेम बहादुर थापाले समेत शुभामना मन्तव्य ब्यक्त गर्नु भएको थियो ।