३० असार, तिलत्तोमा
लायन्स कल्ब अफ भलवारी सिटीको आयोजनामा रुपन्देहीको तिलोत्तमा–१०, स्वर्गद्वारी रोहिणी घाट सग्रहवा ५०० बिरुवा वृक्षरोपण गरियएको छ ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स कल्ब अन्तराष्ट्रिय जिल्ला ३२५ पी का सेक्रेटरी लायन बिनोद खरेलले वृक्षरोपणको महत्वबारे प्रकाश पार्दै बृक्षारोपणले वातावरण स्वस्थ र सन्तुलित बनाउन सहयोग गर्ने बताउनु भयो। यस्तै विशिष्ट अतिथि तिलोत्तमा वार्ड नं १० का अध्यक्ष गोपाल प्रसाद घिमिरे, तिलोत्तमा वार्ड नं १० का पूर्व वडा अध्यक्ष वैशमुनि थारुले वातावरण स्वच्छ र स्वस्थ बनाउन हरेक घर घरमा बृक्षारोपण गर्न आवस्यक रहेको बताउनु भयो।


उक्त कार्यक्रममा स्थानीय जनप्रनिधि चन्द्रिका नेपाली, रिता चौधरी, देवकी थारु, तिलोत्तमा उद्योग व्यापार संगठनका अध्यक्ष प्रेम घर्ती मगर, लायन्स अन्तर्राष्ट्रिय जिल्ला ३२५ पी एरिया ५ का एरिया चिफ लायन दिपक कौशल, रिजन १७ चिर्यपर्सन लायन श्रवण कुमार थापा खाम्चा, जोन चिर्यपर्सन एम.जे.एफ लायन राकेश गुरुङ, जोन चिर्यपर्सन लायन ई. कृतेश श्रेष्ठ, लायन्स कल्ब अफ लुम्बिनी क्रिवेटिव लेडीकी अध्यक्ष लायन प्रतिमा तिमिल्सिना लगायत स्थानीय टोल विकास संस्था, युवा कल्ब तथा सक्रहवाका स्थानीय बासिन्दाहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमको संयोजन लायन तुलसी थारु र सह–संयोजन लायन अशोक कुमार चौधरीले गर्नु भएको थियो । उक्त वृक्षरोपणमा सदवन, आँप तथा तेजपत्ता र सगुनको बिरुवा रोपण गरिएको थियोे ।
लायन्स कल्ब अफ भलवारी सिटीक वर्ष २०२३–२४ का अध्यक्ष लायन दुर्गा खाम्चा थापाको अध्यक्षता, तथा सचिव लायन राम बहादुर थारुको सञ्चालन तथा कार्यक्रम संयोजक लायन तुलसी थारुले स्वागत गर्नु भएको थियो ।
