३० असार, गैडहवा
किशोर किशोरीहरुको क्षमता र उनिहरुमा आएको परिवर्तनको प्रभाव बारे गैडहवामा अन्तरकृयात्मक कार्यक्रम शनिवार सम्पन्न गरिएको छ। कार्यक्रममा सहभागी वक्ताहरुले सबैभन्दा असुरक्षित र सम्बेदनशिल उमेर समूहका किशोर किशोरीहरुलाई नै समुदायप्रति जिम्मेवार उत्तरदायी बनाउनु सबैभन्दा ठूलो परिवर्तनिय कार्य भएको बताएका छन।

कार्यक्रमका मुख्य वक्ता तथा गैडहवा वडा नं. ८ का वडा अध्यक्ष भुवन बहादुर रानाले सामान्य रुपमा हेरिएका बालबालिका तथा किशोर किशोरीहरु मध्ये समय र परिस्थितिले कसैलाई कुनै समय देशको मेरुदण्ड र कसैलाई असभ्य नागरिक बनाउने बताउनु भयो। आजका हरेक बालबालिकाहरुसंग देशको भविष्य लुकेको हुने भएकोले उनिहरुलाई उचित समयमा उचित स्याहारसंगै शिक्षा दिन आवस्यक रहेको वडा अध्यक्ष रानाले जोड दिनु भयो। सुनगाभा सामुदायिक बिकास केन्द्रले स साना बालवालिका देखि किशोर किशोरीहरुको बिभिन्न समूह निर्माण गरेर तिनै समहूमार्फत समुदायको समस्या पहिचान गर्ने र पहिचान गरिएका समस्याहरुलाई के कसरी समाधान गर्न सकिन्छ भनेर समूहगत छलफलमा सहभागी बनाएर सृजनात्मक कार्य गरेको प्रति आफु कृतघ्न भएको उल्लेख गर्नु भयो।

यस्तै कार्यक्रमका बिशिष्ट अतिथि तथा गैडहवा वडा नं. ९ का वडा अध्यक्ष मिना थापाले गाउपालिकाले पहिचान गर्न नसकेका समुदाय भित्रका अनेकन समस्याहरुको पहचिान गरेर ती समस्याहरुको समाधानका लागि आयोजना गरिएका बिभिन्न कार्यक्रमहरुबाट बालबालिका तथा किशोर किशोरीहरु भित्र अदभुत क्षमता रहको पुष्टि भएको बताउनु भयो। फरक फरक स्थानमा हरेक हप्ता कहिले अभिभावकसंग कहिले समाजका अगुवाहरुसंग त कहिले आफ्नै समूहसंग रहेर समाज रुपान्तरण्का लागि संचालन गरिएका छलफल तथा पैरवी कार्यक्रमहरु निकै प्रभावकारी रहेको उल्लेख गर्दै वडा अध्यक्ष थापाले किशोर किशोरीहरुमाथी सुनगाभाले गरेको लगानी कहिलै खेर नजाने समेत बताउनु भयो।

कार्यक्रममा सुनगाभा सामुदायिक बिकास केन्द्रका कार्यकारी निर्देशक गोपाल बहादुर के.सी.ले बालबालिका भित्र रहेको क्षमतालाई समयमै पहिचन गरेर उनिहरुको ब्यक्तित्व र नेतृत्व बिकास गर्न सके समाजको लागि अमुल्य सम्पत्ती हुने बताउनु भयो। सुनगाभा सामुदायिक बिकास केन्द्रले किशोर किशोरीहरुलाई आफ्नो अधिकार र त्यसको प्रयोग कसरी गर्ने र समाजमा हुने घरेलु हिंसा, लैंगिक हिंसा, बाल विबाह र लागु औषध दुरुपयोग बिरुद्ध कसरी रक्षा कवचको रुपमा आफु उभिने भन्ने बिषयहरुमा समूहगत छलफल गर्न सिकाउदै आएको केन्द्रका कार्यकारी निर्देशक के.सी.ले स्मरण गराउनु भयो।

सुनगाभा सामुदायिक बिकास केन्द्र, कञ्चन रुपन्देहीको सहयोग तथा गैडहवा गाउपालिका वडा नं. ८ र ९ को समन्वयमा सञ्चालन गरिएको कार्यक्रममा वडा नं. ९ का वडा सचिव सुख्खु यादव, जनप्रतिनीधिहरु पुनम सुनार,शान्ता ज्ञवाली, काठमाण्डौ युनिभर्सिटीका सुमन पाण्डे लगायतले समेत बोल्नु भएको थियो। गैडहवा हामी सक्छौ साथी सञ्जालका अध्यक्ष समिक्षा सिंजालीको अध्यक्षता सम्पन्न कार्यक्रममा सम्वाद तथा ग्रेजुएट समूहमा रहेर बिभिन्न कार्यक्रमहरुमा सहभागी भएका ब्यक्तित्व तथा नेतृत्व क्षमताको बिकास गर्दै आएका किशोर किशोरीहरुले गित, कविता, सडक नाटक प्रस्तुत गरेर आ आफ्नो प्रतिभा समेत प्रस्तुत गरेका थिए।

गैडहवा गाउपालिका वडा नं. ९ को वडा कार्यालय परिसरमा भएको कार्याक्रममा हामी सक्छौं साथी सञ्जालका पुजा सुनार र निसा लोधले कार्यक्रम सञ्चालन गर्नु भएको थियो भने अनिसा कुमारी लोधले स्वागत गर्नु भएको कार्यक्रममा सुनगाभा सामुदायिक बिकास केन्द्रका शुसिला क्षेत्रीले कार्यक्रमको सहजिकरण गर्नु भएको थियो।

