टम फाउडी
पिपुल्स डेली अनलाइन, जुलाई १३, २०२३
२०२३ को उत्तर एटलान्टिक सन्धि सङ्गठन– नाटोको शिखर सम्मेलन ११–१२ जुलाई २०२३ सम्म लिथुआनियाको राजधानी भिल्नियसमा सम्पन्न भयो । स्थान कुनै संयोग होइन, लिथुआनिया यसको सबैभन्दा जोशिलो सदस्यहरूमध्ये एक हो, जो चीनसँगको सम्बन्धलाई नष्ट गर्ने बिन्दुसम्म जान पछि परेको छैन । शिखर सम्मेलनमा नाटोको सदस्य नरहेका दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योल र जापानका प्रधानमन्त्री फुमियो किशिदाको उपस्थिति रहेको थियो । निःसन्देह, तिनीहरूको उपस्थितिले संयुक्त राज्य अमेरिकाले नाटोलाई क्षेत्रीय सुरक्षा सङ्गठनभन्दा बाहिर आफ्नै आधिपत्यपूर्ण उद्देश्यका लागि विश्वव्यापी उपकरणमा परिवर्तन गर्ने दिशालाई प्रतिबिम्बित गर्दछ ।
पहिलोपटक १९४९ मा स्थापना भएको, नाटो गठबन्धनको प्रमुख उद्देश्य उदीयमान शीतयुद्धको बिचमा सामूहिक आत्म–रक्षाको माध्यम सुरक्षित गर्नु थियो । दोस्रो विश्वयुद्धबाट युरोपका शक्तिहरू निकै कमजोर भएकाले सङ्गठनले उनीहरूलाई एकअर्काको रक्षा गर्न र संयुक्त राज्यबाट सुरक्षा प्राप्त गर्न अनुमति दियो । नाटो सोभियत समाजवादी सङ्घको नेतृत्वमा रहेको समान स्तरको वार्सा सम्झौताको सन्तुलनको रूपमा खडा रहेको थियो ।
यद्यपि, शीतयुद्धको अन्त्यपछि, नाटोले आफ्नो प्राथमिक उद्देश्य प्राप्त भएको कारणले आफैलाई विघटन गरेन । बरू, अमेरिकाले यसलाई एक वैचारिक सङ्गठनको रूपमा परिवर्तन गर्न थाल्यो जसले अमेरिकी आधिपत्यको माग पूरा ग¥यो । त्यसैले कुनै पनि धम्कीबिना नै गठबन्धनले आफैँलाई विस्तार गर्न थाल्यो र मध्यपूर्व, उत्तर अफ्रिका र सर्बियाजस्ता साना लक्ष्यहरूमा आफ्नो इच्छा थोपर्न थाल्यो । यसो गर्दा, पूर्व वार्सा सन्धिका क्षेत्रहरूमा बारम्बार नाटो विस्तारले सोभियत सङ्घको विघटनपछि रूसी सङ्घसँग रणनीतिक तनाव र शङ्का सिर्जना ग¥यो । ती तनावमध्ये सबैभन्दा निर्णायक असर २०२२ मा युक्रेन द्वन्द्वमा परेको छ, एक विनाशकारी घटना जसले महाद्वीपको सुरक्षा र कल्याणलाई खतरामा पारेको छ ।
तथापि, संरा अमेरिकाले यस द्वन्द्वलाई नाटोको विस्तार गर्न प्रयोग गरेको छ† युद्धको मैदानमा स्थितिलाई बढाएर मस्कोमा ‘रणनीतिक पराजय’ थोप्ने प्रयास गरेको छ र स्वीडेन र फिनल्यान्डको स्वीकृतिसँगै सङ्गठनलाई अझ विस्तार गर्ने लक्ष्य राखेको छ । युक्रेनको सदस्यताको लागि एक मार्गप्रशस्त गर्नको लागि पूर्वमा नाटो विस्तार नगर्ने ओठे सेवा जारी राखेको छ । त्यसो गर्दा, अमेरिकाले सैन्य र सुरक्षाको क्षेत्रमा नाटकीयरूपमा युरोपमा आफ्नो प्रभाव विस्तार गर्न सक्षम भएको छ । यसरी युक्रेन र युरोपका अन्य देशहरूमा जतिसुकै मूल्य चुकाउनु परे पनि शान्ति वार्ताको माध्यमबाट युद्ध अन्त्य गर्ने उनको कुनै मनसाय छैन ।
रणनीतिक टकरावको यस सन्दर्भलाई कायम राख्दै, उत्तर एट्लान्टिक क्षेत्रभन्दा पर नाटोको उपस्थिति विस्तार गर्न र चीनलाई लक्षित र समावेश गर्ने लक्ष्यका साथ पूर्वी एसियामा यसलाई सक्रिय सहभागी बनाउने आकाङ्क्षाहरू सार्वजनिक गरेको छ । त्यसैले नाटो शिखर सम्मेलनमा जापान र दक्षिण कोरियाका नेताहरूलाई पनि उपस्थित गराइएको छ । जापानले आफ्नो देशमा नाटोको ‘कार्यालय’ स्थापना गर्ने आशा राखेको छ । यो जस्तो छ, संरा अमेरिकाले नाटकीयरूपमा आफ्नो सैन्य उपस्थिति र प्रणालीमा गठबन्धनलाई तीव्र पार्ने प्रयास गरिरहेको छ । यसले नयाँ ढाँचाहरू सिर्जना गरेको छ । जस्तैः अउकस (AUKS) जबकि फिलिपिन्स, पपुवा न्यु गिनीमा सैन्य अड्डाहरूमा पहुँच विस्तार गर्दै र अगाडि बढेर दक्षिण कोरियामा आणविक पनडुब्बी तैनाथ गर्ने योजना बनाएको छ । यसरी एसियामा प्रभुत्व जोगाउने नाममा चीनलाई लक्षित गरी व्यापक गठबन्धन बनाउन यी सबै समूहहरूलाई ‘बहुपक्षीयकरण’ गर्ने लक्ष्य राखिएको छ ।
पूर्वी एसियामा नाटोको आयात सुरक्षाको दृष्टिकोणबाट संलग्न सबै देशहरूको लागि विनाशकारी हुनेछ । पहिलो, यसले वस्तुगतरूपमा आसियान राज्यहरूको तटस्थतालाई धम्की दिन्छ । दोस्रो, यसले युरोपेली ‘गनबोट’ कूटनीतिको ऐतिहासिक सम्झनाहरूलाई पुनर्जीवित गर्दछ, जसमा चीन र अन्य एसियाली राज्यहरूमा पश्चिमी शक्तिहरूको इच्छा थोप्न सैन्य शक्ति प्रयोग गरिएको थियो ।
तेस्रो, यसले युरोपमा जस्तै संरा अमेरिकाको नेतृत्वमा रहेको वैचारिक गुट निर्माण गर्ने नाममा एसियामा दशकौँको स्थायित्व, साझा विकास, एकता र समृद्धिलाई खतरामा पारेको छ र आफ्नो स्वार्थलाई हाबी गर्न र स्वार्थ पूरा गर्नको लागि विभाजन गर्न खोजेको छ ।
यसरी, युरोपका धेरै देशहरूले युक्रेन द्वन्द्व कुन दिशामा गइरहेको छ, त्यसमा देशलाई सैन्य सहयोगको स्तरका साथै उनीहरूले ऊर्जा मूल्य र मुद्रास्फीतिको सन्दर्भमा भोगेको आर्थिक कठिनाइहरू उल्लेख्य छन् । परिणामस्वरूप गत महिना युरोजोन आर्थिक मन्दीमा प्रवेश ग¥यो ।
नाटोको निरन्तर सुदृढीकरण र द्वन्द्व बढ्दै जानु युरोपको स्वतन्त्रता र रणनीतिक स्वायत्तताका लागि चुनौती हो । त्यसकारण, संरा अमेरिकाले प्रायः यस्ता शिखर सम्मेलनहरूमा अनुरूपता र एकताको छविको माग गरे पनि विशेषगरी युक्रेनका लागि आफ्नो दृष्टिकोणलाई धक्का दिनुले वास्तविकता यसबाट टाढा रहेको प्रस्ट छ । तसर्थ, एसिया–प्रशान्त क्षेत्रमा यो मोडेल निर्यात गर्नेप्रति यस क्षेत्रका देशहरू सावधान हुनुपर्छ । यसले शान्ति र सुरक्षा ल्याउनेछैन, बरू उल्टो परिणाम ल्याउनेछ ।
(टम फाउडी पूर्व एसियामा मुख्य ध्यान केन्द्रित गरिरहेका राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धका ब्रिटिश विश्लेषक हुन् ।)
यो आलेख अनलाइन मजदुरमा प्रकाशित छ।