२५ असार, कञ्चन
रुपन्देहीको कञ्चन गाउपालिकाको एकमात्र बिज्ञान संकाय संचालन भएको लुम्बिनी ज्ञाननिकेतन माध्यमिक बिद्यालयले शैक्षिक सत्र २०७९ मा एस ई ई उत्तिर्ण बिधार्थीहरुलाई सम्मान गरेको छ।
एस ई ई उत्तिर्ण बिधार्थीहरुलाई सम्मान गर्दै बिद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद शर्माले हरेक बिधार्थीहरुको सफलतामा शिक्षक र अभिभावक बाहेक अरु कसैमा पनि बढी खुशी नदेखिने बताउनु भयो । आफुले पढाएको र आफ्नो बिद्यालयमा अध्ययन गरेको बिधार्थीले राम्रो अंक लिएर उत्तिर्ण हुदा सबैभन्दा बढी खुशी शिक्षक नै हुने र आफ्नो बिधार्थीहरुको सुरक्षित र सुनिश्चित भविष्यको लागि अभिभावक र शिक्षक बढी चिन्तित हुने प्रधानाध्यापक शर्माले बताउनु भयो।


बिधार्थीहरुलाई बधाई तथा आगामी शैक्षिक यात्राको लागि शुभकामना दिदै बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लेकराज पौडेल(गणेश)ले कम अंक ल्याउदैमा कुनै चिन्ता गर्नु नपर्ने तर कक्षा ११ र १२ को अध्ययनलाई अझ मेहनतका साथ अगाडी बढाउन सके भविष्य सुन्दर रहेको बताउनु भयो। निरासालो हरेक सफलतालाई अवरोध गर्ने भएकोले बांकी समय र शैक्षिक यात्रालाई आशातित बनाउन समेत अध्यक्ष पौडेलले सुभकामना ब्यक्त गर्नु भयो।

कार्यक्रममा बिधार्थी पवन सुवेदी, शिक्षक अर्जुन अधिकारी, लेखकला भट्टराई, स्थानीय सञ्चारकर्मी जगी लाल थापा लगायतले कुनै पनि अध्ययनलाई जागिर र बैदेशिक यात्राका लागि नभई शैक्षिक रुपमा अव्वलता कायम गर्नु पर्छ र मेरो शैक्षिक योग्यताले समाज रुपान्तरण कुनै एक इटा थपोस भन्ने सोंचका साथ अगाडी बढाउनु पर्नेमा जोड दिनु भयो। पढ्दै गर्दा आफ्नो क्षमता अनुसार काम गर्नु,रोजगारी श्रृजना गर्नु वा सिपको उपयोग गर्नु समाजका लागि उदाहरणिय कार्य बनाउदै जानु पर्ने समेत वक्ताहरुले जाृड दिनु भएको थियो।

बिद्यालयका सहायक प्रधानाध्यापक बालकृष्ण पराजुलीले स्वागत गर्दै बिद्यालय तहको शिक्षा अध्ययन गर्न पढिरहेको बिद्यालय वा गाउ नै छोड्नु नपर्ने उल्लेख गर्दै यस बिद्यालयमा अध्ययन गरेर उच्च शिक्षा हासिल गरेका धेरै बिधार्थीहरुले बिद्यालय, अभिभावक र यो समाजको नामलाई रोशन गरिरहेको समेत बताउनु भयो।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लोकराज पौडेलको अध्यक्षता तथा शिक्षक एकराज ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो। उक्त बिद्यालयमा कक्षा ११ र १२ मा बिज्ञान, ब्यबस्थापन र शिक्षा संकाय अन्तर्गतका बिषयहरुको पठनपाठन हुदै आएको छ। यस शैक्षिक सत्रमा त्यस बिद्यालयबाट १०० जना बिधार्थीहरुले एस ई ई परीक्षामा सहभागी भएका थिए।
