१६ असार, कञ्चन
रुपन्देहीको कञ्चन गाउपालिकाको १४ औं गाउसभामा फरक दृश्य देखियो। सभाका २२ जना सभासदहरुले एक साथ ताली बजाउदा उपाध्यक्ष मौसमी थापा मगरले प्रस्तुत गर्नु भएको बजेटको पुर्ण रुपमा अस्विकार गर्दै वडा नं. ५ का जनप्रतिनीधि यथास्थानमा उभिए ।
बिशेषगरी आगामी बर्ष २०८०/०८१ को बार्षिक बजेट बनाउदा वडा नं. ५ का जनप्रतिनीधिहरुसंग कुनै सल्लाह र समन्वय नगरेको, मनोनित भई कार्यपालिका सदस्य भएकालाई वडा नं. ५ को प्रतिनीधिको रुपमा लिएर निर्वाचित जनप्रतिनीधिहरुलाई बेवास्ता गरिएको, रोपाई शुरु हुने बेलासम्म किसानहरुका लागि रासायनिक मल सहज रुपमा उपलब्ध गराउन कुनै पहल नगरेको लगायत बिषयमा बिमत्ती जनाई सभा बहिस्कार गर्ने समेत चेतावनी दिएका थिए।

वडा अध्यक्ष कुल प्रसाद पौडेलले वडा नं. ५ का जन निर्वाचित जनप्रतिनीधिहरु बिष्णु थारु, रुम बहादुर पुन, मिना बि.क. सुनारले शुन्य समय र बिशेष समय लिई राख्नु भएको समसामयिक बिषयमाथी सम्बोधन गरिनु पर्ने र यदि बेवास्ता गरे सभामा बस्नुको कुनै औचित्य नहुने भन्दै वडा नं. ५ का जनप्रतिनीधिहरु बिरोध स्वरुप सभास्थानबाट उठेका थिए।

सभामा उपाध्यक्ष थापा मगरले प्रस्तुत गर्नु भएको विनियोजन बिधेयक २०८०, आर्थिक बिधेयक २०८०, लेखा समितिका संयोजक हरि नारायण थारुले प्रस्तुत गर्नु भएको लोखा समितिको कार्य सम्पादन सम्बन्धी कार्यविधिी २०८०, कार्यापालिका सदस्य तथा प्रवक्ता चित्र तुलाचनले प्रस्तुत गर्नु भएको खानेपानी र सरसफाई तथा स्वच्छता सम्बन्धमा ब्यबस्था गर्न बनेको बिधेयक २०८०, कार्यपालिका सदस्य कुमारी घर्ति मगरलदे प्रस्तुत गर्नु भएको कञ्चन गाउपालिकाबाट प्राप्त हुने ब्यक्तिगत र संस्थागत आर्थिक सहयातालाई ब्यबस्थित गर्न बनेको बिधेयक २०८० र गाउापालिका अध्यक्ष नवराज ढकालले प्रस्तुत गर्नु भएको आ।व। २०८०/८१ को बार्षिक नति तथा कार्यक्रम २०८० बहुमतले अनुमोदन गरेको थियो।

सभाध्यक्ष नवराज ढकालले सभासदहरुले उठाएका बिषयमा थप छलफल र आवस्यक सम्बोधन गरिने भन्दै पटक पटक बस्न आग्रह गरे पनि आफ्ना सदस्यहरुले उठाएको बिषयमा चित्तबुझ्दो जवाफ नआएको भन्दै सभा अवधीभर उठेरै बिरोध भइरहे पछि सभाध्यक्ष ढकालले अनिश्चित समयका लागि सभा स्थगन गर्नु भएको थियो। सभामा उपाध्यक्ष मौसमी थापा मगरले ५१ करोड ३८ लाख ४६ हजार ७१७ रुपैयाको बजेट प्रस्तुत गर्नु भएको थियो।
