१४ असार, कञ्चन
रुपन्देहीको कञ्चन गाउपालिकाको १४ औं गाउासभा सम्पन्न भएको छ। गाउसभाबाट आगामी बर्ष २०८/०८१का लागि उपाध्यक्ष मौसमी थापा मगरले प्रस्तुत गर्नु भएको चालु खर्च तर्फ ३७ करोड ३१ लाख २० हजार ७१७ रुपैया र पुँजीगत खर्च तर्फ १४ करोड ७ लाख २६ हजार गरी ५१ करोड ३८ लाख ४६ हजार ७१७ बराबरको बजेट बहुमतले अनुमोदन गरेको छ।

यसैगरी सभाले असार १० गते भएको दोश्रो बैठकमा उपाध्यक्ष थापा मगरले प्रस्तुत गर्नु भएको विनियोजन बिधेयक २०८०, आर्थिक बिधेयक २०८०, लेखा समितिका संयोजक हरि नारायण थारुले प्रस्तुत गर्नु भएको लोखा समितिको कार्य सम्पादन सम्बन्धी कार्यविधिी २०८०, कार्यापालिका सदस्य तथा प्रवक्ता चित्र तुलाचनले प्रस्तुत गर्नु भएको खानेपानी र सरसफाई तथा स्वच्छता सम्बन्धमा ब्यबस्था गर्न बनेको बिधेयक २०८०, कार्यपालिका सदस्य कुमारी घर्ति मगरलदे प्रस्तुत गर्नु भएको कञ्चन गाउपालिकाबाट प्राप्त हुने ब्यक्तिगत र संस्थागत आर्थिक सहयातालाई ब्यबस्थित गर्न बनेको बिधेयक २०८० र गाउापालिका अध्इक्ष नवराज ढकालले प्रस्तुत गर्नु भएको आ.व. २०८०/८१ को बार्षिक नति तथा कार्यक्रम २०८० बहुमतले अनुमोदन गरेको छ।

सभामा उपाध्यक्ष थापा मगरले प्रस्तुत गर्नु भएको बजेटमाथी गाउँ सभासदहरु बिष्णु थारु, रुम बहादुर पुन, भरतलाल यादव, कार्यपालिका सदस्य कुमारी घर्ति मगर, वडा नं. २ का वडा अध्यक्ष टेक बहादुर गुरुंग, वडा नं. ३ का वडा अध्यक्ष टिकाराम सापकोटा, वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले सुझाव सहितको टिप्पणी राख्नु भएको थियो। यसैगरी सभाको शुन्य समयमा आफ्नो समयसामयिक बिषयमा धारणा राख्दै सभासद बिष्णु थारु र भरतलाल यादवले रोपाईको समय शुरु भएको तर किसानहरुले रासायनिक मल नपाएको, ८० प्रतिशत सिंचाईयुक्त जमिन भनिएको भएको पनि किसानहरुको खेतमा कुनै सिंचाई नपुगेकोले स्थानीय तहले यसको तत्काल बन्दोबस्त गर्नुु पर्नेमा जोड दिनु भएको थियो।

यसैगरी कार्यपालिका सदस्य चित्र तुलाचनले निर्माण व्यबसायी समृद्धि कन्स्ट्रकसनले कञ्चन गाउपालिकाको सडक तथा भौतिक पुर्वाधार बिकास सम्बन्धी निर्माणको ठेक्का लिएको भएपनि कुनै पनि योजना पुरा नगरी अलपत्र पारिरहेको अवस्थामा उक्त निर्माण कम्पनीलाई कार्वाही गर्नु पर्नेमा जोड दिनु भएको थियो।
