५ असार, कञ्चन
रुपन्देहीको कञ्चन गाउपालिकामा बैदेशिक रोजगारबाट बिभिन्न सिप र दक्षता हासिल गरी स्वदेश फर्किएका युवाहरुका लागि स्वदेशमै उद्यमशिलता तर्फ आकर्षित गर्ने उद्धेश्यका साथ उद्यमशिलता तथा वित्तिय साक्षरता सम्बनधी तालिमको मंगलवार समापन गरिएको छ।गत जेठ २९ गते देखि शुरु गरिएको तालिममा सहभागी ५१ जना युवाहरुलाई उद्यमशिल बनाउन अनुदान स्वरुप जनही ३५ हजार रुपैया बराबरको सामग्रीहरु प्रदान गरिएको छ।


तालिम समापन तथा अनुदान सामग्री प्रदान गर्दै गाउपालिकाका अध्यक्ष नवराज ढकालले बैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई उनिहरुको सिप, क्षमता र दक्षताको आधारमा स्वदेशमै उद्यम गर्न चाहने युवाहरुलाई प्रोत्साहन गर्न गाउपालिकाले अनुदान स्वरुप युवाहरुको योजनाको आधारमा बिभिन्न सामग्री प्रदान गरिएको बताउनु भयो। कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष ढकालले तालिममा बैदेशिक रोजगारबाट फर्कएका युवाहरुमा भएको सिपलाई कसरी र कुन क्षेत्रमा लगानी गर्ने, योजना निर्माण र त्यसको वित्तिय ब्यबस्थापन कसरी गर्ने र कुनै ब्यबसाय सञ्चालन गर्नु पुर्व कानुनी प्रक्रिया के कसरी अपनाउने भन्नेबारे सिपहरुको प्रशिक्षण दिइने बताउदै सिपको एकिकरण गरी र उद्यमशिलताको बिकास गरी रोजगारको श्रृजना गर्नु गाउपालिकाको मुख्य योजना भएको उल्लेख गर्नु भयो।

कार्यक्रममा कञ्चन गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सागर गौतमले गाउपालिकाले उपलब्ध गराएको सहयोग र बैदेशिक रोजगारमा जाँदा लिएको अनुभव र सिकाईको अधिक्तम प्रयोग गरेर स्वदेशमै स्वरोजगार बनेर थप रोजगारदातको रुपमा आफुहरुलाई बिकास गर्न आग्रह गर्नु भयो। मेहनत र सिपको सदुपयोग गर्ने कुनै पनि ब्यक्तिले कामका लागि कसैसंग हात जोड्न नपर्ने उल्लेख गर्दै प्रमुख प्रशासकिय अधिकृत गौतमले जिवन गुजाराको लागि मात्र नभई उद्यमशिल बन्न आवस्यक रहेको बताउनु भयो।

५ दिने तालिमको बिषय बस्तु तथा औचित्यताबारे जानकारी दिदै गाउपालिकाका उपाध्यक्ष तथा पुनः एकिकरण कार्यान्वयन समितिका संयोजक मौसमी थापा मगरले घरको आर्थिक अवस्थाका कारण बैदेशिक रोजगारमा जान बाध्य भई बैदेशिक रोजगारको क्रममा प्राप्त गरेका सिप र ज्ञान तथा दक्षताको अनुभवलाई स्वदेशमै प्रयोग गरेर स्वदेशमै रोजगारको श्रजना गर्न प्रोत्साहन गर्ने उद्धेश्यका साथ तालिम सञ्चालन गरिएको बताउनु भयो। बैदेशिक रोजगारको क्रममा प्राप्त ज्ञान र सिप तथा अनुभवहरुलाई प्रयोग गरी स्वरोजगार भई आत्मनिर्भरताका लागि आधार बनाउन र युवाहरुको चाहना र रुची अनुसारको योजना अनुरुप उद्यम गर्न चाहने युवाहरुको लागि गाउपालिकाले अनुदान समेत दिने उपाध्यक्ष थापा मगरले बताउनुभयो।
कार्यक्रममा कञ्चन गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष हरिनारायण थारुले आफुले बैदेशिक रोजगारमा जाँदाको अनुभव र सिप बिना बैदेशिक रोजगारमा जाँदा आफुले पाएको समस्याका बारेमा युवाहरुका बिच अनुभव बताउनु भयो। बिदेशमा जानु परेपनि सिप सिकेर बिदेश जानु पर्ने बताउदै वडा अध्यक्ष थारुले बैदेशिक रोजगारको क्रममा सिकेका सिपहरुलाई स्वदेशमै उपयोग गरी आफु स्वरोजगार समेत भएर थप रोजगारको श्रजना गरेर रोजगारदाताको रुपमा स्थापित हुन सकिने वडा अध्यक्ष थारुले बताउनु भयो।

ईश्वरी ज्ञवाली, सन्तोष गैरे, कल्पना कार्की, गिरीराज अर्याल, चन्द्रमणी घिमिरे, भुमिका तरामुले तालिममा सहजकर्ताको रुपमा सहजिकरण गर्नु भएको तालिमको समापन कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष ट्क बहादुर गुरुंगले समेत बोल्नु भएको थियो।
