२५ पुस,कञ्चन
नेपाली काङ्ग्रेसको केन्द्रिय सर्कुलर अनुसार ३३०ओटै निर्वाचन क्षेत्रमा ओली को गैर सम्मैधानिक तरिकाले बिधि र पद्धति मिचेर संम्बिधानको भावना र मर्म बिपरित गरिएको प्रतिनिधि सभाको बिघटनको बिरोध सभा कञ्चनको हात्ती बजारमा सम्पन्न भएको छ।
बिरोध सभामा नेपाली कांग्रेस रुपन्देही जिल्ला उपसभापति फणिन्द्र शर्माले फुटेको नेकपा संग भन्दा एक ढिक्का भएको नेकपासंग नेपाली कांग्रेसले चुनाबी प्रतिस्पर्धा गर्न चाहेको बताएका छन। उनले भने नेकपाहरु राज्यको श्रोत साधनमा ब्रम्हलुट गर्न एक भएको र भागबण्डा नमिले पछि घरभित्रै एकले अर्कालाई दोष देखाएर पार्टी बिभाजनमा गएको बताए।
यस्तै विशिष्ट अतिथि बिष्णु पोख्रेलले बिगतका चुनाबहरुमा कसैको पनि बहुमत प्राप्त नभएकै कारण नेकपालाई जनताले मत दिएर ठुलो दल बनाएको तर नेकपाले बहुमतको सदुपयोग गर्न नसक्दा देश र जनताले झन ठुलो नोकसान ब्यहोर्नु परेको बताए। सैद्धान्तिक र बैचारिक एकता नगरेर ठुलो हुनको लागि गरिएको एकताले नेकपा र नेकपालाई बिश्वास गरेका जनताहरुले दुख पाएकै कारण आज नेपाली कांग्रेस प्रति जनलहर बढेको बताए।
अर्का नेता सुनिल मरासिनीले संसदिय ब्यबस्थामा प्रमुख प्रतिपक्ष दल शालिन र भद्र प्रतिपक्षको रुपमा रहेर बहुमत सिद्ध सरकारलाई जनताले दिएको अभिमत बमोजिम ५ बर्ष सम्म सरकार संचालन गर्न दिनु बिश्वको संसदिय ईतिहासमा पहिलो घटना भए पनि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सदुपयोग गर्न नसक्नु जनता प्रति ठुलो धोका भएको बताए।
नेपाल महिला संघ,जिल्ला समिति सदस्य लक्ष्मी थारुले पटक पटक प्रधानमन्त्रि,उप प्रधानमन्त्रि तथा मन्त्री भईसकेका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कुनै पनि नेताहरुमा अनुशासन र सभ्य बोली नभएको र उनिहरुले एकले अर्कालाई आलोचना गरिरहदा कुनै पनि सभ्य र अनुशासित श्रोता र दर्शकहरु एकक्षण पनि बस्न नसक्ने बताए।नेकपाका नेताहरुमा बोली कुनै ठेगान नभएको,एकले अर्कालाई कटाक्ष गर्दा जुन शिष्टता अपनाउनु पर्ने हो त्यो कसैमा नहुनु नेपाली जनताको लागि दुर्भाग्य भएको बताउदै नेतृ थारुले नेकपाका पद,पैसा र भ्रष्टचारका लागि भएको घर झगडाकै कारण संबिधानमै नभएको ब्यबस्था बिपरित संसद बिघटन गर्ने केपी ओली जनघाती प्रधानमन्त्री भएको आरोप लगाए।
नेपाली कांग्रेस गैडहवा गाउपालिकाका सभापति सत्य नारायण पथिकको स्वागत,चित्र तुलाचनको संचालनमा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा),राष्ट्रिय जनमुक्ति पार्टी लगायत परित्याग गरि करिब २ सय स्थानिय नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा पर्बेश गरेका छन। नेपाली कांग्रेस क्षेत्र नं.५(क)का सभापति राम बहादुर थापाको सभापतित्वमा भएको कार्यक्रम कञ्चन -१,हात्ती बजारमा भएको थियो।