२० पुष,रुपन्देही
जिवनभर राजनिती गरेर पनि स्थानिय तहको वा सदस्य हुन समेत त्यही पार्टीको गुलाम गर्नु पर्ने गलत र घृणित संस्कारको अन्त्यका लागि जनमत पार्टी हरेक जनताको घरदैलोमा आइसकेको जनमत पार्टीका केन्द्रिय सदस्य अब्दुल खानले बताउनु भएको छ। सो कुरा जनमत पार्टी गैडहवा गाउ कार्य समितिको प्रथम अधिबेशनको क्रममा सहभागीहरुलाई सम्बोधन गर्ने क्रममा बताउनु भएको हो ।
गैडहवा ३ मा रहेको जनजागृति माध्यमिक बिधालय परिसरमा भएको कार्यक्रममा केन्द्रिय सदस्य खानले मधेस र मधेसी जनातको नाममा आज सम्मका सबै शासक दलहरुले राजनिती गरेर सत्तामा जाने भर्यांग बनाएको र सत्तामा पुगेपछि मधेस र मधेसी जनताका सामु गरेका बाचा र मुद्धाहरु सबै बिर्सिने गरेको हुदा ती मधेसी दल र तिनका नेता मधेसी जनताका लागि गद्धार भएको आरोप लगाउनु भएको छ। राजनिती गर्नुको अर्थ देश र जनताको पक्षमा काम गर्नु र देशमा आमुल परिबर्तन गर्नु हो, जनतामा सरकार रहेको अनुभुति गराउनु हो तर अहिले सम्म हरेक राजनैतिक दल र तिनका नेतृत्वहरुले जनता र स्थानिय तहका कार्यकर्ताहरुलाई सत्तामा जाने र जनताले तिरेको करको दुरुपयोग गर्दै असंबैधानिक र गैरकानुनी रुपमा राज्यको ढुकुटी दोहन गर्दै आइरहेको केन्द्रिय सदस्य खानले आरोप लगाउनु भएको थियो ।
केन्द्रिय सदस्य खानले मधेसको बिकासको मुटु ठानिएको हुलाकी सडकको स्तरउन्नती नगरेर महेन्द्र राजमार्ग निर्माण गर्ने बहानामा मधेसीहरुको मौलिकता र मधेसीहरुलाई बिस्थापित गर्न राजा महेन्द्रले पहाडियाहरुलाई ल्याएर बस्ती बसालेको समेत आरोप लगाउनु भएको छ। जनता समाजवादी पार्टीका नेता भनिएका उपेन्द्र यादव,महन्थ ठाकुर,डा.बाबुराम भट्टराईहरु मधेसको नाममा बहुरुपी अनुहार भएका मधेसी जनताहरुलाई बर्षौं देखि ठग्दै आइरहेका ठगहरु भएको र सत्तामा पुगेपछि जनता सामु मैले के बोले,के बाचा गरे भन्ने बारे भुल्ने गरेकै कारण मधेस र मधेसी जनताको सच्चा र इमान्दार पार्टीको रुपमा डा. सि.के. राउटको नेतृतवमा रहेको जनमत पार्टी आंधी तुफानको रुपमा आएको र उक्त आंधी तुफानले भ्रष्ट,ठग र बहुरुपी शासक दलहरुको पत्तासाफ गर्ने चेतावनी समेत दिनु भएको छ।
समसामयिक बिषयमा धारणा राख्दै केन्द्रिय सदस्य खानले प्रधानमन्त्री के.पी. ओली र राष्ट्रपति बिधादेबी भण्डारीले बिधिको शासन ब्यबस्था संचालन नगरी जसरी घरमा लोग्ने र श्रीमतीले घर ब्यबहार चलाउदा परिवारका सबै सदस्यको चित्त बुझाउन नसकेर घर फुटाले झैं संसद बिघटन गरेर देशमा जनप्रतिनीधि बिहिन बनाएर राखेको आरोप लगाउनु भएको छ।
यस्तै अर्का केन्द्रिय सदस्य भोपेन्द्र यादवले जव सम्म मधेश र पहाड बिचको भेद अन्त हुदैन तव सम्म पहाडिया राज्य ब्यबस्थामा बर्षौं देखि अन्याय र अत्याचारमा पर्दै आएका उत्पिडित मधेसी,दलित,जनजातीहरुको हित नहुने तथा उनिहरुले न्याय कहिल्यै नपाउने बताउनु भएको छ। पहाडिया राज्य ब्यबस्थाको अन्त्य गरी यो देशका सबै जाती भाषा धर्म र संस्कृतिको बिकास गर्नको लागि हरेक सम्प्रदायले समानताको अनुभुत गराउने राज्य ब्यबस्था निर्माणको लागि जनमत पार्टीको उदय भएको बताउनु भएको छ।
नेपाली कांग्रेस,नेपाल कम्युनिष्ट पार्टी(नेकपा),जनता समाजवादी पार्टी लगायत बिभिन्न दलहरु परित्याग गरी जनमत पार्टीमा प्रबेश गर्ने कार्यक्रम रहेको गैडहवा गाउ कार्य समितिको प्रथम अधिबेशनले राधेश्याम केवटको अध्यक्षतामा २९ सदस्यिय नया कार्य समिति गठन गरेको जनमत पार्टीका रुपन्देही जिल्ला सह संयोजक चन्द्र शेखर सुनारले जानकारी दिनु भएको छ। त्यस्तै अधिबेशनले उपाध्यक्षमा लालजित कोहांर,सचिवमा सिकन्दर कुर्मी,सह सचिवमा शिवलाल यादव र कोषाध्यक्षमा लाल बहादुर केवट निर्वाचित गरेको छ।
यसैगरी सदस्यहरुमा अर्जुन प्रसाद हरिजन,राज कुमार बरई,कमाल लोध,अकवाल धुनिया,प्रदिप पाण्डे,रामबृक्ष कहाँर,राधेश्याम लोध,राधेश्याम मौर्या,श्रीराम कलवार,बिधावती धोवी,फुलमती यादव,रामरती बढई,सन्तरानी थारु र प्रेम कुमारी चौधरी निर्वाचित भएका छन भने वडा समितिका अध्यक्षहरु पदेन सदस्य रहने पार्टीको बिधान अनुसार सफीउल्फा मुसलमान,राममिलन यादव,नरसल यादव,रामु कुर्मी,सूर्यकान्त मुराव,मुरली कुर्मी,धर्मराज कोहाँर,राजकुमार लोध र राम बहादुर लोध पदेन सदस्यको रुपमा मनोनित सदस्य रहेको जिल्ला सह संयोजक चन्द्र शेखर सुनारले जानकारी दिनु भएको छ।
गैडहवा गाउ कार्य समितिका संयोजक सन्तराम कुर्मीको अध्यक्षतामा सम्पन्न भएको अधिबेशनमा जिल्ला संयोजक रामकेश गुप्ता,जिल्ला समिति सदस्य निधीलाल असान(केवट)लगायतले मधेसी जनता,हिन्दु,मुसलमान,दलित,जनजाती,उत्पिडित समुदायको आसाको धरोहर जनमत पार्टी भएको र अव कुनै पनि शासक दलहरुको लोभ लालज,गुलामीबाट बाहिर निस्की जनमत पार्टीमा आवद्ध हुन आग्रह गरेका थिए ।जिल्ला सह सचिव कृष्ण कोहारले कार्यक्रम संचालन गर्नु भएको थियो ।