२१ जेठ, कञ्चन
रुपन्देहीको कञ्चनमा जातीय भेदभाव तथा छुवाछुत उन्मुलनको १८ औं राष्ट्रिय दिवसको अवसरमा जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि जनप्रतिनिधि तथा सरोकार वालाहरुको भुमिका विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ। कार्यक्रममा बोल्ने वक्ताहरुले जातिय छुवाछुत अन्त्य बोली र कागजमा उल्लेख गरेर भन्दा ब्यबहारमा लागु गर्न सक्नु पर्ने बिचार ब्यक्त गरेका छन।
गाउपालिकाका अध्यक्ष नवराज ढकाल
कञ्चन गाउपालिकाको आयोजनामा भएको कार्यक्रममा गाउपालिकाका अध्यक्ष नवराज ढकालले बर्ण र जातको आधारमा भन्दा पनि उसले समाजमा देखाउने ब्यबहारले उसको जातिय पहिचान निर्धारण गर्ने बताउनु भयो। समाजमा चेतनास्तर बृद्धि नभएसम्म जातिय विभेद अन्त्य नहुने भन्दै आफुलाई शिक्षित भन्नेहरुले नैतिकता कायम गर्ने हो भने समाजमा हुने हरेक बेथितिको अन्त्य स्वस्फुर्त हुने अध्यक्ष ढकालले बताउनु भयो। यसैगरी उपाध्यक्ष मौसमी थापा मगरले विभेदको भावना मनबाटै नहटाएसम्म हरेक क्षेत्रमा हुने गरेको हरेक बिभेदहरु जिवित भइरहने बताउनु भयो। छुवाछुत जस्तो बिभेद भन्दा समाजमा पहुँचको आधारमा हुने बिभेदको दुरी अझ धेरै बढ्दै गइरहेको उपाध्यक्ष थापा मगरले बताउनु भयो।
उपाध्यक्ष मौसमी थापा मगर
वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले थरका कारण छुवाछुत र बिभेदमा परेका हरेक समुदायले नामको पछाडी लेखिने थरको परिवर्तन गर्न आवस्यक रहेको बताउनु भयो। राज्यको हरेक अधिकार र पहुँचबाट पिछडिएका वर्गहरुको साझा संगठन दलित भएकोले दलित छुट्टै जात नभएको पनि वडा अध्यक्षले जिकिर गर्नु भयो।
अधिवक्ता गौमती सुनार
कार्यक्रममा सुनगाभा सामुदायिक बिकास केन्द्रका सचिव तथा महिला नेतृ हिमा बेलवासेले उच्च र निच भन्ने कुरा जात र धर्मले नभई उसले अवलम्बन गर्ने ब्यबहारले निर्धारण गर्ने बताउनु भयो। दिदिबहिनी महिला बचत तथा ऋण सहकारी संस्थाका सदस्य कमला बि.क.ले समाजलाई बिभिन्न जात जातीको आधारमा बिभेद गर्ने मुख्य कारण आफुलाई हिन्दु धर्मको पक्षपोषण गरी आफुलाई उच्च जाती ठान्नेहरु नै भएको दावी गर्नु भयो।
कार्यपालिका सदस्य कुमारी घर्ति मगर
यदि मन्दिर भित्र पसेर पुजा गर्न दिएको भए, भाषणमा भन्दा ब्यबहारमा छुवाछुतको अन्त्य गर्ने प्रयास गरेको भए सायद तल्लो दर्जाको रुपमा महसुस गरेका उत्पिडित समुदायले बिभेदमा परेको अनुभुत नै नगर्ने बताउदै कमला बि.क.ले क्षमताको आधारमा अवसर र राज्यको हरेक निकायहरुमा पहुँको अधिकार स्थापित गर्न सकेमात्र बिभेदको अन्त्य हुने जिकिर गर्नु भयो।
महिला नेतृ हिमा बेलवासे
अधिवक्ता गौमती सुनारले समाजमा बिकसित छुवाछुत तथा अनेकन बिभेदहरुको अन्त्यका लागि देशको संबिभान, ऐन र कानुनमा उल्लेख गरिएका बिषयबस्तुहरुको बारेमा बताउदै कुनै जात धर्म, बर्णको आधारमा हुने बिभेद हदैसम्मको दण्डनिय हुने बताउनु भयो। यसैगरी सहभागीहरुको तर्फबाट अनमोल वि.क. र असिमबावु विश्वकर्मा आफुलाई दलित ठान्ने र म छुवाछुतको सिकार भएको छु भन्नेहरुले नै आफुभित्र भएको दलित सोंचको अन्त्य नभएसम्म जसले जे कुरा गरेपनि, कानुमा जे उल्लेख भएपनि त्यसको अन्त्य नहुने बताउनु भयो।
दिदिबहिनी महिला बचत तथा ऋण सहकारी संस्थाका सदस्य कमला बि.क.
कार्यक्रममा वक्ताहरुले दलितको नाममा समाजका केही टाठाबाठा दलित अगुवाहरुले फाइदा लिइरहेको टाठाबाठा दलितहरुले पछाडी पारिएका दलितहरुलाई सकेसम्म नेतृत्व र उनिहरुको व्यक्तित्व बिकासमा अगाडी बढ्न नदिएको यथार्थतालाई पनि भुल्न नुहने र टाठाबाठा दलितको चुरीपुरीलाई नतोडेसम्म समाजमा बिभेद र छुवाछुतको अन्त्य नहुने बताउनु भयो।
सामाजिक बिकास समितिका संयोजक तथा प्रवक्ता चित्रलाल तुलाचन
कार्यक्रमको अध्यक्षता गर्दै सामाजिक बिकास समितिका संयोजक चित्रलाल तुलाचनले पछाडी पारिएका समुदायहरुका नयाँ पुस्ताहरुले शिक्षामा जोड दिनु पर्ने बताउनु भयो। अनेकन बिभेदहरुबाट प्रताडित समुदायमा शिक्षा अनिवार्य हो र परिवर्तनको मुख्य श्रोत शिक्षा महत्वपुर्ण पक्ष हो भन्ने कुरालाई आत्मसाथ नगर्दासम्म कागजमा लेखिएका कानुनहरु कागजी खोस्ता सावित हुने बताउदै गाउपालिकाका प्रवक्ता समेत रहनु भएका तुलाचनले अवको पुस्ताले शिक्षालाई महत्व दिनु पर्नेमा जोड दिनु भयो।
सहभागी अनमोल वि.क.
कञ्चन गाउपालिकाको सभाहलमा भएको कार्यक्रममा स्वागत गर्दै कार्यपालिका सदस्य कुमारी घर्ति मगरले समाजमा जात र वर्णका आधारमा पछाडी पारिएका उत्पिडित समुदायहरुले १० बर्षे जनयुद्ध पछि बिभिन्न जातिय बिभेद तथा छुवाछुतका बिरुद्ध आवाज उठाउन सक्ने भएको बताउनु भयो। जनयुद्धको उपलब्धी भनेको राज्यको हरेक अंगहरुमा आफ्नो पहुँच स्थापित गर्नबाट बञ्चित दलित, उत्पिडित र समुदायहरुले राज्यसंग आफ्नो अधिकारका लागि संघर्ष गरी गर्ने हिम्मतको बिकास भएको कार्यपालिका सदस्य घर्ति मगरले उल्लेख गर्नु भयो।
सहभागी असिमबावु विश्वकर्मा
अधिबक्ता गौमती सुनारले सहजीकरण गर्नु भएको भएको अन्तरकृया कार्यक्रममा नेकपा माओवादी केन्द्रका हस्त बहादुर सावँरले समेत बोल्नु भएको थियो भने कञ्चन गाउपालिकाका सहायक महिला बिकास निरीक्षक राधा भट्टराइले कार्यक्रम सञ्चालन गर्नु भएको थियो।
सहायक महिला बिकास निरीक्षक राधा भट्टराइ
कार्यक्रममा सहभागीहरु