१८ पौष,हरि घिमिरे
नेपाल शिक्षक संघ कपिलवस्तुले शिक्षक महासंघका केन्द्रीय कार्यसमिती अध्यक्ष बाबुराम थापा मार्फत नेपाल सरकारलाई शुक्रवार ज्ञापन पत्र बुझाएको छ । नेपाल शिक्षक संघ कपिलवस्तुले उक्त ज्ञापन पत्र एक कार्यक्रमका विच बाणगंगा नगरपालिका जितपुरमा पेश गरिएको हो । शिक्षक तथा कर्मचारीहरुको विगत लामो समय देखि रहि आएका पेशागत समस्याहरु समाधान गरि सन्तुष्ट शिक्षक, युगानुकूल शिक्षालाई सार्थक बनाउन विभिन्न मागहरु सहित नेपाल शिक्षक महासंघ केन्द्रीय अध्यक्ष मार्फत नेपाल सरकार समक्ष नेपाल शिक्षक संघ जिल्ला कार्य समिति कपिलवस्तुले अध्यक्ष थापालाई ज्ञापन पत्र बुझाएको हो ।
नेपाल शिक्षक संघ,कपिलवस्तुका अध्यक्ष अफाक अहमद् खाँ द्धारा जारि हस्ताक्षर ज्ञापन पत्रमा निम्न कुराहरु माग गरिएको छ ।
१.बाल विकास सहयोगी कार्यकर्तालाई शिक्षक सरह मानी सेवा,सर्त,सुविधा कायम गरि यथाशिघ्र स्थायी प्रक््िरmयामा लगियोस ।
२.विद्यालय सहयोगी र कार्यालय सहायकको दरवन्दि कायम गरि स्वतह स्थायी गरियोस ।
३.राहत शिक्षकहरुको जायज मागहरुको सम्वोधन गरि आन्तरिक प्रक््िरmयावाट स्थायी गरियोस् ।
४. साविक उ.मा.वि.को राहत अनुदानलाई माध्यमिक तहको द्धितीय श्रेणी सरहको दरवन्दी कायम गरि आन्तरिक प्रतिस्पर्धा वाट स्थायी गर्ने व्यवस्था गरियोस ।
५.शिक्षक तथा कर्मचारीको सेवा सुविधा निजामती सरह कायम गरियोस ।
६.एउटै श्रेणीमा निरन्तर १० वर्ष सेवा गरेका शिक्षक कर्मचारीलाई तहगत वढुवा गर्ने व्यवस्था गरियोस ।
७.शिक्षक सेवामा निजामती सरह विशिष्ट श्रेणीको पद कायम गरियोस् ।
८.राहत शिक्षक, स.का.तथा कर्मचारीहरुको विरामी विदा संचित गर्ने व्यवस्था गरियोस् ।
९.वाहिरी जिल्लामा रहेका शिक्षकहरुको सरुवा सम्वन्धमा हाल कायम रहेको झन्झटिलो प्रक््िरmयालाई अन्त्य गरि सहज रुपमा स्थानान्तरण हुने व्यवस्था गरियोस् ।
१०.वालवालिकाको नियमित रुपमा शिक्षा प्राप्त गर्ने अधिकारलाई मध्यनजर गर्दै प्रसुती विदामा रहेका शिक्षिकाहरुको ठाउँमा अर्को शिक्षक अल्पकालिन शिक्षक व्यवस्थापन गर्न विद्यालयमा स्रोतको व्यवस्था गरियोस् ।
११.सिकाई उपलब्धी वृद्धिका लागि प्रति विद्यार्थी लगानी वृद्धि गरियोस् ।
१२.विद्यालय खाजा कार्यक््रmमलाई क््रmमश माध्यमिक तहसम्म लैजाने व्यवस्था गरियोस् ।
१३.नि.मा.तह र मा.वि.तह विचको तलवको असमानतालाई समायोजन गरियोस् ।
१४.माध्यमिक तहमा विषयगत दरवन्दि नारामा मात्र सिमित नगरि अविलम्व कार्यान्वयन गर्ने व्यवस्था गरियोस् ।
१५.प्र.अ.भत्ता अत्यन्त न्यून रहेकोले वृद्धि गर्ने व्यवस्था गरियोस् ।
१६.अपांग शिक्षकलाई घरपायक सेवाको व्यवस्था गरियोस् ।
१७.विद्यालयमा हाल कायम रहेका विभिन्न किसिमका शिक्षकहरुको वर्गिकरण अन्त्य गरि स्थायी शिक्षक मात्र व्यवस्था गर्ने प्रावधान कायम गरियोस् ।
माथि उल्लेखित मागहरु नेपाल शिक्षक संघ केन्द्रीय कार्य समितीले पनि उठाएको र सबै मागहरु पुरा गर्नका लागि शिक्षक संघ र शिक्षक महासंघ लागि परेको संघ,कपिलवस्तुका अध्यक्ष अफाक अहमद् खाँ ले जानकारी दिए । सम्बभत यि सबै मागहरु छिटै पुराहुने संघले अपेक्षा लिएको छ । उक्त कार्यक्रममा शिक्षक महासंघ जिल्ला अध्यक्ष दिना सुवेदी , संघका प्रदेश सदस्य गोविन्द पोख्रेल , जिल्ला अध्यक्ष अफाक अहमद् खाँ ,जिल्ला सचिव विकास बञ्जाडे, नगर अध्यक्ष कुलराज पौडेल लगाएत विभीन्न विद्यालयका प्रअहरु र शिक्षकहरुको उपस्थीति रहेको थियो ।