१ फागुन, कपिलवस्तु
कपिलवस्तु जिल्लाको कृष्णनगरमा नेकपा माओवादी केन्द्र कृष्णनगर नगर कमिटीको आयोजनामा आज २८ औं जनयुद्ध दिवस कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नेकपा माओवादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जाबेद आलम खाँको अध्यक्षता, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य मौलाना मशहूद खां नेपालीको प्रमुख आतिथ्यता साथै नेकपा माओवादी केन्द्र कपिलवस्तु जिल्ला कमिटी सदस्य केशर ओली, नगर उपाध्यक्ष जग नारायण कलवार,प्रहलाद यादव, नूर मोहम्मद खा, तोफेल खा, शबनम खातुन, गीता वर्मा, ज्ञानशीला रैदास, मोहम्मद रहिश लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मौलाना मशहूद खां नेपालीले २८ औं जनयुद्ध दिवसको अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना दिदै जनयुद्धले नै राजतंत्रको अन्त्य भई देशमा गणतंत्र स्थापना भई गरिब, असहाय, जनजाति, आदिवासी, दलित, मधेसी, महिला, मुस्लिम, पिछडिएका वर्ग, सिमान्तकृत, अल्पसंख्यक, लोपन्मुख, उत्पिडत वर्गको हक अधिकार स्थापित भएको बताउनुभएको छ ।
कार्यक्रममा जनयुद्ध दिवसको अवसरमा एक आपसमा शुभकामना व्यक्त गर्दै जनयुद्धमा सहिद भएका प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरिएको तथा घाइतेहरू लाई राज्यले उचित उपाचारको व्यवस्था गर्न माग गरिएको थियो । कार्यक्रममा जनयुद्धको बलिदानी बिर्सन नसकिने बताउदै जनयुद्धको उद्देश्य साकार पार्न आ आफ्नो ठांउबाट सबैले भूमिका खेल्नु पर्ने जोड दिइएको थियो । कार्यक्रममा अब्दुल अजिज, असरफ खान, घनश्याम बढ्ई, जंगली कुर्मी, मन्जूर अहमद, डब्लू गोयल, रेनु शर्मा, मीना देवी कोरी, मुन्ना कोरी, अब्दुल हफिद बेग, जहिर अहमद बरेलवी लगायत नेकपा माओवादी पार्टीका पदाधिकारी, समाजसेवी, बुद्धिजीवी लगायतको उपस्थित रहेका थिए ।