२१ माघ, देवदह
देवदह महोत्सवद्वारा आयोजित सिङ्गिङ्ग तथा डान्सिङ्ग आइडलको अडिसन शनिबार सम्पन्न भएको छ। देवदहको होटल डिभाइन पिसमा भएको अडिसन राउण्डबाट सिङ्गिङ्ग आइडल तर्फ १२ जना कलाकार छनौट भएका छन् भने डान्सिङ्ग तर्फ महोत्सवको सांस्कृतिक उपसमिति संयोजक प्रशान्त गैरेले जानकारी दिनुभयो। सिङ्गिङ्ग आइडल तर्फ अडिसन राउण्डमा सहभागी भएका २८ जना मध्यबाट उत्कृष्ट १२ जनालाई छनौट गरिएको महोत्सवका सिङ्गिङ्ग आइडल संयोजक तेजु अर्यालले जानकारी दिनुभयो । जसमा राज चौधरी, सुरज खाती, स्मृति परियार, मोनिका पाण्डे, मनिष सारू, तिलक घर्ती मगर, आशिक हितांग, स्पर्श अधिकारी, मनिष ज्ञवाली, सोनाली बस्याल, कृतिका पाण्डे र कृष सुनार रहेका छन्। लाईभ म्युजिकमा भएको अडिसनमा तेजु अर्याल, किशोर विक र प्रशान्त गैरे निर्णायक रहनुभएको थियो । रविन परियारको व्यवस्थापन रहेको अडिसनको संचालन ज्योति थापाले गर्नुभएको थियो ।
यता डान्सिङ्ग आइडल तर्फ ३५ जना सहभागी भएकोमा १६ जनाले अडिसन राउण्ड पास गरेको डान्सिङ्ग आइडल संयोजक मोहन गुरुङले जानकारी दिए। जसमा सिवानी कंडेल, रोजिना अधिकारी, सुरिन राना, प्रिन्सेस सोनी, अभिषेक दुरा, सक्रिता ढुंगाना, रमेश बुढा, लक्ष्मी गौतम, विन्दिया सुनार, प्रश्ना मगर, सरश बन्जाडे, स्मृति सुनार, आरोही रौनियार, लिला थापा, सामना कुमाल र सिवानी रेश्मी मगर रहेका छन्। डान्सिङ्ग आइडलको अडिसन राउण्डमा विश्व गुरुङ र शक्ति बोम्रेल निर्णायक रहनुभएको थियो । छनौट भएका गायक र नृत्यकारले उद्योग व्यापार संघ देवदहद्वारा आयोजित सातौं महोत्सव माघ २६ देखि फाल्गुन १० गतेसम्म संचालन हुने देवदह महोत्सवमा प्रतिस्पर्धा गर्ने छन्। उनीहरूलाई दर्शकले दिएको भोटको आधारमा छनौट गर्दै अन्तिममा विजयी घोषणा गरिने छ।