१३ माघ, एजेन्सी ।
बलिउड स्टार शाहरुख खानको फिल्म ‘पठान’ को सुरुवात धमाकेदार भइरहेको छ । फिल्मलाई लिएर फ्यान र समीक्षकहरु निकै उत्साहित देखिएका छन् । बलिउडमा ‘किङ खान’ भनिने शाहरुख खान चार वर्षपछि ठूलो पर्दामा फर्किएका छन् । सिनेमा हलमा पुग्नुअघि नै यो चलचित्र निकै चर्चामा थियो । बुधबार रिलिज भएको चलचित्र ‘पठान’ यो वर्षकै सबैभन्दा धेरै हिट हुने चलचित्र समीक्षकहरुले बताएका छन् । केहीले फिल्मको प्लटको आलोचना गर्दै यसलाई अनावश्यक र हास्यास्पद भनेका छन् तर बाँकी भने शाहरुख खान पर्दामा आफ्नो जादु फैलाउन सफल भएको बताएका छन् । फिल्म समीक्षक शुभ्रा गुप्ताले इन्डियन एक्सप्रेसमा लेखेकी छिन्, ‘बलिउड इज ब्याक । शाहरुख खान इज ब्याक ।’ पठानमा दीपिका पादुकोण र जोन अब्राहम जस्ता स्टार पनि मुख्य भूमिकामा छन् ।
यो फिल्म पठान पात्रको कथामा आधारित छ, जसको भूमिकामा शाहरुख खान छन् । फिल्ममा, पठान एक गोप्य मिशनमा छन् जसको काम एक चरमपन्थी समूहलाई भारतमा आक्रमण गर्नबाट रोक्नु हो । उबतजबलयुट्युबमा फिल्मको ट्रेलर पाँच करोडभन्दा बढीले हेरिसकेका छन् । फिल्म समीक्षक तरण आदर्शका अनुसार यो फिल्म विश्वभर ८ हजार स्क्रिनमा रिलिज भएको हो, जुन बलिउड फिल्मका लागि सबैभन्दा ठूलो ओपनिङ हो । प्रख्यात फिल्म ट्रेड समालोचक कोमल नाहटाले भारतमा पठानको पहिलो दिन ५७ करोडको व्यापार भएको बताए ।
उनले ट्वीट गरेका छन्, ‘यो कुनै पनि हिन्दी फिल्मको सबैभन्दा ठूलो ओपनिङ हो । त्यो पनि जब कुनै छुट्टी थिएन र फिल्मको कुनै सिक्वेल पनि थिएन ।’ चलचित्र हेर्न गएका दर्शकहरुको मिश्रित प्रतिकृया देखिएपनि सामान्यतया चलचित्रबाट मानिसहरु सन्तुष्ट देखिन्थे । एक दर्शकले बीबीसीलाई भने, ‘शाहरुख खानको अभिनय, सलमान खानको एन्ट्री र दीपिकाको उत्कृष्ट नृत्य सबै राम्रो थियो । यो पूर्ण पारिवारिक फिल्म हो जसलाई बालबालिकादेखि वृद्धसम्म सबैले हेर्न सक्छन्।’
अर्का दर्शकले भनेका छन्, ‘फिल्मका सबै संवाद निकै राम्रा थिए र अन्त्यमा यो पनि संकेत दिइएको छ कि सलमान खानको फिल्ममा शाहरुख पनि देखिन सक्छन् ।’ यद्यपि केही दर्शकलाई पटकथा र संवाद मन परेन । यस्तै एक दर्शकले भने, ‘यो औसत फिल्म हो । यसमा मान्छेहरू सुन्दर देखिन्छन् तर फिल्म त्यति सुन्दर बन्न सकेको छैन । कथा, स्क्रिन प्ले राम्रो छैन, असाध्यै छिटो चल्ने फिल्म हो यो ।’ तर, चलचित्रको मागलाई ध्यानमा राखेर थप शोको व्यवस्था गर्नुपरेको सिनेमा हल सञ्चालक बताउँछन् । बुधबार शाहरुख खानले ट्वीट गर्दै उत्तर भारतमा कोभिड–१९ को समयमा बन्द गरिएका २५ सिंगल स्क्रिन सिनेमा हल ‘पठान’ देखाउन पुनः खोलिएको बताए ।
यति मात्र होइन पठानले अग्रिम बुकिङको मामलामा पनि कीर्तिमान बनाएको छ । टिकटिङ प्लेटफर्म बुक माइ शोले समाचार एजेन्सी पीटीआईलाई दिएको जानकारीमा फिल्मलाई दर्शकहरूको प्रतिक्रिया अतुलनीय भएको र सोमबारसम्म १० लाख भन्दा बढी टिकट बुक भइसकेको बताएको छ । अहिलेसम्म फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको छ ।
चलचित्र समीक्षक के भन्छन् ?
शुभ्रा गुप्ता भन्छिन्, ‘फिल्ममा नन–स्टप एक्शन, ग्ल्यामरस स्टारका अलावा विश्वलाई जोगाउन सक्ने नायक पनि मुख्य भूमिकामा छन् । मुटुको धड्कन बढाउनुको साथसाथै यसमा भावुक दृश्य पनि देखिन्छन् ।’ फिल्म समीक्षक दीपाञ्जन पालले लेखेका छन्, ‘रोमान्टिक नायकको ठाउँ अब एक परिपक्व र कठोर व्यक्तिले लिएका छन्, जो परिस्थितिले जुनसुकै हालतमा आफ्नो जिम्मेवारी पूरा गर्न कटिबद्ध छन् ।’
यद्यपि कतिपयलाई फिल्मका केही भागहरू बुझ्न नसकिने र काल्पनिक जस्तो लागेको छ । मिन्ट लाउन्ज अखबारमा उदय भाटियाले यो जासुसी फिल्ममा मनोरञ्जनको अंश यति धेरै रहेको लेखेका छन् कि यो मुर्खताको हदसम्म जाने गरेको बताएका छन्। चलचित्र समालोचक नन्दिनी रामनाथले भनेकी छिन्, ‘फिल्ममा एउटा यस्ते पनि पल आउँछ जब स्टन्ट यति परिचित लाग्छन् कि पटकथासँगै छोड्दै जानुपर्छ र थ्रिल आफैँ खतरामा परेको देखिन्छ ।’ उनले स्क्रोलमा लेखेका छन्, ‘तर जतिबेला पठानमा एक्सन सीन आउँछ र पटकथा लेखक अब्बास टायरवालाको जोडदार डायलग हिरोले बोल्छन् तब फिल्म आफ्नो ट्र्याकमा फर्कन्छ ।’ यो फिल्मलाई लिएर फ्यानहरुको क्रेज पनि कम छैन । सिनेमा हलका धेरै भिडियोमा शाहरुखलाई पर्दामा देखेर फ्यानहरु खुसीले नाच्दै र उफ्रदै गरेको देख्न सकिन्छ ।
उबतजबलज्ञपहिलो दिनमै सय करोड पार
फिल्मको प्रोडक्सन हाउस यशराज फिल्म्सका अनुसार हिन्दी संस्करणको रिलिजले पहिलो दिन ५५ करोड र भारतका अन्य भाषामा २ करोड रुपैयाँ कमाएको छ । जबकि ओभरसिज स्क्रिनिङले ४।५ मिलियन डलर ९लगभग ५८ करोड रुपैयाँ० कमायो । पठानको वर्ल्ड वाइड ओपनिङ डे रेकर्डले सबै हिन्दी फिल्मलाई पछि पार्दै पहिलो दिन १०६ करोड भारु कमाएको थियो । शाहरुख खानका नजिक रहेका फिल्म निर्देशक करण जोहरले सय करोड पार गरेकोमा ‘पठान’को सम्पूर्ण टिमको तारिफ गरेका छन् । रईसमा शाहरुख खानसँग काम गरेका जिशानले लेट नाइट शो हेरे जसमा ९५ दर्शक उपस्थित थिए । उनले भने, ‘जोन अब्राहमले आफ्नो भूमिकामा उत्कृष्ट अभिनय गरेका छन् । सम्पूर्ण टिमलाई बधाई छ ।’ कमल हसनले शाहरुख खानलाई ट्याग गर्दै ट्वीट गरेका छन्, ‘पठानको बारेमा राम्रो रिपोर्ट आइरहेको छ ।’
किन विरोध ?
तर फिल्म सुरुदेखि नै विवादमा फसेको थियो र बुधबार केही राज्यमा प्रदर्शनका क्रममा तोडफोडका घटना पनि सार्वजनिक भएका छन् । कर्नाटकको बेलगावी जिल्लामा फिल्मको प्रदर्शन रोक्ने र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको आरोपमा ३० जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । हरियाणामा दक्षिणपन्थी समूहविरुद्ध एउटा मलमा पोस्टर च्यातेकोमा मुद्दा दर्ता गरिएको छ । रिलिज हुनुअघि नै ‘पठान’ कट्टरपन्थी हिन्दू समूहको आक्रमणमा परेको थियो । यसको गीत बेशरमले दीपिका पादुकोणको बिकिनीको रङमा पनि धेरै विवाद भएको थियो ।