२३ पुस, कञ्चन
रुद्रपुर युवा क्लव, कञ्चन ४, रुपन्देहीको आयोजनामा शनिवार देखि जिल्लास्तरिय खुल्ला नकआउट फुटवल प्रतियोगिता संचालन गरेको छ। रुपन्देहीका उत्कृष्ट १२ टिमले सहभागिता जनाएको प्रतियोगितामा विजेता टिमले १ लाख १ हजार १११ रुपैया नगद पुस्कार सहित कप र मेडल प्राप्त गर्ने छन। यसैगरी उपविजेता टिमले ५१ हजार १ सय ११ रुपैया नगद सहित कप प्राप्त गर्ने आयोजकले जनाएको छ।
प्रतियोगिताको उद्घाटन गर्दै कञ्चन गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले युवाहरुलाई समाज रुपान्तरको दिशामा सहकार्य गर्न खेलकुदको बिकास गर्न आवस्यक रहेको बताउनु भयो। आफ्नो स्वास्थ्य र देशका लागि खेलिने खेलले समाज रुपान्तरणमा एकात, सहकार्य र आपसी समन्वय समेत बिकास गर्ने उल्लेख गर्दै वडा अध्यक्ष खत्रीले वडाको बिकासमा सबैको साथ र सहयोग आवस्यक रहेकेो बताउनु भयो । प्रतियोगिता उद्घाटन समारोहका प्रमुख अतिथि समेत रहनु भएका वडा अध्यक्ष खत्रीले स्वस्थ प्रतिस्पर्धाले समाजलाई एकताको सुत्रमा बाध्ने उल्लेख गर्नु भयो।
क्लवका अध्यक्ष लोक बहादुर पुनको अध्यक्षतामा शुभारम्भ गरिएको उद्घाटन सत्रमा वडा सदस्य तुल बहादुर गुरुङ्ग र कुल बहादुर श्रीस लगायत क्लवका सल्लाहकार तथा शुभेच्छुकहरुको सहभािगता रहेको थियो। क्लवको पाचौं बार्षिक उत्सव तथा माघे संक्रान्तीको अवसरमा सञ्चालित प्रतियोगिता रुद्रपुर माध्यमिक विद्यालयको खेल मैदानमा माघ १ गते सम्म जारी रहने छ।
सुनौलो संगम, कञ्चन ३ सोंगा र हिमालय सामुदायिक बिकास केन्द्र बिच आज भएको उदघाटन खेलमा सुनौलो संगमले हिमालयलाई २-० गोल अन्तरले पराजित गरी दोश्रो चरणमा प्रबेश गरेको छ। प्रतियोगितामा हिमालयन सामुदायिक बिकास केन्द्र, कञ्चन ४, सुनौलो संगम, कञ्चन ३, बिश्वशान्ती, राजेश आस्था फाउण्डेसन, मुर्गिया एफसी, गौतमबुद्ध सामुदायिक बिकास केन्द्र, कञ्चन ५, सिद्धार्थ एफसी, चाँदनी एफसी, फर्साटिक युथ २०२१, कञ्चन ११, डोना एकेडेमी र देवदह व्यायज गरी १२ टिमको सहभागिता रहेको आयोजक क्लवका लक्षमण क्षेत्रीले जानकारी दिनु भएको छ।
उद्घाटनमा खेलमा सुनौलो संगम, कञ्चन ३ का खेलाडी सुन्दर बगाले म्यान अफ द म्याच भएका छन।