१६ पुस, नवलपरासी
नवलपरासी जिल्लाको दोस्रो ठूलो पुरस्कार राशिको पाँचौ सरावल अध्यक्ष कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । सरावल–१ नवलपरासीस्थित बसही मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
सरावल गाउँपालिका, नवलपरासी र श्री वसन्त युवा क्लब, सरावल–१, बसही नवलपरासीको आयोजनामा हुन लागेको प्रतियोगिताको विजेताले २ लाख २२ हजार २२२ रुपैया सहित अध्यक्ष कप प्राप्त गर्ने भने उपविजेताले १ लाख ११ हजार १११ रुपैया प्राप्त गर्नेछ।
त्यसैगरी व्यक्तिगत विधाका लागि पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको प्रतियोगितामा नवलपरासी, रुपन्देही, कपिलवस्तु, नवलपुर, चितवन र भारतका उत्कृष्ट १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।
नवलपरासीलाई फुटबलको लोकप्रिय खेलबाट देशैभर चिनाउने र फुटबलको माध्यमबाट आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको सरावल गाउँपालिकाका अध्यक्ष सुखीप्रसाद चौधरीले बताए । उनले प्रतियोगितालाई भव्य र भव्य रुपमा सम्पन्न गर्न आफुले सक्दो प्रयास गर्ने समेत बताए ।
आज देखि शुरु हुने प्रतियोगितामा रुपन्देहीबाट फर्साटिकर एफसी, जनज्योती एफसी, डिंगरनगर, कञ्चन ११ रुपन्देही, सुनौलो संगम एफसी बुटवल, यस्तै नवलपरासीबाट फोर ब्रदर्श एफ.सी नवलपरासी, अभिषेक चर्च रहजर, अलपत्र गाइज नवलपराी, अरुण खोल युनाइटेड, डि युनिटी, विपी स्मृति माकर,न्यू हिमचुली बोहिया, सरावल गाउँपालिका, बाँकेको नेपालगञ्ज ११ भारतबाट हर्नाटार बिहार गरी उत्कृष्ट १४ टिमको सहभागिता रहेको छ।