१ पुस, गैडहवा
रुपन्देहीको सबैभन्दा ठूलो सिमसार ताल गैडहवातालको पर्यटन प्रबद्र्धन गर्न आयोजित गैडहवा गाउपालिका प्रथम अध्यक्ष कप भलिवल प्रतियोगिताको दोश्रो दिन ६ खेल सम्पन्न भएका छन।
शुक्रवार समपन्न खेलमा बाणंगा स्पोर्टस क्लव, कपिलवस्तु, शान्ती युवा क्लव(आयोजक) ए, संगम स्पोर्टस क्लव, कञ्चन रुपन्देही, मणिमुकुण्ड भलिवल क्लव, तिलत्तोमा र जिल्ला भलिवल संघ,गुल्मी विजयी भएका छ। शुक्रवार वाणगंगा स्पोर्टस क्लव, कपिलबस्तु र शान्ती युवा क्लव (आयोजक) बि बिच भएको पहिलो खेलमा वाणगंगा स्पोर्टस क्लव, कपिलबस्तुले शान्ती युवा क्लव (आयोजक) बि २ ० को सोझो सेटमा पराजित गरेको थियो। यस्तै आयोजक ए र मसिना बाबा युवा क्लव बिच भएको दोश्रो खेलमा आयोजक ए २ १ को सेटमा बिजयी भएको छ।
यसैगरी मानपकडी र संगम स्पोर्टस क्लव बिच भएको शुक्रवारको तेश्रो खेलमा संगम स्पोर्टस क्लव, कञ्चन रुपन्देहीले मानपकडीलाई २१ को सेटमा पराजित गरी क्वाटर फाइनलमा प्रबेश गरेको छ। यस्तै मणिमुकुण्ड भलिवल क्लव, तिलत्तोमा र डाँफे मुनाल युवा क्लव बिच भएको चोथो खेलमा मणिमुकुण्ड भलिवल क्लव २० को सोझो सेटमा बिजयी भई क्वाटरफाइयनलमा प्रबेश गरको खेल संयोेजक दीपक गुरुंगले जानकारी दिनु भएको छ। शुक्रवार नै जिल्ला भलिव संघ, गुल्मी र अस्नैया युवा क्लव बिच भएको पाँचौ खेलमा जिल्ला भलिव संघ, गुल्मीले २० को सोझो सेटमा पराजित गरी सेमीफाइनलमा प्रबेश गरेकोछ ।
यस्तै बाणगंगा स्पोर्टस क्लव र संगम स्पोर्टस क्लव बिच भएको क्वटर फाइनलको खेलमा बाणगंगा स्पोर्टस क्लवले संगम स्पोर्टस क्लव लाई २ १ को सेटमा पराजित गरी सेमीफाइनलमा प्रबेश गरेको आयोजकले जनाएको छ।
गैडहवा गाउँपालिकाको आर्थिक सहयोग तथा स्थानीय शान्ती युवा क्लव गैडहवाको आयोजनामा संचालित प्रतियोगिताको तेश्रो दिन जनआस्था पृथ्वी क्लव, कञ्चन र शान्ती युवा क्लव (आयोजक) ए बिच पहिलोे खेल हुने छ भने वाणगंगा स्पोर्टस र जिल्ला भलिवल संघ, गुल्मी बिच पहिलो सेमाीफाइनल खेल हुने आयोजकका खेल संयोजक दीपक गुरुंगले जानकारी दिनु भएको छ। भोली शनिवार नै फाइनल खेल हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा विजेता टिमले नगद ५० हजार रुपैया सहित मेडल र कप प्राप्त गर्ने छन भने उपविजेता टिमले नगद ३० हजार सहित मेडल र कप प्राप्त गर्ने आयोजक श्री शान्ती युवा क्लव, गैडहवा ४, रुपन्देहीका अध्यक्ष टंक बहादुर बस्नेतले जानकारी दिनु भएको छ। साथै प्रतियोगितामा अन्तिम ४ मा पुग्न सफल २ टिमले जनही १० हजार रुपैया सान्त्वना वापत पुरस्कार पाउने छन। यस्तै प्रतियोगितामा बिधागत रुपमा उत्कृष्ट सेटर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्वर र उत्कृष्ट खेलाडीलाई समेत सम्मान र पुरस्कार पाउने छन।