२४ साउन,पाल्पा
पाल्पा जिल्लाको तिनाउ गाउपालिका वार्ड २ को झ्याङला गाउमा स्मार्ट कृषि गाउँ घोषणा गरिएको दोश्रो बर्षको समिक्षात्मक कार्यक्रम सम्पन्न भएको छ।
तिनाउ गाउपालिका वार्ड नं. २ झ्याङला स्मार्ट कृषि गाउ
नेपाल सरकार प्रदेश नं. ५ का कृषि तथा सहकारी मन्त्री आरती पौडेल,प्रदेश सभासद तुलाराम घर्ति मगर,कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिव प्रसाद अर्याल,कृषि बागवानी केन्द्रका प्रमुख सन्तोष पाठक,जिल्ला पशु बिज्ञ केन्द्र पाल्पाका प्रमुख चन्द्र बहादुर राना,तिनाउ गाउपालिकाका अध्यक्ष ओम बहादुर घर्ति मगर,उपाध्यक्ष दमन्ती थापा,तिनाउ गाउपालिकाका बडा अध्यक्षहरु,प्रमुख प्रशासकिय अधिकृत दामोदर भण्डारी,तिनाउ कृषि शाखाका हेमन्त कुमार शर्मा,सिद्दबाबा बिकास समितिका अध्यक्ष दल बहादुर गुरुङ्ग,सामुदायिक बन समन्वय समिति,तिनाउका अध्यक्ष अमर प्रधान,विभिन्न राजनैतिक दलका प्रतिनिधि,संचारकर्मीहरुलाई स्थानिय आमा समूह,क्लव तथा महिला समुहहरुले स्वागत गरेका थिए।
नेपाल सरकार प्रद्श नं. ५ का कृर्षि मन्त्री आरती पौडेल समिक्षा कार्यक्रममा मन्तबय राख्दै
समीक्षा तथा भावी कार्यक्रम सम्बन्धि छलफलमा बोल्दै नेपाल सरकार प्रदेश ५ की भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री आरति पौडेलले प्रदेश ५ का हरेक स्थानिय तह एक स्मार्ट कृषि गाउँ निर्माण गरि सो स्थानिय तहका किसानहरुको आर्थिक श्रोतहरुको आधार तयार गर्न स्मार्ट कृषि गाउमा स्मार्ट र जैविक उत्पादनमा वृद्धि गर्न किसानहरुलाई प्राबिधिक तालिमको लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनु भएको छ। स्मार्ट कृषि गाउँ निर्माणले त्यो क्षेत्रको उत्पादनलाई ब्राण्डिङ गर्नु पर्ने त्यसको लागि किसानहरुले स्मार्ट कृषि गाउको अवधारणालाई कार्यान्वयन गर्नमा प्रदेश र स्थानिय सरकारले किसानहरुलाई प्राबिधिक शिक्षाको ब्यबस्थालाई पनि ध्यान दिने बताउनु भएको छ। भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री पौडेलले झ्याङ्ला स्मार्ट कृषि कार्यक्रमले स्थानीयहरुको उत्पादनमा बढवा दिएको,नयाँ पुस्तालाई कृषिप्रति आकर्षित गरेको,बजारीकरणमा टेवा मिलेको र निर्वाहमुखीबाट निर्यातमुखी कृषिमा प्रोत्साहन दिएको उल्लेख गर्नु भएको थियो ।
स्मार्ट कृषि गाउको कृषि सूचना केन्द्र
यस्तै प्रदेश नं.५ का सभासद तुलाराम घर्ति मगर (वसन्त)ले स्मार्ट कृषि गाउ निर्माण संगै स्मार्ट होमस्टेको संचालनले झ्याङ्लाको फरक पहिचान र कृषि पर्यटनलाई पनि संगसंगै लैजान सके स्थानिय जनताको आम्दानीको श्रोतको बाटो पनि खुल्ने बताउनु भएको छ। होम स्टेमा स्थानिय स्तर उत्पादन भएको खानेकुराहरुलाई प्राथमिकता दिन सके स्थानियहरुको आम्दानी बढ्ने बताउदै होम स्टेको नाममा सामाजिक र सांस्कृतिक बिकृति भित्र्याउन नहुने बताउनु भएको छ।
झ्याङलाको बस्तु स्थितीका बारेमा छलफल गर्दै साहित्यकार मिन राना (दायां) र संचारकर्मी सुरज थापा मगर(बायां)
कार्यक्रममा तिनाउ गाउपालिकाका अध्यक्ष ओम बहादुर घर्ति मगरले एक गाउँ एक उत्पादन सहित स्मार्ट कृषि गाउँ निर्माणका लागि स्थानियहरुको मेहनत र जागरुकतानै महत्वपुर्ण हुने भएकोले स्थानियहरुमा मेहनत र जागरुकता ल्याउन प्राबिधिक ज्ञान र श्रोतको उपलब्धतालाई ध्यान दिनु पर्नेमा जोड दिनु भएकोछ। कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिब प्रसाद हमालले झ्याङला गाउलाई स्मार्ट र नमुना बनाउन आवस्यक पर्ने श्रो साधन उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्दै स्मार्ट कृषि गाउको कम्तिमा कुनै एक उत्पादनलाई ब्राण्ड बनाउनेगरी उत्पादनमा जोड दिनु पर्ने बताउनु भएको थियो।
गह्रा सुधार पछि गरिएको धान खेती
कार्यक्रममा तिनाउ गाउपालिकाका अध्यक्ष ओमबहादुर घम,राजेश श्रेष्ठ,दलबहादुर गुरुङ,अमर प्रधान,चक्रव्यूह थापा,ईमानसिह थापा लगायतले गाउँमा स्मार्ट कृषि कार्यक्रम लागू भएपछि गह्रा सुधार,सिंचाई र प्रविधिमैत्री कृषि प्रणालीमा फाईदा पुगेको बताउनु भएको थियो।
स्मार्ट कृषि गाउको भ्रमण पछि
कार्यक्रममा सो स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन समितिका अध्यक्ष चोपलाल गिरीले आ.व. २०७६/२०७७ को प्रगति विवरण,आय व्यय र भावी योजना समेत पेश गर्नु भएको थियो।
सोही अवसरमा समितिले मध्यावधि कार्यको समीक्षा पुस्तक प्रकाशन गरि वितरण समेत गरिएको थियो ।