सियारी/तुलसी राम पौडेल
रुपन्देहीको सियारी गाउपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमबाट वितरित आयमुलक ,रोजगार मुलक तथा सामाजिक विकास सम्बन्धि सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भयो।जिल्ला समन्वय समितिका प्रमुख एकराज विश्वकर्माले विभिन्न किसिमका सामाग्री हस्तान्तरण गर्नुभएको हो।
मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको मुख्यमन्त्री विकास कार्यक्रमका सदस्य अविराम विकले जानकारी दिनुभयो। परम्परागत आरानको काम गरेका सियारी गाउपालिका अन्तरगतका १९ जनालाई आइरन १/१ सेट वितरण गरिएको छ।
गाउपालिका अन्तरगतका ३९ वटा बालविकास केन्द्रहरुलाइ शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको छ।मौरी समुहलाइ मह संकलनको लागि ड्रम हस्तान्तरण गरिएको छ।मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको पुजिगत तर्फ रु १२ लाख अन्तरगत सियारी गाउपालिका -७ का विस्थापित २ घर र अति विपन्न १ घर परिवारलाई आवास बनाइएको छ।
मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमबाट नै कृषि सम्बन्धि औजारहरु पनि वितरण गरिएको छ । कृषि औजारहरु अन्तरगत मकै गोड्ने ,मकै छोडाउने,आलु गोड्ने, विरुवा रोप्ने, कुटो ,कोदालो,स्प्रे ,इनभेटर लगायतका उपकरणहरु वितरण गरिएको थियो ।त्यसै गर्भवती ,सुत्केरी महिलाको लागि १ लाख क्याल्सियम वितरण गर्ने योजना रहेकोे गाउपालिका अध्यक्ष अयोध्या थारुले बताउनु भयो।
सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुको अध्यक्षता, जिल्ला समन्वय समिती रुपन्देहीका प्रमुख एकराज बिश्वकर्माको प्रमुख आतिथ्यता, जिल्ला समन्वय समितिका निमित्त अधिकारी लक्ष्मी शर्मा ,सब इन्जिनियर हिरा खड्का ,गाउपालिका उपाध्यक्ष अमृता गुरुङ , प्रमुख प्रशासकीय अधिकृत मीन प्रसाद भट्टराई लगायतको आतिथ्यता रहेकोे कार्यक्रमको संचालन मुख्य मन्त्री ग्रामीण विकास कार्यक्रम सदस्य अविराम विकले संचालन गर्नुभएको थियो ।