४ जेठ,काठमाण्डौ
विश्वब्यापी रुपमा कोभिड१९ ले पारेको प्रभाव र यसको समाधानको खोजी हुने भएको छ । विश्वब्यापी रुपमा कोभिड१९ ले पारेको प्रभाव र यसको समाधान खोज्ने एक प्रयास स्वरुप यहि जेठ १७ र १८ गते संचालन हुने नासा स्पेस एप्स कोभिड(१९ च्याल्लेंज २०२० नेपालमा पनि संचालन गरिने भएको हो । ४८ घन्टे विश्वव्यापी भर्चुअल ह्याकथानमा सहभागीहरुले अमेरिकी अन्तरिक्ष संस्था नेसनल एरोनोटिक्स स्पेस एड्मिनिस्ट्रेसन (नासा), युरोपेली अन्तरिक्ष सस्था युरोपियन स्पेस एजेन्सी (इसा) तथा जापानिज अन्तरिक्ष संस्था जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) द्वारा प्रदान गरिने डाटा र तथ्यांकमा काम गर्दै कोभिड१९ को समाधानका उपाए खोज्ने प्रयास हुनेछ । ४८ घण्टाको अवधिमा, विश्वभरिका सहभागीहरूले भर्चुअल टोलीहरू सिर्जना गर्नेछन् र कोभिड १९ महामारी सम्बन्धी मुद्दाहरूको समाधान विकास गर्न पृथ्वी अवलोकन डाटा प्रयोग गर्नेछन्।
यस कार्यक्रममा भाग लिन नेपाल तथा विदेशमा अध्ययनरत तथ कार्यरत नेपालीहरुलाई आह्वान गरिएको छ। नासोले भनेको छ यस चुनौतीमा सामेल भएर नासा, इसा तथा जक्साद्वारा प्रदान गरिने पृथ्वीको अवलोकनको तथ्यांकलाई केलाउंदै समाधान खोज्ने प्रयासमा नेपाली कोडर, उद्यमी, वैज्ञानिक, डिजाइनर, कथाकार, निर्माता, निर्माणकर्ता, कलाकार तथा प्राविधिज्ञहरुलाई आह्वान गर्न चाहन्छौं।
नेपाल एष्ट्रोनोमिकल सोसाईटी (नासो)का अध्यक्ष अध्यक्ष सुरेश भट्टराईद्धारा जारी प्रेस बिज्ञप्तीमा नासोले विश्वब्यापी रुपमा कोभिड१९ ले पारेको प्रभाव र यसको समाधानको खोजी गर्दा हुने चुनौतीहरु समेत विषयगत क्षेत्रहरूमा उल्लेख गरेको छ । उक्त अनुसन्धान गर्दा १,अन्तरिक्षबाट प्राप्त तथ्यांकको आधारमा भाईरस तथा यसको फैलावटको अध्ययन २, स्थानीय प्रतिक्रिया र परिवर्तन र समाधानहरू ३, कोभिड १९ को पृथ्वी(प्रणाली र पृथ्वी)प्रणाली प्रतिक्रियामा प्रभाव ४, कोभिड १९ को समयावाधि तथा आगामी दिनमा हुने आर्थिक अवसर, प्रभाव र रिकभरीको अवस्था चुनौतीहरु रहेने बिज्ञप्तीमा उल्लेख छ ।
विश्वब्यापी रुपमा कोभिड१९ ले पारेको प्रभाव र यसको समाधानको खोजी गर्ने कार्यक्रममा सहभागी हुनको लागि गत बैसाख बैशाख ३० गते मंगलबारबाट विश्वव्यापी रुपमै आवेदन खुला गरिसकेको छ। नेपाल एष्ट्रोनोमिकल सोसाईटी (नासो) ले इनोवेट नेपाल ग्रुप (आईएनजी) संगको सहकार्यमा गत वर्षदेखि नासा स्पेस एप्स च्यालेन्ज गर्न थालेको हो।
Source: New feed