गीता :- तिमीले दिदी र श्रीमतीलाई सम्झाउनुपर्ने भनेकी थिएँ । तर त्याे विषयमा उसलाई केही थाहा थिएन रे, त्यसैले हाेला ।
म :- ए.......अनि के भयाे त? (मैले अरु कुरा बुझ्ने मनसायले साेधें )
गीता :- तत्काल मैले जवाफ दिएँ, " हेर हरि म तिमीलाई बुझ्छु तर तिम्रो चित्त दुख्छ भनेर मेराे चरित्रमाथि औंला उठाउँदा पनि केही नभनेर बस्न त सक्दिन नि ।" म अलि आवेशमै आएँ क्यार त्यसपछि उनले भने, "तिमीलाई गाह्राे भकाे भए ठीकै छ । अबदेखि म कुरा गर्देन तिमीसँग । मलाई ब्लक गर्देउ फेसबुकबाट ।" भनेर उनी अफलाईन भए । मैले केही कुरा बुझाउँछु भनी म्यासेज टाईप गरें तर त्याे फेल भयाे । उनले नै ब्लक गरेछन् ।" (उनले दु:खित भावमा भनिन् )
म :- ए...... त्यस्तो पाे रैछ है । (उनकाे कुरा सुनेर दु:ख लाग्याे । एकछिन म स्तब्ध भएँ ।)
गीता :- कमला, के केटा र केटी कहिल्यै राम्रो साथी रहिरहन सक्दैनन् र ? जहिले याे विषयमा साेच्छु समाज बदल्ने कल्पना गर्छु त्यसै अनुसार व्यवहार गर्छु तर खै परिवर्तन त .......। बाेल्दैमा पनि शंका गर्ने कस्ताे छ है हाम्रो समाज । साह्रै दु:ख लाग्छ याे स्थिति देखेर ।(उनले दु:ख व्यक्त गर्दै फेरि भनिन्) "म माथि झुटाे आराेप आयाे भनेर दु:ख लागेकै छैन मलाई । तर याे समाजकाे संरचना देखेर दु:ख लाग्छ । यी यस्तै कुरामा अल्झिएकाे छ है हाम्रो समाज । अनि कसरी प्रगति हाेस् । आफ्नै छरछिमेकका दाजुभाई दिदिबहिनीलाई गलत सम्बन्धकाे आराेप लगाईन्छ यहाँ ।"
म :- तिमीले ठीक भन्यौं गीता । के गर्ने जनताकाे प्रतिनिधित्व गरेर सत्तामा गएकाहरू आफ्नाे दुनाे साेझ्याउनमा व्यस्त छन । समाजमा भएका विकृति र गलत प्रवृत्तिलाई हटाउने, उनीहरूलाई कसरी नैतिकवान् बनाउने भन्ने तर्फ कुनै चासाे छैन । नीति नियमहरु सबै कागजकै ठेलीमा सीमित छन् । जनताकाे जीवनस्तर उकास्नुपर्छ भन्ने कुरामा ध्यानै जाँदैन । याे पनि यसैकाे परिणति हाे केही हदसम्म ।
गीता :- अँ हाे त नि । (उनले समर्थन जनाइन् अनि फेरि थपिन्) "मैले याे कुरा थाहा पाउनासाथ हरिकाे दिदिलाई फाेन गरेर सम्झाई बुझाई गरेकाे हाे ।" उहाँले सरी भन्नुभयाे पछि । "मैले गलत बुझे । मलाई त बुहारीले त्यस्तो कुरा भन्दा किन त्यसाे गरेकी रैछन त गीताले, त्यस्तो गलत बाेल्ने, गर्ने मान्छे त हाेईन । तैपनि बुहारीले दु:ख पाेखेकाले शंका लाकाे हाे । त्यसैले दु:ख नमान्नु है गीता । तिमी पढेलेखेकी बुझ्ने मान्छे हाै, मेरी बुहारी अबुझ छे । धेरे पढेलेखेकी पनि छैने । "
म :- अनि के भन्याै त उहाँलाई?(मैले प्रश्न गरें )
गीता :- के भन्नू,"ठीकै छ दिदी । म त हजुर अनि हरिलाई अाफ्नै दिदी दाजुभाई भनेर राम्रोसँग कुरा गर्थें । हजुरको बुहारीले यस्तो गलत साेंचेकी रैछिन, मलाई थाहा भएन । हजुरहरुकाे पारिवारिक सम्बन्ध नै विग्रने डर हुन्छ भने म कुरा नगराैंला। उस्ले हाई हेल्लाे भन्दा जवाफ दिएकी हुँ, सञ्चाे विसन्चाे साेधेकी हुँ । गाउँघरतिरकाे खबर बुझ्न खाेजेकि हुँ । त्यहि थियाे मेराे अन्जानमा भकाे गल्ती । सरी दिदि, गाह्राे पिराे नमान्नु हाेला ।" यति भनेर फाेन राखेकाे मैले त।(उनले दु:खित भावमा भनिन् ।)
म :- अझै अर्को महत्त्वपूर्ण कुरा त के हाे भने नि गीता, "हाम्रो समाजका महिलाहरु अशिक्षित बेराेजगार र परनिर्भर भएकाले पनि यस्ताे समस्या देखा परेकाे हाे । त्यसमाथि हाम्रो देशका युवाहरुलाई स्वदेशमै राेजगारीकाे बन्दाेवस्त नभएकाे, अलिकति पैसा ऋणधन गरेर कामकाे लागि विदेश जान सक्नेहरु विदेशतिर जाने, नसक्नेहरू गाँउमै विभिन्न कुलतमा फस्ने कारणले गर्दा पनि याे समस्या । यी यस्ता समस्यालाई विस्तारै कम गर्दै जानुपर्छ । एकैबाजीमा परिवर्तन गर्न सकिँदैन । " नबुझेकालाई बुझाउँदै जानुपर्छ ।(मैले सुझाव दिने शैलीमा भने ।)
गीता :- आज धेरै दिनपछि लामाे कुराकानी भयाे है हाम्रो , एकदम खुसी लाग्याे । अहिले त मन पनि चङ्गा जस्तो भाे । थ्याङ्क्य है कमला । "
म :- साथी भनेकै यसैका लागि त हाे नि, के काे थ्याङ्क्यु नि? तिमीले गर्दा समाज अनि मानवीय स्वभावबारे केही कुरा गर्न पाईयाे । खुसी छु म पनि एकदमै । सम्झिंदै गर्नु ल । (कुरा टुङ्ग्याउने भावमा मैले भने)
गीता :- हुन्छ त अहिले राखे है त ? (उनी विदा भईन्)
म :- हुन्छ वाई ।(म पनि विदा भए)
वास्तवमै याे त एउटा प्रतिनिधि घटना मात्रै हाे । नेपाली समाजमा यी यस्ता घटना सामान्य हुन् । याे सब समाज व्यवस्थाकै दाेष हाे । यी एक दुई पात्रलाई के दाेष ? त्यही घरमा भएकाे घटना उसकाे दिदी, श्रीमतीलाई थाहा हुने अनि हरीलाई थाहा नहुने! मलाई लाग्छ याे सबकाे कारण महिलाहरू शैक्षिक , सामाजिक, साँस्कृतिक रुपमा आत्मनिर्भर नहुनु नै हाे । ( यस्तै कुराहरु साेंच्दै थिएँ , आमाले बाेलाउनु भाे।)
आमा :- छाेरी ! भित्र जा त, नानी राेए जस्तो छ ।
म :-हवस् मम्मी । म हेर्छु । (भन्दै म जुरुक्क उठेर माेबाईल चार्जमा राखी नानी हेर्नतिर लागे ।)