अंग्रेजी महिना, सेप्टेम्बरको पहिलो शनिबारका दिन अन्तर्राष्ट्रिय स्तरमा गिद्ध संरक्षण सचेनता दिवस विश्वभरी नै मनाईन्छ । गिद्धको महत्व, गिद्ध घट्नुको कारण, गिद्ध संरक्षणका बारेमा भएका प्रयास र अगामी दिनमा गिद्ध संरक्षणको लागि गरिने पहलहरुका बारेमा आम समुदायलाई चेतना अभिबृद्धि गर्ने मुख्य उद्देश्यका साथ यो दिवस विश्वभर मनाउने गरिन्छ ।
यहि सन्दर्भ पारेर नेपाल पंन्छी संरक्षण संघ लाजिम्पाट काठमाण्डौले कोभिड— १९को जोखिमलाई मध्यनगर गरी नेपालभर स्थानिय साँझेदार संस्थाहरु, संरक्षण कर्मीहरु, संचारकर्मी र सरोकारवाला निकायहरुको सहकार्यमा रेडियो, एफएम, टेलिभिजन, जुम बैठक आदी विधुतिय उपकरण प्रयोग गरी गिद्ध संरक्षणबारे चेतना फैलाउने कार्य गर्नुका साथै चरा अवलोकलन र गिद्ध गणना गरी यस वर्ष यो अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस नेपालमा १ सेप्टेम्बर २०२१ देखि ७ सेप्टेम्बर २०२१ सम्म गरी साताब्यापी रुपमा मनाईदैछ ।
गिद्ध शिकारी चरा समूह अन्तरगत पर्ने मांसहारी पन्छी हो । प्रकृतिका कूचीकारका नामले चिनिने गिद्धले वातावारण सफा गर्ने, विभिन्न महामारी रोग लाग्नबाट बचाँउने, पारिस्थितिकिय प्रणाली र खाद्यश्रृखला कायम गर्न अहम भूमिका खेल्ले, धार्मिक तथा सांस्कृति महत्व बचाई राख्ने आदी जस्ता कार्य गरी मानव जातिलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सेवा दिइरहेको छ । हाल सम्म विश्वमा तेईस प्रजातिका गिद्धहरु पाईन्छन् । दक्षिण एशियमा नौ प्रजातिका गिद्धहरु पाईन्छन र ति सबै नौ प्रजातिका गिद्धहरु नेपालमा पनि पाईन्छन् । ति नौ प्रजाति गिद्ध मध्ये ६प्रजातिका गिद्धहरु नेपालकै रैथाने हुन् जसले नेपालमै गुँड बनाई बच्चा कोरल्छन् भने बाँकी तीन प्रजाति हिउँदे आगन्तुक र बटुवाको रुपमा आउने गर्छन् । नौ प्रजातिका गिद्धहरु मध्ये डंगर गिद्ध, सानो खैरो गिद्ध, लामो ठुँडे गिद्ध, सुन गिद्ध अति संकटापन्न अवस्थामा, गोब्रे गिद्ध संकटापन्न र बाँकी अन्य गिद्ध सकटको नजिक पुगेको अवस्थामा छन् ।
भारत, नेपाल र पाकिस्तानमा गरिएको विस्तृत अनुसन्धानहरुबाट गिद्धहरुको संख्यामा हस आउनुको मुख्य सम्भवतः एक मात्र कारण नन्–स्टेरोईडल एन्टि–इन्फ्लेमेटरी औषधि (Non-Steroidal Anti-inflammatory drug-NSAID) डाईक्लोफेनेक भएको सिद्ध भैसकेको छ । धेरै प्रकारका दुखाई र सुन्निने अवस्थामा औषधिको रुपमा मानिस र पशु दुवैमा डाईक्लोफेनेक प्रयोग गरिन्छ । त्यसरी डाईक्लोफेनेक प्रयोग गरी उपचार गरिएका गाईबस्तुहरुको सिनो गिद्धहरुले खाँदा डाईक्लोफेनेकको असरले गर्दा मृगौलाले काम नगर्ने भई मर्दछन् । गिद्धहरुलाई डाईक्लोफेनेक युक्त आहारा खानबाट रोक्नु नै पहिलो र तत्काल संरक्षणको प्राथमिकता हुनु पर्दछ ।
विभिन्न प्रजातिका गिद्धहरुको औसत हेर्दा विश्वबाट ९५ प्रतिशत भन्दा बढीले गिद्ध लोपभईसकेका छन् । यही विकराल अवस्थालाई मध्यनजर गरी नेपाल सरकार, औषधि ब्यवस्था विभागले डाईक्लोफेनेक औषधिलाई वि.स. २०६३ साल जेष्ठ २३ गते देखि पशु उपचारका लागि उत्पादन, प्रयोग र बिक्री बितरणमा कानूनी कारबाहीको प्रावधान सहित प्रतिबन्ध लगाएको छ ।
विश्वबाटै गिद्धहरु लोपोन्मुख भएको दयनीय अवस्थालाई उच्च महत्व दिई नेपाल सरकारले गिद्ध संरक्षण सम्वन्धि राष्ट्रिय कार्ययोजना सन् २००९—२०१३ र यसको सफल कार्यान्वय पश्चात संसोधित कार्ययोजना सन् २०१५–२०१९ लागु गरेको छ । नेपाल सरकारको यो कार्ययोजनालाई सफल र उपलब्धिमूलक बनाउन नेपालका विभिन्न जिल्ल्लाहरुमा राष्ट्रिय, अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको पहल र प्रयासमा गिद्ध संरक्षण सम्वन्धि प्रभावकारी कार्यक्रमहरु संचालन भैरहेको छ ।
नेपाल पंन्छी संरक्षण संघ चरा तथा जैविक विविधताको क्षेत्रमा कार्य गर्ने नेपालकै आधिकारिक जेठो संस्था हो । नेपालमा पाईने आठ सय छ्यासी (८८६) प्रजातिका चराहरु मध्य गिद्ध पनि एक प्रजातिको चरा हो, जुन चरा सन् १९९० को दशक यता विश्वबाटै लोप हुने खतरामा रहेको तथ्य आईयूसिएन लगायत विभिन्न संरक्षणको क्षेत्रमा कार्यरत आधिकारिक वैज्ञानिक संस्थाहरुले खतराको सूचक दिईरहेको अवस्थामा यस नेपाल पंन्छी संरक्षण संघले संकटापन्न अवस्थामा पुगेका पन्छीहरुलाई संरक्षण गर्ने यसको लक्ष्य तथा उद्देश्य रहेकोले संसारबाट संकटापन्न अवस्थामा पुगेको चरा गिद्धलाई संरक्षण गर्न सन् २००२ देखि नै गिद्ध संरक्षण अभियान शुरु गरिएको हो । यो अभियान विश्वकै लागि सफल र अनुकरणीय बनेको छ ।
नेपालमा भएका प्रमुख गिद्ध संरक्षणका गतिविधिहरु र उपलब्धीहरु :
१, विश्वमै पहिलो पटक समुदायद्धारा संचालित र ब्यवस्थित जटायू रेष्टुरेण्टहरुको स्थापना र दिगो परिचलन ।
२, गिद्धलाई हानी गर्ने औषधी डाईक्लोफेनेक पशु उपचारका लागि उत्पादन, बिक्रीबितरणमा र प्रयोगमा पुर्ण प्रतिबन्ध लगाएको छ ।
३, नेपाल सरकारले ‘गिद्ध संरक्षण कार्ययोजना सन् २००९/२०१३ र संसोधित कार्ययोजना सन् २०१५/२०१९ लागु गरेको छ ।
४, नेपालको ७७ जिल्ला मध्ये ७४ जिल्ला पशु उपचारमा डाईक्लोफेनेक पूर्ण रुपमा प्रतिबन्दको घोषणा गरिएको छ ।
५, केही औषधी कम्पनीहरुले मानव डाईक्लोफेलेकको मात्रा कम गरेको कारण गिद्ध संरक्षणमा टेवा पुगेको छ ।
६, गिद्ध प्रजनन् केन्द्र (कृत्रिम बच्चा कोरल्ने स्थान) को स्थापना गरिएको छ ।
७, प्रजनन् केन्द्रमा रहेको गिद्धलाई प्राकृतिक बाँसस्थानमा छोड्ने र तीनीहरुको अनुगमन गर्ने ।
८, गिद्धका गुँड अनुगमन, भेटेरीनरी पसलहरुमा ल्क्ब्क्ष्म्क, अनुगमन तथा बाँसस्थान संरक्षण
९, प्रत्येक वर्ष अन्तर्राष्द्रिय गिद्ध संचेतना दिवस मनाईएको छ ।
१०, गिद्ध संरक्षण तथा अनुसन्धानका लागि छात्रबृत्ति सहयोग ।
११, विभिन्न स्तरमा जनचेतना मुलक कार्यक्रमहरु संचालन ।
१२ समुदायमा आयमुलक कार्यक्रमहरु संचालन भएका छन् ।
गिद्धको लागि गर्नुु पर्ने भावि कार्यहरु :
क)गिद्ध दैनिक रुपमा आफ्नो आहाराको लागि १०० किलो मिटर रेडियस अर्थात ३० हजार वर्ग किलोमिटर सम्म टाढा जाने गर्दछन् । गिद्ध विना पासपोर्ट र भिसा एक देशबाट अर्को देशमा सजिलै जान सक्ने भएकोले गिद्ध संरक्षणका लागि अन्तरदेशिय सम्पर्क, समन्वय र सहयोगका गतिविधिमा केन्द्रित रहनुपर्ने ।
ख) डाईक्लोफेनेक लगात एसिक्लोफनेक, किटोप्रोफेन, निमूस्लाईड,फ्लुनिजिन जस्ता औषधीहरुले गिद्धलाई हानी गर्ने भएकोले त्यस्ता औषधीहरुको पूर्णरुपमा प्रतिबन्द र निरन्तर अनुगमन गर्नुपर्ने ।
ग) मानव डाइक्लोफेनेकको प्रयोगले गिद्धलाई पनि नोक्सान गर्ने भएको मानव डाईक्लोफेनेक गिद्ध र पशूचौपायामा प्रयोग नगर्नका लागि बढी केन्द्रित हुने ।
घ) गिद्ध संरक्षण बारे विभिन्न स्तरमा संचेतनामूलक कार्यक्रमहरुमा तिब्रता दिने ।
ङ) विषादी प्रयोग भएको सिनो खाँदा गिद्धको मृत्यु हुने भएकोले किसान लगायत अन्य सर्वसाधरणहरुलाई सिनोमा विषादी प्रयोग नगर्न जोडदिने ।
च) गिद्ध लगायत अन्य पंन्छी विद्युतिय तारमा परी मृत्युहुने भएकोले विकासको पूर्नसंचरना गर्दा यस विषयलाई पनि ध्यानमा राखी विकास निर्माण कार्यगर्न जोड ।
भूपाल नेपाली, परियोजना अधिकृत
नेपाल पंन्छी संरक्षण संघ ।