अनिल दमाई
सामाजिक संजालहरुमा कतिपय साथीहरुले बिकास हिजो भन्दा आज निकै छलाङ मारेको छ भनेर सरकारलाई ग्वाम्मै ढाकेका छन।ए बाबै बिकास त पञ्चायतमा पनि त भाथ्यो यति त बुझ्दिनु पर्यो के।समय अनुसार बिकासले गति नलिए त समय परिबर्तनको कुनै अर्थ हुदैन नि।तर पुजीबादी दल र सो दलको विचार सिद्धान्त अनुसारको ब्यबस्थामा हुने लक्षणलाई नै निरन्तरता दिने हो भने के का लागि कम्युनिष्ट जबरजस्ती राख्नु पर्यो? कि काले मगर भनेनि मगर काले भने पनि उस्तै हो भनेर जनतालाई झुक्याउने भित्री कुरो हो हँ?
यति भनेर पनि बिरोधका लागि बिरोध गर्न सरकारले गरेको राम्रो कामको प्रचार गर्न चाहान्नन त्यसैले जवरजस्ती गाली गरेको भनेर सरकारलाई घुलुम्न पारिरहने हो । ए बाबै संसारमा समाजबाद र पुजीबाद यी दुबैको संघर्ष छ।पुजीबाद र पुजिबादी ब्यबस्थाको वकालत नेपालमा कांग्रेस,राप्रपा,जनता समाजबादी लगायतका दलहरुले गर्छन भने भारतमा भाजपा लगायतका शासक दलले र अमेरिकामा ट्रम्प,बुस,बराक लगायत नेतृत्व र समर्थित दल जस्ता डेमोक्रेटिक पार्टीले गर्दै आएको छ। र अहिले बिश्वमा पुजिबादी ब्यबस्थाको नेतृत्व संयुक्त राज्य अमेरिकाले गरेको छ भने नेपालमा समाजबादी सिद्धान्त बोकेको वकालत अहिलेको डबल नेकपाले गरेको दाबी गरेकोछ।तर कम्युनुष्ट सिद्धान्तका मार्ग निर्देशक सिद्धान्त के हो?कम्युनिष्टहरुको लक्ष र दृष्टि के मा हुन्छ भन्ने कुरा र कम्युनिष्टहरुले नेतृत्व गरेको शासन सत्ता कस्तो हुन्छ र त्यसले जनतासंग के सम्बन्ध राख्छ भन्ने हेक्का छैन भने र बिकासको भजन गाउदै बजार तताउछ भने त्यो नक्कली कम्युनिष्ट सिवाय अरु केही होइन भन्ने कुरा बुझ्नु पर्छ कि?
आफुलाई कम्युनिष्ट भन्ने अनि चिन,उत्तर कोरिया,क्युवा भेनेजुएलामा भएको समाजबादी चरित्रको शासन सत्तालाई निरंकुश र तानाशाह भनेर वकालत गर्दै हिड्छन भने के अब कम्युनिष्ट ट्रम्प हो?भारतको मोदी हो?
डबल नेकपाका दिग्गज कामरेडहरुले त बिश्वमा चिन पछि कम्युनिष्ट सरकारको नेतृत्व गरेको उत्तर कोरियाको यति खोईरो खन्छन कि उत्तर कोरियामा निरंकुशता छ त्यहा मानव अधिकार छैन,जबरजस्ती त्यहाका नेताहरुको पुजा र भक्तिगान गर्न लाउछन भनेर सत्तोसराप गर्छन ।यसबाट उठ्ने प्रशन कतै साम्रज्यबादी अमेरिका,बिस्तारबादी भारतका शासकहरुबाटै भरण पोषण त गरिएका त छैनन?
आफुलाई कम्युनिष्ट भन्नेहरुले कम्युनिष्ट सिद्धान्त अन्तराष्ट्रबादी हुन्छ,नेताको होईन नेतृत्वले देश र जनताको लागि लिएको बिचारलाई अंगिकार गर्न अनिबार्य गराईन्छ,नेता र ब्यक्तिको होइन पार्टीको राजनैतिक सिद्धान्तको अनुसरण गर्न अनिवार्य गराईन्छ, भन्ने हेक्का छैन।किन त्यहाको नेतृत्वलाई सम्मान गरिन्छ भन्ने आत्म समीक्षा गर्ने हिम्मत राख्दैनन किन भने हाम्रो देशका आफुलाई खाती कम्युनिष्ट भन्न मन पराउनेहरु पार्टीको राजनैतिक सिद्धान्त,जनताको भावना र मर्मलाई भन्दा पद पैसा सत्ता,कमिसन भ्रष्टचार,गुटबन्दी र दादागिरीमा आत्म निर्भर भई बाचेका र बाच्दै आएका हुनाले उनिहरुलाई जनताले गाली र सत्तो सराप गरेका हुन्छन।
आफुलाई कम्युनिष्ट भन्ने अनि चिन,उत्तर कोरिया,क्युवा भेनेजुएलामा भएको समाजबादी चरित्रको शासन सत्तालाई निरंकुश र तानाशाह भनेर वकालत गर्दै हिड्छन भने के अब कम्युनिष्ट ट्रम्प हो?भारतको मोदी हो?
तर चिन,क्युवा र उत्तर कोरियामा त्यहाको नेतृत्वलाई सम्मान र आदर गरेको र मातृभुमि प्रतिको उच्च सम्मान देखेर लज्जित भई मुसो बनेर नेपाल फर्किएर आउछन अनि संचार माध्यमका अगाडी केही त बोल्नै पर्यो त्यसपछि अनुहारमा हिन्ताबोध देखाउदै लाज छोपेर त्यहा मानव अधिकार छैन,तानाशाही र निरंकुशता छ भनेर केही बेर उदाउछन।किन भने चिन,उत्तर कोरिया र क्युबा लगायत समाजबादी देशहरुको बयान गर्यो भने त यहाका संचार माध्यमले मुखमा बुजो लाग्ने गरि सोधिहाल्छन कम्युनिष्ट नेतृत्वको सरकार भएर पनि बहुमत जनताको पक्षमा काम गरेर नेतृत्व र देश प्रति उच्च सम्मान पाउने काम किन नगरेको भनेर?
अनि त्यस्तै नेतृत्वको ब्यक्ति पिच्छेको स्वभाव पस्किएर फलाना यस्तो उस्तो भन्दै भक्तिगान गाउँछौँ हामीले।जहाँ कम्युनिष्ट पार्टीले नेतृत्ब गरेको सरका छ त्यहा अन्य नेता र सदस्यहरु कहिले संचार माध्यममा आउदैनन तर नेपालमा पार्टी बोलेको हो कि ब्यक्ति बोलेको केही अत्तो पत्तो लाग्दैन। भन्दा पार्टीको केन्द्रीय सदस्य हो तर उसको बिचार न पार्टीको हुन्छ न त उ आफैको।
यस्तो भद्रगोल त संविधान सभामा संविधान बनाउने बेलामा सांसदहरुले प्रस्तुत गरेका संघियताको नक्साबाटै प्रष्ट हुन्छ।कुन नेताको कुन कुरा ठिक हो भन्ने जनताले ठम्याउन नसकिने ब्यक्ति पिच्छेको भनाई र गराईले पनि पार्टी भित्र ठुलो संकट आउछ।किन भने पार्टीको कुरा जुनसुकै नेताले बोलेको भए पनि एउटै हुनुपर्छ तर ब्यक्ति अनुसारको बोली र व्यवहार प्रस्तुत भएपछि उक्त पार्टीमा संकट नआए,उक्त पार्टीमा दुर्घटना नभए अन्त कतै हुदैन।
पार्टी र पार्टी सदस्यले गलत गरेको,चुनाबमा गरेको प्रतिबद्दता अनुसार काम नगरे पछि भएको आलोचनालाई बिरोधका लागि गरिएको बिरोध,बिकासमा छलाङ मारेको, भएको राम्रो कामलाई दुष्प्रचार गरेको भनेर आफ्नो घुडामा आफै बञ्चरो हान्छन भने केही भन्नु छैन।तर एक पटक सोच्नु पर्छ सडक कालो पत्रे बनाउने,बिजुलीबत्तिको बिस्तार गर्ने र शक्ति र पहुंचको भरमा पद पैसा र अधिकार अनि सुबिधा पाउन र दिलाएको भन्ने कुरालाई बिकासको गति मान्ने हो भने कम्युनिष्ट नै बन्नु पर्छ नै भन्ने छैन र यसरी अन्धभक्त भएर कसैको भक्तिगान गाएर थुङ्से,डोको हुँदै उदांगि सकेको नेतृत्वको हरेक गल्तिहरुलाई घुलुम्न पारेर ढाकि रहनु आफु र भावि सन्ततीहरुको भबिष्यमा बञ्चरो प्रहार गर्नु हो।