भदौ ३,कञ्चन ।
एजेन्सी – अष्ट्रेलियाले आगमी अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म यूएईमा हुने टि२० विश्वकपको लागि १५ सदस्य टोली घोषणा गरेको छ । आरोन फिन्चको कप्तानीमा घोषणा टोलीमा स्टार तथा प्रमुख खेलाडी डेविड वार्नर, स्टिभ स्मिथ र ग्लेन म्याक्सवेल लगायतका फर्किका छन् ।
२६ वर्षिय विकेटकिपर ब्याट्सम्यान जोश इंग्लिस टि२० विश्वकप घोषणा टोलीमा अनक्याप्ड खेलाडीको रुपमा छन् । बंगलादेश र वेस्टइन्डिज भ्रमणमा विकेटकिपरको प्रदर्शन कमजोर रहेपछि उनले मौका पाएका हुन् । उनले घरेलु क्रिकेटमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । ६३ टि२० खेलमा २ शतक र ११ अर्धशतक सहित १ हजार ६ सय ४५ रन जोडेका छन् ।
तीव्र गतिका बलर झेय रिचडर््सन, एन्ड्रयू टाई, जेसन बेहरेनडोफ, विकेटकिपर एलेक्स केरी, मोइजेसन हेनरिक्स, जोश फिलिपे र एश्टन टर्नर विश्वकप टोलीमा नभएका ठूला नाम हुन् । वेस्टइन्डिज र बंगलादेश भ्रमणमा कमजोर प्रदर्शनका साथ टोलीमा स्थान बनाउन नसकेका हुन् ।
अष्ट्रेलियाला सुपर १२ को समूह ए मा छ । अष्ट्रेलियासँगै समूह ए मा इंग्ल्यान्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, पहिलो चरणका समूह ए को विजेता र समूह बीको उप विजेता रहने छन् । शीर्ष दुईमा रहँदै सेमिफाइनल यात्रा गर्न अष्ट्रेलियालाई सहज भने हुने छैन । तर प्रमुख खेलाडी टोलीमा फर्किदा टोली भने उत्कृष्ट र बलियो बनेको छ । अष्ट्रेलिया पहिलो टि२० विश्वकप जित्ने सोचमा छ । २०१० को टि२० विश्वकप फाइनलमा वेस्टइन्डिजसँग पराजित भएको थियो ।
अष्ट्रेलिया विश्वकप खेल्ने टोली : आरोन फिन्च (कप्तान), एश्टन अगर, प्याट कमिन्स (उपकप्तान), जोश हेजलवुड, जोश इंग्लिस, मिचेल मार्श, ग्लेन म्याक्सवेल, केन रिचर्ड्सन, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, मिचेल स्विपसन, म्याथ्यु वेड, डेविड वार्नर र एडम जाम्पा