श्रावण २८, कञ्चन ।
भारत र इंग्ल्यान्ड बीच पाँच टेस्टको सिरिज अन्तर्गत दोश्रो टेस्टमा घरेलु टोलि इंग्ल्यान्डले टस जितेर भारतलाई पहिले ब्याटिंगको निम्तो दिएको छ। सिरिज अन्तर्गत पहिलो खेल वर्षाले प्रभावित बनेपछि बराबरीमा टुंगिएको थियो।
खेलमा भारतले घाइते फास्ट बलर शार्दुल ठाकुरको स्थानमा इशान्त शर्मालाई मौका दिएको छ भने स्पिनर रभीचन्द्रन आश्विनलाई बाहिरनै राखेको छ। भारतले अन्य खेलाडी परिवर्तन गरेको छैन। इंग्ल्यान्डले टिममा तिन वटा परिवर्तन गरेको छ। घाइते भएर सिरिजबाट बाहिर भएका स्टुवार्ट ब्रोडको स्थानमा अर्का पेसर मार्क वुडलाई, ड्यानीयल लरेन्सलाई बाहिर राख्दै मोईन अलिलाई तथा ज्याक क्रलेको स्थानमा हसिब हमिदलाई अन्तिम-११ मा इंग्ल्यान्डले मौका दिएको छ।
भारतको अन्तिम-११ : रोहित शर्मा, केएल राहुल, चेतेश्वर पुजारा , विराट कोहली ( कप्तान ) , अजिंके रहाने, रिशभ पन्त ( विकेटकिपर ) रभीन्द्र जडेजा, मोहम्मद शामी, इशान्त शर्मा, जस्प्रित बुम्राह, मोहम्मद सिराज
इंग्ल्यान्डको अन्तिम ११ : रोरी बर्न्स, डोमिनिक सिबले, हसिब हमिद, जो रुट ( कप्तान ) , जोनी बेयरस्टो, जोस बटलर ( विकेटकिपर ) , मोईन अलि, स्याम करन, ओली रोबिन्सन , मार्क वुड, जेम्स एण्डरसन