अर्थात आमाको मुख हेर्नी दिन
मलाइ तेरो
धेरै याद आइरेहेछ छोरा
सम्झनु पर्नी त तैले हो खासमा
सम्झिस या सम्झेनस
थाहा छैन मलाइ
सम्झेनस भने पनि
गुनासो केही छैन छोरा
त सङ्ग गुनासो त मैले
म बुढी आमालाइ
बृद्धआश्रममा छोडेर
जादा पनि त कहाँ गरेकी थिए र?
आज त आउदैनस भन्नी
थाहा हुदाहुँदै पनि
म दिनभरी बाहिरै बसेर
तेरो बाटो हेरिरहे,
आजको दिनमा बाहिर हिड्न
र कसै सङ्ग भेट्न पनि
सरकारले निषेध गरेको बेला
फोनमा बोल्न त
निषेध गरेको थिएन नि छोरा
म बुढी आमालेे बोली भएपनी त सुनेर
दिनभरिको पर्खाइको पीडा
बिर्सन्थे होला नि
नाति नातिनाको हालखबर सुनेर
मन फुरुङ्ग हुन्थ्यो नि
दिनभर्को थकान त मेटिन्थ्यो नि
तर न त आइस न तेरो फोन
बस सुत्नी बेला मेरा
बुढा परेली भएका आखाबाट
२ थोपा आँसु आए । ।
सावा भन्दा नि ब्याजको
माया लाग्छ भन्छन नि
हो ,मलाई नातिनातिनाको
ज्यादै न्यास्रो लागेको छ
उनिहरुले त आज आमाको मुख
हेरे होलान नि है छोरा,
मिठोमसिनो पनि त खायौ होला
अनि सबैजना खुशी भयौ होला है
बुहारी बेलाबेला बिरामी हुन्थी
चेकजाच गर्दै गर्नु
तैले पनि स्वास्थ्यको ख्याल गर्नु
अनि नातिनातिना तिमिहरुलाइ
आज हजुर आमाको अम्झना
अनि आशिर्वाद छ
अझ विशेष त चन्चले नाति केटालाई
सुझाव
तैले ,तेरो बाबुले जस्तै मलाई
तेरो बुढिको कुरा सुनेर
यसरी बृद्धआश्रममा कहिल्यै
नपठाउनु नाति
यहाँ सास त चलिरहन्छ
तर किन चलिरहेछ भन्नी भान हुन्छ
घरको ,आफन्तको
आफ्नो पराइको यादले
बाचेर नि मरेतुल्य भैदो रहेछ
नाति यस्तो दुस्साहस कहिल्यै नगर्नु
तिमिलाइ तिम्रो बुढी आमाको आशीर्वाद
बाचुन्जेल आमा बाबुको सेवा गर्नु
कहिल्यै दुखको आँसु बग्न नदिनु
म बुढी आमको आशीर्वाद ।।।
-धुर्कोट गुल्मी