-रीता काफ्ले
वर्षको अन्त्य त भैसकेछ,वर्षन्त्य भैसकेछ,
तर मेरो वरपर
कोरोनाको कहर कताकता अल्झिरहेछ,
बरु म बिन्ति गर्छु
कोहि त केहि भनिदेउ न मलाई,
यो कोभिड१९ को अन्त्य कहिले हुन्छ?
वर्षको अन्त्य भैसकेछ, वर्षन्त्य भैसकेछ,
तर मेरो वरपर
दुखका आवाजहरु गुनगुन गुञ्जिरहेछ,,
कोहि त केहि भनिदेउ न मलाई,
यो दुखको अन्त्य कहिले हुन्छ ?
वर्षको अन्त्य भैसकेछ, वर्षन्त्य भैसकेछ,
तर यी आंखामा
अभावको उपज आशु
दिनानुदिन छचल्किरहेछ ,,
कोहि त केहि भनिदेउ न मलाई,
यो आशुतोषको मुहान कहिले सुक्छ ?
वर्षको अन्त्य भैसकेछ, वर्षन्त्य भैसकेछ,
तर मेरो वरपर
अनिकालको झिल्को,
छिन छिनमा टल्किरहेछ ,,
कोहि त केहि भनिदेउ न मलाई,
यो अनिकालको बिर्को किहले बन्छ ?
वर्षको अन्त्य भैसकेछ, वर्षन्त्य भैसकेछ,
तर मेरो वरपर
अशान्तिको रांको,
दनदनी दन्किरहेछ ,,
कोहि त केहि भनिदेउ न मलाई,
यो अशान्तिको अन्त्य कहिले हुन्छ?
वर्षको अन्त्य भैसकेछ, वर्षन्त्य भैसकेछ,
तर मेरो वरपर ,
अनिष्टको प्रतिबिम्ब पटक पटक झल्किरहेछ ,,
कोहि त केहि भनिदेउ न मलाई,
अफसोच अनिष्ट खड्कियो भने
सामना कसरि हुन्छ?
-रुपन्देही