-बिमला आचार्य
राहुल सांकृत्यायन यस्तो नाम हो, जसले यायावरी प्रवृत्तिको ज्ञान र साहित्य जोड्नमा अभूतपूर्व योगदान दिए । सन् १८९३ अप्रिल ९ मा भारतको उत्तर प्रदेशको आजमगढमा जन्मिएका विश्व प्रसिद्ध साहित्यकार सांकृत्यायन ३६ बढी भाषाका ज्ञाता थिए । उनले आफ्नो जीवनकालमा १५० भन्दा बढी प्रगतिवादी साहित्यिक कृतिको रचना गरे । साहित्यका माध्यमबाट जनता, राज्य र श्रम गर्ने मजदुरका पक्षमा सशक्त ढंगले उभिए । किसान र श्रमिक वर्ग उनका आस्थाका सिरानी भए ।
उनका कृतिमध्ये ूबाइसौं शताब्दीू विश्वबन्धुको २६० वर्षको लामो यात्रा समेटिएको पुस्तक हो। यो पुस्तकमा पुँजीवादी समाज र साम्यवादी समाजबीच तुलना गरिएको छ । रक्त पिपासु जुकाको रजाईं चलेको यो समाजलाई परिवर्तन गर्न चाहने व्यक्तिको लागि यो पुस्तक बलियो हतियार बन्ने आशा राख्न सकिन्छ । बिसौं शताब्दीको उत्तरार्ध मै लेखिएको यो कृतिमा सार्वभौम राष्ट्र संगठनका रूपमा सम्पूर्ण भूमण्डल एक राष्ट्रमा ९राज्य बिहिन समाज० स्थापित भइसक्ने अन्तर्दृष्टि पाइन्छ । ूबाइसौं शताब्दीूमा वर्तमान विश्व व्यवस्थामा आमूल परिवर्तन भएको देखाइएको छ । गरीबी, अशिक्षा, जनसंख्या वृद्धि, दुर्व्यसनहरूको समाप्ति, मानवहीत प्रतिकुलका प्राणी आदिको वंश नियन्त्रण, उच्च गुणस्तरीय उत्पादन प्रणाली आदिलाई बाइसौं शताब्दीका उपलब्धिका रूपमा देखाइएको छ । पूर्ण स्वतन्त्रता, विकसित एवं लोकतान्त्रिक मानव समाज र विश्वको परिकल्पना पुस्तकमा पाइन्छ । वर्तमान विश्वको कुरुप अनुहारलाई बाइसौं शताब्दीको ऐनामा चतुर्याइँ पूर्वक देखाएर अहिलेको विकृति र विसंगति उपर व्यङ्ग्यवाण प्रहार गरिएको छ ।
राहुल सांस्कृत्यानद्धारा लिखित पुस्तक
पुँजीवादी व्यवस्थामा मानिसहरू भेडा सरह हुनेहुँदा एकजना धनी व्यक्तिले आफ्नो औंलाको इसारामा नचाउने गर्दछन् । श्रमको मुल्य लुटेर बाँचेको खण्डहर जस्तो यो समाजमा आफ्नो परिश्रमको फल आफैं खान्छौं भन्ने कुरा बुझ्न नै फलामको चिउरा चपाउनु जस्तो गाह्रो छ । श्रमिक जनताले आरामको जिन्दगी बिताउन कहिल्यै पाउँदैनन् । कामदारको एकता र समूहबाट सम्भावित स्वर्गको आनन्द नफुत्कियोस भनेर धनीहरूबाट अनेक भ्रम फैलाइन्छ । सम्पन्नता, धन र सम्पत्ति इश्वरको कृपा हो। ईश्वरको पुजा अर्चना नै मोक्ष प्राप्तिको मार्ग बताउँदै सामाजिक क्रान्तिको बाटो रोज्नु महापाप हो, त्यसो गर्यो भने अधर्म हुन्छ भन्ने चिन्तन भएको २० औं शताब्दी विकासक्रममा धर्मबिहिन समाजमा पर्दापण हुनेछ भन्ने शंखघोष गर्छन राहुल । रुसि अक्टोबर क्रान्तिको विद्धुतीकरण र साम्यवादी व्यवस्थामा हुने यान्त्रिकीकरणलाई जोड दिंदै लेखकले स्वचालित रेल, गाडी, उधोगले मानिसको श्रमसमय घट्ने र आरामको जीवन जिउन सकिने बताएका छन । श्रमजीवी वर्ग पनि उच नीचको श्रेणीमा विभाजित छन् । धर्मको नाउँमा, जातको नाउँमा, भूगोलको नाउँमा, शारीरिक र बौद्धिक श्रमको नाउँमा मानिस बाँडिदा समग्र मानवमात्रको उन्नती र प्रगतिका लागि प्रयाप्त मात्रामा उत्पादन नभएको हो र साम्यवादी व्यवस्थामा एक गाउँ एक उत्पादन, राज्यको विलोपिकरण, श्रमजीवी वर्गको एकताले सबै प्रकारका समृद्धि प्राप्त हुनेछ । शिक्षामा आमूल परिवर्तनको मूलमा ज्ञान र विद्याको प्राप्ती मात्रै होइन, त्यसको उपयोग मानिसको उन्नतिको लागि हुने गर्दछ, यही ज्ञान र विद्याको कारण ती सबै उपलब्धी, त्यो विलाशीता प्राप्त हुनेछ जो पुँजीवादी व्यवस्थामा मुठ्ठीभरका मानिसले पाउँथे ।
उक्त पुस्तकले चित्रण गरेको निकै रोचक पाटो चाहिँ मानव समाजबाट संक्रमणजन्य रोगको अन्त्य पनि हो । स्वस्थ उत्पादन, मिसावट र विषादी रहित खाद्यन्नको कारणले मानिस स्वस्थ हुनेछन् । वातावरणीय स्वस्थ्यको कारण स्वासप्रस्वास सम्बन्धी रोग, छाला र यौन सम्बन्धी रोग, विकीरणजन्य रोगको कमी हुने छ । पुजीवादी व्यवस्थामा रोगको उपचार गरिन्छ तर साम्यवादी व्यवस्थामा रोगको कारक नै निर्मुल गरिन्छ । नाफा नै नरहेपछी स्वास्थ्य हानीका कुनै पनि वस्तु उत्पादनमा रोक लगाइन्छ । अतिरिक्त वस्तुको उत्पादनमा कमीले नाफालाई निरुत्साहित गर्ने भएकाले देवानी कानूनको कामै नलाग्ने उक्त पुस्तकको गुदी रहेको छ । कानून क्षेत्रको पेशा र व्यवसाय बन्द हुनेछ । फौजदारी कानूनका रुपमा फाट्टफुट्ट सम्बन्ध विच्छेद र हत्या सम्बन्धी हुने बताउदै उनले अपराधी नै नगन्य हुने हुँदा जेल, प्रशासन, सेनाको आवश्यकता नरहने कुरा प्रष्ट पारेका छन । गरिबी नरहेपछी वेश्यावृत्ति, लागुपदार्थ दुर्व्यसनी, कुल्ली, भरिया, मगन्ते, चोर, ठग आदि समाजको श्रेणीमा पतित देखिने पेशा र क्रियाकलापको अन्त हुनेछ ।
यसरी सांकृत्यायनले समाजको विकासक्रमलाई पात्र समय र काल्पनिक तरिकाले विश्वबन्धु मार्फत सजिव चित्रण गरेका छन् । साम्यवादको कुनै शब्द उच्चारण सम्म नगरी उनले साम्यवादी व्यवस्थाको स्थापनापछि देखापर्ने विशेषतालाई प्रस्तुत गरेका छन् । साम्यवादी व्यवस्था ल्याउन चाहने जो कसैले यस पुस्तकबाट निकै फाइदा लिन सक्ने छन् । यो पुस्तक मानवताबाट स्खलित भएको समाजमा परिवर्तनका पक्षपातिहरुको बलियो हतियार बनेको छ ।