-कबिता
कोरोना कोरोना तिमी किन आको हाम्रो नेपालमा
न त प्रतिस्पर्धा छ यहां विकासमा
न त जनसंख्या छ घना
न त उद्धोगधन्दा छ पर्याप्त न त जैविक हात हतियार
किन आयौ तिमी हाम्रो सुन्दर देश नेपालमा।।।
कसले बोलायो तिमीलाइ कसले दियो भिषा
न त बोध गर्न सक्छौ तिमी हाम्रो संस्कृति
न त बुझ्छौ भाषा,
कहिल्य परास्त नभएका हामी नेपाली
किन डराउथ्यौ तिमीसंग !
विश्वलाइ तर्साएका हामी गोर्खाली
किन डराउथ्यौ तिमीसंग
तिम्रा लागि बन्द भैसके सब नाका
तिम्रा लागि बन्द छन् हरेक नेपालीका ढोका
जाउ फर्केर कोरोना तिमी तिम्रै संसारमा !
जहां तिम्रा आफन्त कुरीरहेछन्
जहां तिमी रमाउछौ जो संग तिमी खुशी हुन्छौ
दुःख नदेउ हामी नेपालीलाइ
किनकी हामी तिमी बिना नै धेरै खुशी छौ
हामी हाम्रै रोग र भोक संग खुशी साथ
हातमा हात मिलाइ जुझिरहेछौ
हामी आफ्नै मोडलको विकासका लागि लागिपरेका छौ।।।
त्यसैले त कोरोना
जाउ फर्केर तिमी तिम्रै संसारमा
जहां तिमी रमाउछौ जो संग तिमी खुशी हुन्छौ
हामी तिमी बिना नै धेरै धेरै खुशी छौ
हामी तिमीलाइ परास्त गर्ने क्षमता राख्दछौ
त्यसैले त हामी नेपाली हौ
त्यसैले त हामी गोर्खाली हौ।।।
जय देश जय मातृभूमि
(लेखक काफ्ले उधोग बाणिज्य तथा आपूर्ति मन्त्रालयमा प्रमुख लेखा नियन्त्रक हुनुहुन्छ भने गएको स्थानिय निर्वाचनमा कञ्चन गाउपालिकामा निर्वाचन आयुक्त भएर कार्य गर्नु भएका पारु काफ्लेले निर्वाचनका बेला कौशलतापुर्वक शान्तीपुर्ण निवार्चन सम्पन्न गर्नु भएकोमा स्थानियहरुले काफ्लेको प्रशंसा गर्दै आएका छन ।)