केही दिन देखि लकडाउनको समयामा कञ्चनका अगुवाहरु के कसरी समय बिताउदै छन भन्ने स्तम्भ प्रकाशन गरेको थिए ।सामाजिक सञ्जालहरु स्क्रोलिङ गर्दै गर्दा सामाजिक संजालमा लकडाउनका समयमा नारायणमान बिजुक्छेंले बिताउनु भएको समयका बारेमा अनलाइन मजदुरमा देखे अनि र यो पनि समय सान्दर्भिक हुनेछ भन्ने लागेर कञ्चन खवरमा प्रकाशन गरिएको छ ।खाली समय अर्थात लकडाउनका बेला नेपाल मजदुर किसान पार्टीका केन्द्रिय अध्यक्ष नारायणमान बिजुक्छेले बिताउनु भएको समय पाठकहरुका लागि सिकाई हुने उद्धेश्यले यो लेख प्रकाशन गरिएके छ।
-लकडाउनको समयमा नारायणमान बिजुक्छे
म बिहान ७ बजे औषधि खान्छु । एकक्षण तलमाथि र घुमफिर गर्छु । पत्रपत्रिका हेर्छु । टेलिफोनबाटै विभिन्न जिल्लाका साथीहरूसँग सम्पर्क गर्छु र केही सल्लाह दिने गर्छु । विशेषतः कोभिड–१९ को सङ्क्रमणबारे ज्येष्ठ नागरिकलाई ध्यान दिनुपर्नेबारे साथीहरूसँग कुराकानी गर्छु । ८ बजे चिया खाएर १० बजेसम्म पत्रपत्रिका हेर्छु ।
सबभन्दा पहिले म पत्रपत्रिकाका शीर्षक हेर्छु र सोअनुसार समाचारहरू पढ्छु ।
कोभिड–१९ को कारण बन्दको घोषणापछि ठूलठूला व्यवसायिक पत्रिकाहरू आउन छोडे । छाप्दै नछापेका हुन् हो वा वितरणमात्रै बन्द भएका हुन्, थाहा छैन ।
मेरा आफ्ना छोराछोरी सानामा कसरी हुर्के, नजिकबाट हेर्ने फुर्सद भएन वा त्यस्तो अवसर भएन । विभिन्न जिल्ला र देश–विदेश गइरहनुपर्ने, भूमिगतकाल, जेलजीवन र व्यस्त राजनीतिक जीवन थियो । अहिलेको कोभिड–१९ को बन्द जीवनले भर्खर आफ्नी तीनमहिने नातिनीको निर्दोष हाँसोलाई अध्ययन गर्ने अवसर पाएको छु ।
पत्रपत्रिका पढदै नेता बिजुक्छे
मेरा आफ्ना छोराछोरी सानामा कसरी हुर्के, नजिकबाट हेर्ने फुर्सद भएन वा त्यस्तो अवसर भएन । विभिन्न जिल्ला र देश–विदेश गइरहनुपर्ने, भूमिगतकाल, जेलजीवन र व्यस्त राजनीतिक जीवन थियो । अहिलेको कोभिड–१९ को बन्द जीवनले भर्खर आफ्नी तीनमहिने नातिनीको निर्दोष हाँसोलाई अध्ययन गर्ने अवसर पाएको छु ।
१० बजेसम्म २७ वर्षदेखि चालू ‘श्रमिक’ साप्ताहिक र २२ वर्षदेखि कुनै पनि दिन बन्द नहुने ‘मजदुर’ दैनिक हेर्छु ।
व्यवसायिक दैनिक पत्रिकाहरू नआएपछि ‘मजदुर’ र ‘श्रमिक’ का पाठकहरूलाई झन् माया लागेको छ । कोभिड–१९ बारे संसारका सबै समाचार र घटना एवम् टीकाटिप्पणीहरू अनि अनुसन्धानमूलक लेखका अनुवादहरू हेर्छु ।
शनिबारको दिन ‘मजदुर’ मा छापिने साहित्यिक रचना, भ्रमण र संस्मरणहरू हेर्ने गर्छु । बन्दअघिका शनिबार विभिन्न पत्रपत्रिकाका शनिबारीय विशेषाड्ढ हेर्ने गर्थें ।
१२ बजे बिहानको खानापछि अहिले पुराना पुस्तकहरू खोजेर वा छानेर हेर्ने गर्छु । ती पुस्तकहरूमध्ये केही अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका पुस्तक, साहित्यिक सामग्री र इतिहाससम्बन्धी पुस्तकहरू हेर्दै छु ।
कुनै दिन वा कहिलेकाहीँ पुराना पुस्तकहरू घाममा राख्छु, सफा गर्छु र सरसरती हेर्ने गर्छु ।
५–१० मिनेट झ्याल–ढोकाको सफाइमा ध्यान दिन्छु । ५–६ बजे चिया खाएर केही आवश्यक विषयमा लेख्ने काम गर्छु ।
पहिलेभन्दा एकडेढ घन्टा अगाडि नै साँझ ८–९ बजेतिर खाना खान्छु ।
९–१० बजे रेडियो र टीभीमा समाचार सुन्छु र हेर्छु अनि औषधि खान्छु ।
११ बजे सुत्ने तरखरमा लाग्छु । पहिले १२ बजेसम्म लेखपढ र समाचार हेर्ने गर्थें । कोरोना भाइरस वा कोभिड–१९ को विश्वव्यापी सङ्क्रमण भएयता एक–दुई घन्टा बढी आराम गर्ने गर्छु ।
कहिलेकाहीँ जरुरी भएमात्र मुख्य–मुख्य साथीहरूसँग भेटघाट हुन्छ, नत्र टेलिफोनबाटै सबैसँग भलाकुसारी भइरहेको छ ।
कोभिड–१९ को कारण भएको बन्दले भूमिगतकाल र जेलजीवनको सम्झना गरायो १
मेरा आफ्ना छोराछोरी सानामा कसरी हुर्के, नजिकबाट हेर्ने फुर्सद भएन वा त्यस्तो अवसर भएन । विभिन्न जिल्ला र देश–विदेश गइरहनुपर्ने, भूमिगतकाल, जेलजीवन र व्यस्त राजनीतिक जीवन थियो । अहिलेको कोभिड–१९ को बन्द जीवनले भर्खर आफ्नी तीनमहिने नातिनीको निर्दोष हाँसोलाई अध्ययन गर्ने अवसर पाएको छु ।
आशा र अनुरोध गर्छु–हाम्रा सबै ज्येष्ठ नागरिक, दाजुभाइ, दिदीबहिनीहरू, सक्रिय किसान–मजदुर, युवा–विद्यार्थी, शिक्षक, प्राध्यापक र महिला दिदी–बहिनीहरू हामी सबै हाम्रा चिकित्सक र स्वास्थ्यकर्मीहरूको सल्लाहअनुसार झन्डै १४–२० दिनदेखि एक महिनासम्म घरमै आफ्नो सरसफाइ र अन्य काममा व्यस्त रहौँ ।
मैले तराईका साथीहरूसँग बुझेँ, अहिले उहाँहरू खेतमा बाली भित्र्याउने काममा व्यस्त हुनुहुन्छ । विदेशबाट आउने मानिसहरूसँग भेटघाट नगरी वा उठबस नगरी आफ्नो काममा लागे हुन्छ । विदेशबाट आएर घरमा बस्ने दाजुभाइ, दिदीबहिनीलाई स्वास्थ्य जाँच गराउन, अस्पताल पठाउन, यदि मानेन भने गाउँपालिका वा नगरपालिका र प्रशासनको सहयोगबाट सचेत पार्नु आवश्यक छ । नत्र, परिवार, आफन्त, टोल र गाउँमा सबैलाई भयानक रोग सर्ने सम्भावना हुन्छ ।
अनलाइन मजदुरमा प्रकाशित