२२ चैत्र,कञ्चन
कञ्चन गाउपालिकामा कृयाशिल १८ सहकारी संस्थाहरुले कञ्चन गाउपालिकाले स्थापना गरेको दैबि प्रकोप कोरोना नियन्त्रण बिपद कोषमा राहत स्वरुप आर्थिक सहयोग गरेका छन ।
बिश्वभर महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाइरस कोभिड १९ को सम्भाबित संक्रमण र जोखिमलाई रोकथाम गर्न देशभर भएको लकडाउनका कारण ज्याला मजदुरी गरेर दैनिक जीवन गुरजारा चलाइरहेका बिपन्न घरपरिवारलाई कुनै समस्या उत्पन्न नदिन र सम्भाबित संक्रमणलाई रोकथाम गर्न आवस्यक पर्ने स्वास्थ्य सामाग्री र क्वारेन्टाइनमा अत्यावस्यक पर्ने सामाग्रीहरुको आवस्यक ब्यबस्था गर्न स्थापना गरिएको दैबि प्रकोप कोरोना बिपद नियन्त्रण कोषमा कञ्चनका सहकारीहरुले १ लाख ७० हजार ५ सय रुपैया आर्थिक सहयोग गरेका हुन ।
सहकारी संजाल,कञ्चनको समन्वयमा कञ्चनमा क्रियाशिल सहकारीहरुबाट प्राप्त आर्थिक सहयोग ग्रहण गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले संकटको बेलामा कञ्चनका बिभिन्न संघसंस्थाहरुले उपलब्ध गराएको बिभिन्न सहयोग प्रति गाउपालिका अनुग्रहित रहेको बताउनु भएको छ । संकटको बेला एकले अर्कालाई सहयोग र सहानुभुती प्रकट गर्दै महामारीको बेला सबैले सर्तकता अपनाउन समेत आग्रह गर्दै सहयोगदाताहरुले उपलब्ध गराएको हरेक सहयोगहरुको पारदर्सिता प्रति पनि सदैब सजग रहेको गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले बताउनु भएको छ।
गाउपालिकाका अध्यक्ष क्षेत्रीले हामीले थोरै भएपनि घरमै बसी सुरक्षित हुन सकेमात्र जुनसुकै महामारीका बिरुद्ध बिजय प्राप्त गर्न सकिने भएकोले कञ्चनवासी लकडाउनको पुर्ण पालना गर्न आग्रह गर्नु भएको छ।
सहकारी संजालका संयोजक राधिका चौधरीले मन्तब्य दिदै
सहकारी संजाल,कञ्चनका संयोजक तथा लहर सामाजिक महिला उधमी सहकारी संस्थाका अध्यक्ष राधिका चौधरीले गाउपालिका वा अन्य साझेदार संस्थाहरुसंग अपेक्षा मात्र होइन बिपदकोबेला बिपद ब्यबस्थापन गर्न गाउपालिकासंगै साझेदार संस्थासंग सहकार्य गर्न सदैब अग्रसर हुने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ। सुनगाभा सामुदायिक बिकास केन्द्र,कञ्चन–४,रुपन्देहीका कार्यक्रम संयोजक गोपाल के.सी.ले कञ्चनवासीको मनमा उत्प्रेरणा प्रदान गर्न अनुरोध गर्दै बिषम परिस्थितीसंग सामना गर्न ब्यक्तिगत सुरक्षा सामाग्रीको ब्यबस्थापनमा बढी ध्यान दिनु आवस्यक रहेकोमा जोड दिनु भएको छ ।
हरैया बचत तथा ऋण सहकारी संस्था लि.बाट २० हजार,लहर सामाजिक महिला उधमी सहकारी संस्थाबाट ११ हजार रुपैया,परिपक्व बचत तथा ऋण सहकारी संस्था,कोशिस सामाजिक उधमी सहकारी संस्था,सानोतिनो बचत तथा ऋण सहकारी संस्था,धरोहर बचत तथा ऋण सहकारी संस्था,नमस्ते बचत तथा ऋण सहकारी संस्था,योजना बचत तथा ऋण सहकारी संस्था,दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था,अटल बचत तथा ऋण सहकारी संस्था,ओम नमशिवाय बचत तथा ऋण सहकारी संस्था,मलावरदेबी दुग्ध उत्पादक सहकारी संस्था,सानाकिसान कृषि सहकारी संस्थाबाट जनही १०÷१० हजार रुपैया,प्रतिबिम्ब कृषि सहकारी सस्थाबाट ७ हजार रुपैया,फुलसरी महिला बचत तथा ऋण सहकारी संस्थाबाट ५ हजार ५ सय रुपैया,निश्चल कृषि सहकारी संस्था,मौलाकालिका कृषि सहकारी संस्था र जनसुधार स्वालम्बन बचत तथा ऋण सहकारी संस्थाबाट ५÷५ हजार रुपैया र श्रमभुमी कृषि सहकारी संस्थाबाट २ हजार रुपैया गरी कञ्चनका सहकारीहरु मध्ये १८ सहकारीले सहकारी संजाल मार्फत १ लाख ७० हजार ५ सय रुपैया आर्थिक सहयोग गरेका हुन ।
यसैगरी कञ्चन गाउपालिकामा रहेको सुनगाभा सामुदायिक बिकास केन्द्रले कञ्चन गाउपालिकाले स्थापना गरेको दैबि प्रकोप कोरोना नियन्त्रण कोषमा क्वारेन्टाइनका लागि आवस्यक पर्ने ब्यक्तिगत सुरक्षा सामाग्री (पि.पि.ईं)।सेनिटाइजर,हात धुने साबुन,बिपन्न घरपरिवारका लागि राहत स्वरुप अत्यावस्यक बस्तु लगायत सामाग्रीहरु खरिद गर्न बभिन्नि दातृ निकायहरुको समन्वय र सहकार्यमा करिब २ लाख रुपैया आर्थिक सहयोग गर्ने भएको छ ।
रुपन्देहीका बिभिन्न स्जथानिय निकाय र दातृ संस्थाहरुको समन्वय र सहकार्यमा बिभिन्न् सचेतनामुलक कार्यक्रम अन्तर्गत सम्बाद कार्यक्रम संचालन गर्दै आएको केन्द्रले गत २०७२ सालको भुकम्पमा परि घरबार बिहिन भएका बिभिन्न जिल्लाका घरपरिवारलाई समेत राहत प्रदान गरेको थियो ।
कञ्चन गाउपालिकाले स्थापना गरेको दैबि प्रकोप कोरोना नियन्त्रण कोषमा रुद्रपुर फ्रेस हाउसका संचालक शसी छन्तेलले १५ हजार रुपैया आर्थिक सहयोग गर्नु भएको छ