२१ चैत्र, गुल्मी।हरि पाठक
गुल्मीको मुसिकोट नगरपालिका वडा नं। १ को राहत बितरण सम्बन्धि बैठक सम्पन्न गरेको छ। शुुुक्रबार बसेको वडा कार्यलयको बिपद ब्यबस्थापन बैैैठकले गरिब तथा विपन्न परिवारलाई राहत बितरणका लागि लगत संकलन गर्न लागेको छ।
नगरकार्यपालिकाको बैठकले बिहिबार गरेको निर्णयअनुसार कोभिड १९ को लकडाउनको कारण कोही पनि भोकै हुन नपरोस् भन्ने उद्धेश्यले गरिब तथा विपन्न मजदुरहरुको लगत संकलन गरि दैनिक उपभोग्य सामग्री राहत स्वरुप खाद्यान्न सामाग्री बितरण गर्न छनोट समितिको गठन गरि राहतको लागि लगत संकलन गर्ने सम्बन्धमा मुसिकोट वडा नं.१ले निर्णय गरेको हो।
शुक्रबार बसेको बैठकले वडाअध्यक्ष हितानको संयोजकत्वमा नेकपाबाट भुपेन्द्र रायमाझी,ने.का.बाट दानबहादुर केसी, कार्यपालिका सदस्य जुद्धबिर बिक,र गोबिन्द गोपाल खातीसहित पाँच सदस्य छनोट समिती गठन गरेको छ।समितिको टोलिले शनिबार देखि वडाभित्रका थामडाँडा,सिम्लेर,राजबारी भ्रमचौर,पौदीअमराई,अरेवा,बाङ्गे, ढाँण,चैनडाँडा लगायत गाउका टोलमा पुगी लकडाउनको पूर्ण पालना गर्दै दुरी कायम गरी दैनिक ज्यालादारी गर्ने,श्रमजीबी ब्यक्ति तथा बिपन्न परिबारहरूलाई छनोट कार्य गर्नेछ।
नगरपालिका तथा सरकारको मापदण्डअनुसार समितिले लगत संकलन गरी छनोट सुचिमा ती ब्यक्तिहरूको नामबली तयार पार्ने छ ।
नगरपालिकाले दिइएको निर्णय कार्यन्वयन गर्न १ नंं.वडाले वडाभित्रका कम्तिमा घरमा भएको उन्पादनले १ महिना भन्दा बढी खान नपुग्ने,परिबारको सदस्य कुनै पनि बैदेशिक तथा आन्तरिक रोजगार वा ब्यपार ब्यबसाय नगरेको र कुनै निजी तथा सरकारी जागिरकरमा आबद्ध नभएको, आर्थिक अबस्था ज्यादै न्यून तथा उच्च गरिबी रहेको,दैनिकी ज्यालामजदुरी नगरेसम्म दुई छाक खान नसकी परिबार नै पाल्न नसक्ने क्षमता भएका,खाद्यान्न उत्पादनको लागि ३ रोपनी मात्र जग्गा भएको,घरमा कोदो, मकै,चामल कुनै पनि खाद्यान्न भण्डारण जोह नगरेको र सामाजिक न्यायको सिद्धान्तले राहत छनोटमा उक्त परिबार पर्दा पछि कुनै बिवाद उत्पन्न नहुने बिपन्न घर परिबारका नागरिक तथा ब्यक्तिहरू समाबेश हुनेछन्।
वडामा राहत सामाग्री बितरण गर्नको लागि छनोट सूचीमा सूचिक्रित हुन समेत वडाले सूचना जारी गरेको छ।
मुसिकोट नगरपालिका वडा नंं. १ बाट प्रकाशित सूचना
वडा भित्रबाट राहत पाउने सूचिमा परेका कुनै असहाय,एकल ब्यक्ति,बिपन्न परिबार तथा ज्यालादारी श्रमजिबी नागरिकलाई वडा कार्यालयले प्रमाणीकरण गरेर संकलित लगतका आधारमा राहतको प्याकेज घोषणा गरिएको सोही अनुसार राहत स्वरूप खाद्यान्न सामाग्री बितरण गरिने बडाअध्यक्ष पूर्णबहादुर हितान मगरले जानकारी दिनुभयो।
वडाले बिश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड १९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले जारी गरेको लकडाउनको पूर्णरूपमा कार्यान्वयनमा सहयोग गर्न सम्पूर्ण वडाबासीलाई आग्रह गर्दै स्वास्थमा केही समस्या देखिएको तत्काल स्वास्थ्यसंस्था तथा वडाकार्यालयमा जानकारी गराउन आग्रह गरेको छ।