२०चैत्र, गुल्मी/हरि पाठक
गुल्मीको मुसिकोट नगरपालिका वडा नंं.१ मा मास्क बितरण गरिएको छ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ५ बिभाग सदस्य तथा वडा नम्बर एक कमिटी अध्यक्ष दुर्गा बहादुर बिकको सहयोगमा वडा भित्रका नागरिकलाई कोरोनाभाइरस अर्थात कोभिड १९बाट बच्न जनचेतना जगाउदै मास्क वितरण गरिएको छ।
बिश्वमाहामारीकै रूपमा फैलिरहेको कोरोना भाइरसबाट हरेक समय सरसफाईमा विशेष ध्यान दिदै,कोरोनाबाट बच्न हात राम्रोसँग साबुनपानीले नियमित धुनुपर्ने,उच्च सतर्कता अपाउनपर्ने बताउदै सरकारले घोषणा गरेको लकडाउनको पूर्ण रूपमा पालना गरि घरमै बस्न नेकपा वडा १ कमिटी अध्यक्ष तथा समाजसेबी बिकले आग्रह गर्नुभएको थियो।
उहाले हामी यो माहामारी तथा विपदबाट पार हुन सजक्ता अपनाउनै पर्छ,यो भन्दा बिकल्पै छैन अन्य मूलुकमा जस्तै हाम्रो मूलुकमा ठूलै संकट आउन सक्ने भएकाले यसबाट छुटकारा पाउन हामी सचेत भइ बाह्य मूलुकबाट आउनुभएका ब्यक्तिहरू अनिबार्य होम क्वारेन्टाइनमा बस्ने र नआत्तिन स्वास्थ्यमा केही समस्या आएमा तुरून्त नजिकैको स्वास्थ्यसंस्था, वडा तथा पालिकाहरूमा खबर गर्न समेत गर्नु भएको थियो।
१६ हजार बराबरका करिब ८०० मास्कहरू बितरण गर्दै बि.क.ले गाउँका कतिपय ब्यक्ति अझै खुलमखुला हिडिरहेको अबस्थामा नहिड्न आग्रह गर्नु भएको छ।नागरिकको स्वास्थ्य अबस्थालाई विशेष ध्यान दिन गाउँका टोलटोलमा पुगेर कोरोना भाईरसका लक्षण यसबाट बच्ने उपाय र अपनाउनुपर्ने पूर्व सतर्कताका विषयमा जानकारी गराउनुका साथै मास्क समेत वितरण गरेको उहाँले जानकारी दिनुभयो ।
कोरोना भाइरसको आतंकका कारण देशमा भएको लकडाउनलाई मध्यनजर गरी गुल्मीमा वडा तथा पालिका,संघसंस्था एवम् बिभिन्न ब्यक्तिहरूले नागरिकलाई राहत स्वरूप बिपन्न परिबारलाई मास्क तथा खाद्यान्न सामाग्री बितरण गर्दै आइरहेका छन् ।